मेची महाकाली जोड्ने एउटै लिंक- सांस्कृतिक विविधतामा राष्ट्रिय एकता : सत्यमोहन जोशी

सूर्यको पूजा सबैले गर्नुपर्छ । त्यसमा बुद्ध पनि छ त्यसमा क्राइष्ट पनि छ, त्यसमा अल्लाह पनि छ, विष्णु पनि छ, नारायण पनि छ, महर्षि पनि छ, महादेव पनि छ । सबमा त्यसैको तेजको, प्रकाशको प्रभाव छ । सूर्य भएन भने केही पनि छैन, अन्धकार भइगयो नि । प्रलय भइगयो नि । तपाईं पनि छैन, म पनि छैन, कोही पनि छैन, केही पनि छैन – सत्यमोहन जोशी, वाङ्मय शताब्दी पुरुष

सत्यमोहन जोशी, संस्कृतिविद्/ वाङ्मय शताब्दीपुरुष । तस्विर : ध्रुव अधिकारी

सूर्यको सबभन्दा ठूलो साधक महर्षि याज्ञबल्क्यले चलाएको सूर्य पूजा : छठ
छठ पर्व भनेको थाहा नै थिएन मलाई । वास्तवमा मिथिलाञ्चलमा, मिथिलाको राजधानी जनकपुरमा त्यो बेला राजा जनकको समयमा ब्रह्मसभा भयो । ठूलो ब्रह्म सभा । त्यो ब्रह्मसभामा उत्तरी भारतका सबै प्रान्तहरुबाट पनि बोलाइयो, त्यहाँकालाई पनि बोलाइयो । त्यसबेला नेपालका ठूला महर्षि याज्ञवल्क्य, जो कमलाको खोंचमा बस्थे, उनले सारा राजाको प्रश्न र सारा मान्छेलाई चित्त बुझाएर उनी एउटा ब्रह्मनिष्ठ, ब्रह्मदिब्य, ब्रह्मज्ञानी कहलाएको महर्षि थिए ।

उनलाई पनि ब्रह्मसभामा बोलाइयो । ब्रह्मसभामा महर्षि याज्ञवल्क्यलाई तपाईंको घर कहाँ भनेर सोधियो । याज्ञवल्क्यले हिमालको काखमा जहाँ कृष्णसारहरु घुम्छन्, फिर्छन् । त्यो मुलुक हो मेरो देश हो भने । याज्ञवल्क्यका इष्ट देवता सूर्यको सबभन्दा ठूला साधक थिए । ज्यादै माथिल्लो तहका महर्षि थिए । उनैको परम्परामा चलाइएको हो सूर्य पूजा । यहाँका मान्छेलाई थाहा छैन । छठको विषयमा छठीमाईका कुरा गर्छन्, छठको विषयमा अरु कथाहरु गर्छन् । तर म आफैंले रिसर्च गरेको छु याज्ञवल्क्यको विषयमा र उनको त्यो सूर्य पूजा पद्धतिको बारेमा । ती महर्षि याज्ञवल्क्यकोसूर्य पूजा पद्धतिबाट छठ आयो ।

छठमा उदाएको सूर्यलाई पूजा गर्ने, अर्घ दिने । सूर्य अस्ताउँदा पूजा गर्ने, अर्घ दिने । भोलिपल्ट उदाउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । त्यही सूर्यलाई प्रतीकको रुपमा मानेर सारा कुराहरु आए, चाडवाडहरु आएका हुन् । आफूले तयार गरेका सामानहरु आफ्नै प्राकृतिक कुराहरु कृषि उपज फलफूलहरु सारा जुटाएर पूजा गर्ने कुरा आयो । आखिर सूर्य त साक्षात् हो नि । सूर्यको किरण नभइकन, सूर्यको तेज र प्रकाश नभइकन हामी बाँच्न सकौंला र ? अहिले पनि घाम लागिरहेको छ, घाम लागेन भने त अन्धकार भइगयो नि ।

