यमपञ्चकको ५ दिनले मानव सभ्यता र संस्कृतिको विकास क्रमलाई दर्शाएको छ: डा.जगमान गुरुङ

नेपालका चाडपर्वहरु बडा समन्वयात्मक छन् । चाडपर्वहरुको गते र तिथि एउटै हुन्छन्, मठ मन्दिरहरु पनि एउटै हुन्छन्, तीर्थस्थल पनि एउटै हुन्छन् । तर विभिन्न समुदायकोे आ–आफ्नो पद्धति हुन्छ त्यति हो फरक । जस्तो दशैं एउटा शक्ति उपासनाको पर्व हो । र, विभिन्न समुदायले आ–आफ्नो कूल परम्पराअनुसार आफ्नो शक्तिको उपासना गर्दछन् । तर पर्व त एउटै हो । अहिले तिहारको सन्दर्भमा एउटा कुरा हामीले बुझ्नुपर्छडा.जगमान गुरुङ, उपकूलपति, नेपाल प्रज्ञा प्रतिष्ठान

डा.जगमान गुरुङ, उपकूलपति, नेपाल प्रज्ञा प्रतिष्ठान । तस्विर : ध्रुव अधिकारी

हिन्दीमा त्योहार भनिन्छ, त्यसैलाई नेपालीमा तिहार भनिन्छ । तिहारलाई चाडपर्व भने पनि सबै चाडपर्वलाई तिहार भनिंदैन । कात्तिकको जुन यमपञ्चकको ५ दिन हो, त्यल्लाई मात्रै तिहार भनिन्छ । जस्तो काग तिहार, कुकुर तिहार, गोरु तिहार, मान्छे तिहार । मान्छे तिहार भनेको भाइटिका भयो । तिहारमा के हुन्छ भन्दा त कागजस्ता पंक्षी, कुकुरजस्ता पशुलाई पनि सम्मान गर्ने, गाइलाई गौधनको रुपमा, गोरुलाई कृषि कर्मका रुपमा सम्मान गर्ने र दाजुभाइ र दाजुबहिनीको बीचमा एउटा समन्वय एउटा सद्भाव अर्को कुरो यमपञ्चक । अब यम भन्नासाथ हाम्रो मस्तिष्कमा डरलाग्दो राक्षसको आकार आउछ । तर यमको अर्थ नियम हो, आचारसंहिता हो, धर्म हो । यसकारण यमराजलाई धर्मराज पनि भनिन्छ । यमपञ्चकको ५ दिनले मानव सभ्यता र संस्कृतिको विकास क्रमलाई दर्शाएको छ ।

विज्ञहरुले पनि त्यो कुरा बुझ्नुप¥यो, सञ्चारमाध्यमले पनि त्यो कुरा बुझ्नुपर्छ । मैले के भन्दै आएको छु भने दशैंलाई विजयादशमी भन्ने होइन, ठेट नेपालीमा बडादशैं भन्नुपर्छ । बडादशैं भनेको दशैं अरु पनि छन्, जस्तो पुसको पनि दशैं हुन्छ, चैतको दशैं छन्, असारको पनि दशैं छन् । पौष शुक्ल पक्षमा मनाउने दशैंचाहिं हेमन्त ऋतुमा मनाउने हेमन्तिका भयो । चैत शुक्ल पक्षमा मनाउने दशैं वसन्त ऋतुमा मनाउने भएकोले त्यो वासन्तिका भयो । असारको शुक्ल पक्षमा पनि दशैं हुन्छ, यो चाहिं ग्रीष्म ऋतुमा मनाइने हुनाले त्यो ग्रीस्मीय भयो । र असोजको दशैं यो शरद ऋतुमा मनाउने हुनाले यो शारदीय । पुसको, चैतको, असारको दशैं, असोजको बडादशैं । त्यसकारणले हामीले बडादशैं भन्नुपर्छ, विजयादशमी होइन । किनभने, विजयादशमी भनेको रामले रावणलाई मारेको दिन, हाम्रो चाहिं रामलीला होईन, दुर्गा पूजा हो । दुर्गा महोत्सव हो । त्यसकारणले बडा दशैं भन्ने ।
त्यसैगरी हाम्रो दिपावली होइन, हाम्रो तिहार हो । तिहारको अर्थ के हो भने हाम्रो चाडपर्व हो । हिन्दीमा त्योहार भनिन्छ, त्यसैलाई नेपालीमा तिहार भनिन्छ ।

तिहारलाई चाडपर्व भने पनि सबै चाडपर्वलाई तिहार भनिंदैन । कात्तिकको जुन यमपञ्चकको ५ दिन हो, त्यल्लाई मात्रै तिहार भनिन्छ । जस्तो काग तिहार, कुकुर तिहार, गोरु तिहार, मान्छे तिहार । मान्छे तिहार भनेको भाइटिका भयो । तिहारमा के हुन्छ भन्दा त कागजस्ता पंक्षी, कुकुरजस्ता पशुलाई पनि सम्मान गर्ने, गाइलाई गौधनको रुपमा, गोरुलाई कृषि कर्मका रुपमा सम