त्यसैले सूर्यको उपासना ज्यादै ठूलो हो । त्यो थाहा पाउँदा पाउदै हामी यताउती खोज्दै हिंड्छौं । सूर्य उपासना भनेको छठमा त प्रत्यक्ष रुपमा धर्मको प्रभाव छ । सूर्य उदाउँछ, त्यत्रो शक्ति । सूर्य अस्ताउँछ त्यत्रोे शक्ति । फेरि भोलिपल्ट उदाउँछ त्यही शक्ति । त्यसैले सूर्यको पूजा सबैले गर्नुपर्छ । त्यसमा बुद्ध पनि छ त्यसमा क्राइष्ट पनि छ, त्यसमा अल्लाह पनि छ, विष्णु पनि छ, नारायण पनि छ, महर्षि पनि छ, महादेव पनि छ । सबमा त्यसैको तेजको, प्रकाशको प्रभाव छ । सूर्य भएन भने केही पनि छैन, अन्धकार भइगयो नि । प्रलय भइगयो नि । तपाईं पनि छैन, म पनि छैन, कोही पनि छैन, केही पनि छैन ।

सत्यमोहन जोशी, संस्कृतिविद्/ वाङ्मय शताब्दीपुरुष । तस्विर : ध्रुव अधिकारी

गार्गी त अझ प्रख्यात । त्यही ब्रह्मसभामा गार्गी र महर्षि याज्ञबल्क्य दुइजनाको बीचमा ठूलो वादविवाद चल्छ । महिलाहरुले साँच्चिकै गर्व गर्न लायकको कुरा गर्ने हो भने त्यो ब्रह्मसभाको कुरा गर्नुपर्छ गार्गीको विषयमा । गार्गीले ब्रह्मसभामा कुरा गर्दा सारा देश, विदेशबाट आएकाहरुले भने महिलाले बोल्न पाउँदैनन्, यो त ब्रह्मसभा हो । हामी यतिधेरै ठेलीका ठेली शास्त्र पढेका मानिसहरुलाई राजाले सोधेका छन्, ब्रह्मको रुप कस्तो ? ब्रह्म भनेको के हो ? हामी आफैं त राजाले सोध्दा जवाफ दिन हिच्किचाइरहेका छौं । तिमी महिला, हाम्रो अधिनमा बस्ने, हाम्रो आश्रित, हामीले जे जे भन्यो त्यो गर्ने, घरखेती गर्ने, केटाकेटी लालनपालन गर्ने, घरगृहस्थी गर्ने मान्छेले यत्रो शास्त्रको जवाफ दिन सक्लिउ ! तिमी नबोल ! बस ! भने । त्यो बेला गार्गीले आफूलाई धेरै अपमानित भएको महसुस गरिन्, सहनै सकिनन् ।

ब्रह्मनिष्ठ, ब्रह्मज्ञानी, ब्रह्मवेदक कहलिएका महर्षि याज्ञबल्क्य, गार्गी र सूर्य पूजा महिमा
महर्षि याज्ञबल्क्य यर्जुवेदको महापण्डित । राजा जनकको ब्रह्मसभामा उनी ब्रहमनिष्ठ, ब्रह्मज्ञानी, ब्रह्मवेदक कहलिए । त्यत्रो उपाधि पाएको । त्यो बेला अब आइमाईको पनि कुरा आउछ ।

गार्गी त अझ प्रख्यात । त्यही ब्रह्मसभामा गार्गी र महर्षि याज्ञबल्क्य दुइजनाको बीचमा ठूलो वादविवाद चल्छ । महिलाहरुले साँच्चिकै गर्व गर्न लायकको कुरा गर्ने हो भने त्यो ब्रह्मसभाको कुरा गर्नुपर्छ गार्गीको विषयमा । गार्गीले ब्रह्मसभामा कुरा गर्दा सारा देश, विदेशबाट आएकाहरुले भने महिलाले बोल्न पाउँदैनन्, यो त ब्रह्मसभा हो । हामी यतिधेरै ठेलीका ठेली शास्त्र पढेका मानिसहरुलाई राजाले सोधेका छन्, ब्रह्मको रुप कस्तो ? ब्रह्म भनेको के हो ? हामी आफैं त राजाले सोध्दा जवाफ दिन हिच्किचाइरहेका छौं । तिमी महिला, हाम्रो अधिनमा बस्ने, हाम्रो आश्रित, हामीले जे जे भन्यो त्यो गर्ने, घरखेती गर्ने, केटाकेटी लालनपालन गर्ने, घरगृहस्थी गर्ने मान्छेले यत्रो शास्त्रको जवाफ दिन सक्लिउ ! तिमी नबोल ! बस ! भने । त्यो बेला गार्गीले आफूलाई धेरै अपमानित भएको महसुस गरिन्, सहनै सकिनन् ।

गार्गी चुप लागेर बसिन् । तर महिला भए पनि उनी जतिको बुद्धिमानी आईमाई अहिलेसम्म संसारमा कोही जन्मेको छैन । उनी नेपाली हुन् । त्यसपछि त्यो ब्रह्मसभामामा राजा जनकसमक्ष बिन्ति गरिन् गार्गीले एउटा प्रश्न गर्छु भनेर । सारा ब्रह्मज्ञानी नेपालको मात्र होइन भारतवर्षबाट यो मिथिलाञ्चलमा विभिन्न ठाउँबाट आएका छन्, राजाको सभामा । म बिन्ति गर्छु, मैले दुइ शब्द बोल्न पाउनुपर्छ, महिला भनेर मलाई यतिधेरै हेला गरे, हेपे यो सभामा, म के गरौं भन्दाखेरी राजाले भने, होइन, कसैले हेला गरेर तिमी हेलित हुँदिनौ । महिलालाई पनि त्यति नै हक छ । यो ब्रह्मसभा हो बोल भने । त्यसपछि गार्गीले भनिन् त्यसोभए मेरो एउटा प्रश्न छ, सुन । यत्रो यज्ञसभामा, तिमीहरुसँग क्षमा माग्ने कुरा त आउँदैन । मेरो प्रश्नको जवाफ पनि देऊ । तिमीहरु सारा ज्ञानीहरु, विद्वान्हरु ज्यादै पढेकाहरु । कति पढेका छौ, यसको लेखाजोखा नै छैन तर मेरो एउटा प्रश्नको जवाफ देऊ । दुइटा कुरा छ मसँग एउटा गर्व र एउटा गर्भ ।

गर्व भनेको घमण्ड, गर्भ भनेको महिलाको गर्भ । तिमीहरुलाई दश महिना गर्भमा कसले राख्यो ? कसरी विकसित भएर तिमीहरु मान्छे बन्यौ, पण्डित बन्यौं ? त्यो कुरालाई बिर्सेर तिमीहरु गर्व गर्छौ, घमण्ड गर्छौ ? म जति बुद्धिमान, म जति ज्ञानी कोही छैन भनेर घमण्ड गर्न हुन्छ ? कहाँ गयो तिमीहरुको बुद्धि ? तिमीहरु मलाई हेला गर्ने, तिमीहरु मलाई बोल्नै नदिने मान्छे, तिमीहरुलाई दश महिना कसले हुर्कायो ? तिम्री आमाले तिमीलाई दश महिना हुर्काएर पो तिमीहरु जन्मियौ र पो यत्रो भयौं । आमालाई हेला गरेको तिमीहरुले ?

मलाई हेला गरेको होइन तिमीहरुले । तिमीहरुले आफ्नै आमालाई हेला गरेको हो मूर्खहरु ? कही नभएको, दुनियाँमै नभएको । तिमीहरु पण्डित ! राजाबाट हुकुम भएको छ, महिलाले पनि बोल्न पाउँछे भनेर मैले बोले ! अब गार्गीको कुरामा कसैले जवाफ दिन सक्छ ? होइन भन्न सक्छ ? मलाई १० महिना मेरी आमाले गर्भमा नराखेको भए म सत्यमोहन जोशी बोल्न सक्थें ? म यहाँ आउथें ? मेरो अस्तित्व थियो ? मेरी आमाले दश महिना कोखमा राखेर हुर्काएको ।

कसरी विकसित भयो एउटा बच्चा ? होला ! बीर्य र रजकबाट विकसित भयो । त्यो पनि हो तर डेभलप् हुन त १० महिना त आमाले कोखमा राखेर हुर्काइन् नि । अलि अलि गरेर हुर्कियो नि । त्यो ज्ञानगुणका सारा कुरा त १० महिनापछि त आए नि । यी कुराहरु, यी सब फिलोसफिकल कुराहरु हुन् । त्यसैले गार्गीको विषयमा तपाइहरुले सिरिज्मा लेख्दाखेरी गार्गी र याज्ञबल्क्य र सूर्य पूजाको कुरा दिनुभयो भने त्यो जति ठूलो अर्को कुुरा छैन । त्यसको ठूलो महिमा छ ।

कल्चर डाभरसिटी भनेको विभिन्न जातजाती, नेवार, बाहुन, क्षेत्री, धिमाल, राई, लिम्बू, दनुवार, सुनुवार, थारु, मधेसी यताउती यी सारालाई टुक्रा–टुक्रा ग¥यो भने त, हरेकको कल्चर छ, हरेकको भाषा छ, हरेकको धर्म छ, हरेकको संस्कृति छ । त्यसको अलवा एउटा नेपाली नागरिक, नेपालको बासिन्दा भन्ने जुन छनि तपाइको, नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गीत, सयौं थुंगा फूलका हामी एउटै माला नेपाली । त्यो कल्चरल्ली, त्यो हाम्रो दशैं, तिहार । अरुले नमानेको पनि हुनसक्छ । नेपाली मुसलमानहरुले दशैं त मान्दैनन् । नमाने पनि त, हामीले अभिवादन गरेको, हामीले शुभकामना दिएको उनीहरुले लिन्छ नि, मान्छ नि त्यो त ।

देवीदेवताहरु हामी आफैंले बनाएका हौं, दे आर सिम्बोलाइज्ड् ! विशेष त प्रकृति हो
छठ– यो प्रकृतिको पूजा हो, सूर्यको पूजा हो, शाश्वत् हो । देउताहरु त पछि आएका हुन् । विशेष त प्रकृति हो । देउतालाई पूजा गर्ने परम्परा त पछि आएको हो । दशैं पनि त प्रकृतिकै पूजा हो । कोभिन्डो काट्ने । यताउता गर्ने, सारा गर्ने । फूलपाती ल्याउने । देउता भनेको त हामी आफैंले कल्पना गरेको देउता हो नि । गणेशको हामी आफैंले कल्पना ग¥यौं, महादेवको कल्पना ग¥यौं । त्यसमा कुनै जित्ने कुरा छैन । हार्ने कुरा छैन ।

१६ हात भएकी देवीको कुरा आयो, पार्वतीको कुरा आयो, लक्ष्मीको कुरा आयो । सारा कुरा आए नि । यो कल्पनाको मात्रै कुरा नगरौं, त्यसमा नलागौं । एउटा शक्तिको प्रतीक हो यति बुझौं । दे आर सिम्बोलाइज्ड् । या देवी सर्वभुतषु शक्ति रुपेणाः संस्थिताः, नमतस्ये, नमतस्ये, नमतस्यै नमः नमः । सारा जगत्मा शक्ति छ, हरेक बोटविरुवामा, सजीवमा शक्ति छ । यो शक्तिको आधारमा बोटविरुवा हरियो भइराखेको । शक्ति भएन भने यो सुक्छ । सारा ब्रह्माण्डमा शक्ति छ । त्यो शक्तिको स्वरुप भनेको देवी हो भनेर हामीले भन्यौं । यो सिम्बोलाइज्ड् हो ।

राष्ट्रलाई कल्चरले जुन एकताबद्ध गरेको छ, त्यो पोलिटिक्स्ले गर्न सक्दैन
कल्चर (संस्कृति)ले राष्ट्रलाई एकताबद्ध पार्छ । अहिलेका सबै मानिसहरु राजनीतिमा मात्रै लागिरहेका छन् । तर कल्चर नभइकन, कल्चरले जुन राष्ट्रलाई एकताबद्ध गर्छ, त्यो चाहिं तपाइको पोलिटिकल्ली जर्बजस्ती गरेर हुँदैन । पोलिटिकल्ली भन्दा पनि कल्चरल्ली एकीकृत गर्नुप¥यो । कालापानी छ नि, त्यसमा पनि पोलिटिकल्ली गर्नुभन्दा पनि कल्चरल्ली गर्नुपर्छ ।

त्यहाँको मान्छे, डोटीको मान्छे, बैतडीको मान्छे, दार्चुलाको मान्छे उही हो । यताको मान्छे हो उता गएर बसेको । तिरो तिरिराखेकै छ । त्यहाँ बसिराखेकै छ । कल्चरल्ली त त्यही गइरहेको छ नि त । दशैं मान्यो, पूजाआजा गर्ने । डोटेलीले, बैतडेलीले जति आफ्नो कल्चर छ, त्यो कालापानी लिम्पियाधुराको मान्छेको पनि कल्चर त उही हो । कल्चरल्ली दे आर युनाइटेड । यो इण्डियाको, यो नेपालको भनेर भनिराख्नुभन्दा हाम्रो कल्चरल्ली युनाइटेड हुन्छ नि त । मेचीदेखि महाकालीको कुरा गर्दाखेरी वी आर युनाइटेड । हामी यस्तो युनाइटेड कि, नेपालको संस्कृतिको एकतामा । नत्रभने त हाम्रो सांस्कृतिक विविधता, कल्चर डाभरसिटी ।

कल्चर डाभरसिटी भनेको विभिन्न जातजाती, नेवार, बाहुन, क्षेत्री, धिमाल, राई, लिम्बू, दनुवार, सुनुवार, थारु, मधेसी यताउती यी सारालाई टुक्रा–टुक्रा ग¥यो भने त, हरेकको कल्चर छ, हरेकको भाषा छ, हरेकको धर्म छ, हरेकको संस्कृति छ । त्यसको अलवा एउटा नेपाली नागरिक, नेपालको बासिन्दा भन्ने जुन छनि तपाइको, नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गीत, सयौं थुंगा फूलका हामी एउटै माला नेपाली । त्यो कल्चरल्ली, त्यो हाम्रो दशैं, तिहार ।

अरुले नमानेको पनि हुनसक्छ । नेपाली मुसलमानहरुले दशैं त मान्दैनन् । नमाने पनि त, हामीले अभिवादन गरेको, हामीले शुभकामना दिएको उनीहरुले लिन्छ नि, मान्छ नि त्यो त । हामीले दशैंमा जुन बिदा पाउँछौं, त्यो उनीहरुले पनि लिन्छन् नि त । उनीहरुको पनि आफ्नो रमजानहरुमा बिदा पाएका हुन्छन् । हामी सारा नेपाली एक हौं भन्ने त्यो भावना मेचीदेखि महाकाली जोड्ने त्यो कल्चरल लिंक जुन छ, त्यो लिंक चाही कल्चर हो । तर अहिले त्यो कल्चरको बेवास्ता भइरहेको छ ।

उनीहरुको ३ सय, ४ सय वर्षको इतिहासमा ब्रिटिशहरुले हामीलाई पनि क्वाप्प खाएर उपनिवेशन बनाउन सक्थ्यो होला । तर त्यो बेलाका हाम्रा राष्ट्र नेता, राष्ट्रपिता पृथ्वीनारायण शाहले आफ्नो युद्धनीतिलाई अपनाए । के भने यो हाम्रो देश दुई छिमेकी देशबीचको तरुल हो । उत्तरलाई पनि चिढाउनुहुन्न, दक्षिणलाई पनि चिढाउनुहुँदैन, वेल ब्यालेन्स, सन्तुलित बनेर हामी हिड्नुपर्छ । हाम्रो भलो हुन्छ । कसैले हमला गर्न आयो, कसैले केही गर्न आयो भने जाइकटक नगर्नु, झिकीकटक गर्नु ।

कल्चरल पोलिसी लागू भयो भने कुनै शक्ति राष्ट्रहरुसामु हाम्रो शीर कहिल्यै झुक्दैन
नेपालको कल्चरल पोलिसी नभएको होइन । अब कल्चरल पोलेसी पनि बनिसक्यो तर त्यो लागू हुनसक्या छैन । कल्चरल पोलिसी मात्रै लागू गर्दियो भने यो झै–झगडा केही पनि हुँदैन । नेपाल यति सुन्दर, शान्त, विशाल हुन्छ कि बयानै गर्न सकिँदैन । तर लागू हुँदैन । बल्ल–बल्ल कराउँदा, कराउँदा मिनिस्ट्री अफ कल्चर आयो । नत्र त त्यो कल्चरलाई कहिले शिक्षा मन्त्रालयमा लग्याहुन्छ । कहिले खेलकुदमा लग्याहुन्छ, कहिले के मा लग्याहुन्छ । सबभन्दा लास्टमा कल्चर राख्यो । अहिले कराउँदा, कराउँदा संस्कृति अगाडि आयो त्यसपछि पर्यटन आयो त्यसपछि सिभिल एभियसन आयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बन्यो त्यो राम्रो कुरा हो । कल्चरल पोलिसी पनि बन्यो । विधानले सारा कुरा भइसक्यो । त्यो कल्चरल पोलिसीलाई लागू गर्न सक्यो भने राष्ट्रिय एकता, नेसनल युनिटी विथ इन कल्चरल डाभरसिटी हुन्छ ।

सांस्कृतिक विविधतामा राष्ट्रिय एकता चाहिएको यो हो । सांस्कृतिक विविधता त कायमै छ । कसैले बिगारेर, बिगार्न सक्दैन । यो नेवार होइन, राई होइन, लिम्बू होइन, थारु होइन भन्न त सक्दैन । यो भित्रै छन् । यो कल्चरमा चाहिं युनिटी भएन । हामीले खोजेको के हो भने, नेसनल यृुनिटी विद् इन् कल्चरल डाइभरसिटी । सांस्कृतिक विविधतामा एकताको निम्ति पनि हामीले केही न केही त हामीले गर्नैपर्छ । यसको लागि सांस्कृतिक कार्यक्रमहरु होलान्, नाटकहरु होलान्, काव्यहरु लेख्ने हो कि, इतिहासहरु लेख्नुपर्ला । थप नयाँ कुरा गर्नुपर्ला कि, सुविधाहरु दिनुपर्ला कि । उनीहरुको कल्चरलाई रक्षा गर्नुपर्छ कि । जस्तो अहिले म सुन्दैछु, राउटेलाई पनि दशैं खर्च बृद्धि ग¥यो भन्ने । त्यो पक्ष राम्रो हो । तिनीहरुको पनि आफ्नो संस्कृति छ, कल्चर छ । उनीहरुको पनि उखान छ, बखान छ, कथा छ । तिनीहरुको पनि इतिहास छ । तिनीहरुलाई नेपाली होइन भन्न मिल्छ ? वनजंगलमा बस्यो त अब के गर्ने ? बाँदर खान्थे, उनीहरुले खाइराछन् । उनीहरु पनि पछि खसी, बोकै खालान् । हामीले पनि घर बनाउनुपर्छ भन्ने चेतना आउँछ । त्यो पनि हाम्रो शक्ति हो नि ।

राष्ट्रिय एकता हुनुपर्छ, राष्ट्रिय एकताको मूल जरा भनेको चाहिंं नेपालका अल्पसंख्यक, बहुसंख्यक जे होस्, जुनसुकै जाति होस्, धर्म होस्, ती सारा मानिसहरुमा हामी नेपाली, देश नेपाल हाम्रो, हाम्रो नागरिकता नेपाली । हामीले नेपाल देशको हित चिताउनुपर्छ भन्ने भावना जागृत गर्नुपर्छ । हामीले झैझगडा गर्नुहुँदैन । टुटफुट गरेर होइन, हाम्रा पुर्खाहरुले त्यति दुःख गरेर त्यति त्याग गरेर, तपस्या गरेर बचाइदिएको यो हाम्रो मुलुक । यो मुलुकमा यसरी टुक्र्याउन खोज्नुहुँदैन । हाम्रो विचार कमसेकम् हामी नेपाली हौं भन्ने भावना जागृत गराउनुपर्छ । त्यो ग¥यौं भने जस्तोसुकै पावरफूल राष्ट्रहरुको अगाडी पनि हामीले शीर झुकाउनुपर्दैन । हाम्रो शीर ठाडो हुन्छ । हामी कसैभन्दा कम छैनौं भने हुन्छ । एटम बम हुनेसँग, एटम बम होला ।

विभिन्न जातजाती, नेवार, बाहुन, क्षेत्री, धिमाल, राई, लिम्बू, दनुवार, सुनुवार, थारु, मधेसी यताउती यी सारालाई टुक्रा–टुक्रा ग¥यो भने त, हरेकको कल्चर छ, हरेकको भाषा छ, हरेकको धर्म छ, हरेकको संस्कृति छ त्यसको अलवा एउटा नेपाली नागरिक, नेपालको बासिन्दा भन्ने भावना छ ।

हाइड्रोजन बम हुनेसँग हाइड्रोजन बम होला । अरुसँग के के शक्ति होला । त्यो मात्र आजभोलिको युद्ध रणनीति होइन । जित्ने त्यो साधन होइन । उसले भष्म त गर्ला तर विचारलाई त भष्म गर्न सक्दैन । नेपाली भावनालाई त नष्ट गर्न सक्दैन । त्यो जीवहरुको भावनालाई कसैले केही गर्न सक्छ ? उनीहरु आफ्नो भावनाबाट नै राष्ट्र उठाइरहेको हुन्छ । सारा बलियो त छन् नि । त्यो बेला हाम्रो पुर्खाले नगरेको भए त हाम्रो पनि त सिक्किमको जस्तो हालत हुन सक्थ्यो, अरु साना मुलुकहरुको जस्तो गति हुन्थ्यो । हामीलाई पनि उनीहरुको ३ सय, ४ सय वर्षको इतिहासमा ब्रिटिशहरुले हामीलाई पनि क्वाप्प खाएर उपनिवेशन बनाउन सक्थ्यो होला । तर त्यो बेलाका हाम्रा राष्ट्र नेता, राष्ट्रपिता पृथ्वीनारायण शाहले आफ्नो युद्धनीतिलाई अपनाए । के भने यो हाम्रो देश दुई छिमेकी देशबीचको तरुल हो ।

उत्तरलाई पनि चिढाउनुहुन्न, दक्षिणलाई पनि चिढाउनुहुँदैन, वेल ब्यालेन्स, सन्तुलित बनेर हामी हिड्नुपर्छ । हाम्रो भलो हुन्छ । कसैले हमला गर्न आयो, कसैले केही गर्न आयो भने जाइकटक नगर्नु, झिकीकटक गर्नु । हाम्रो सानो मुलुकसँग झगडा गर्न सक्छ ? तोप, बन्दुकहरुसँग झगडा गर्नसक्ला ? तर हामीसँग पनि एउटा अक्कल छ, बुद्धि छ, आइलाग्ने माथी जाइलाग्ने, जाइकटक नगर्नू, झिकीकटक गर्नू, लुकीछिपी गरेर उनीहरुलाई खाल्डोमा पारौं ।

उनीहरुलाई खत्तम गर्न सकिन्छ । त्यो गरेर देश बचेको हो, युद्धनीति भनेको त्यो हो । स्ट्राटेजी भनेको त्यो हो, युद्धनीति भनेको त्यो हो । कल्चर पोलिसीले पनि त्यही काम गर्छ । त्यसैले त शिवरात्रीको दिन, हिन्दुस्तानबाट लाखौं मान्छे यहाँ आउछन् । नेपालबाट पनि चारधम घुम्न जान्छन् । अहिले पो काशीबास जाने चलन बन्द भयो । पहिले त काशीबास जान्थे, बुढाबुढी भएपछि जाने । अहिले पो नेपाल सरकारले ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता दिएपछि, ज्येष्ठ नागरिकलाई सम्मान गरेपछि किन काशी जानुप¥यो ? यी पशुपति जाने, यी आर्यघाटै जाने । पशुपति नै जाने नि, आर्यघाटै जाने नि । नत्रभने त सकिनसकी काशीबास जान्थे पहिला, कुम्लो बोकेर काशीबास जान्थे ।

कल्चरल्ली कतिवटा कल्चर हाम्रो उत्तरसँग मिल्छ जस्तो शेर्पाहरुको ल्होसार पर्व । गुरुङ, राई, शेर्पा ल्होसार पूरै उत्तरी भेगको । चिनियाँहरुको नयाँ वर्ष र उनीहरुको नयाँ वर्ष एउटै हो । त्यो कल्चरलाई पनि हामीले मानिरहेकै छौं । पहिलेभन्दा अहिले विस्तार हुँदैआएको छ । विभिन्न जातजाती, नेवार, बाहुन, क्षेत्री, धिमाल, राई, लिम्बू, दनुवार, सुनुवार, थारु, मधेसी यताउती यी सारालाई टुक्रा–टुक्रा ग¥यो भने त, हरेकको कल्चर छ, हरेकको भाषा छ, हरेकको धर्म छ, हरेकको संस्कृति छ त्यसको अलवा एउटा नेपाली नागरिक, नेपालको बासिन्दा भन्ने भावना छ । यसर्थ, सांस्कृतिक विविधतामा राष्ट्रिय एकता हुनुपर्छ ।

प्रस्तुति – सपना थामी/ध्रुव अधिकारी

यो पनि पढ्नुहोस्


  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board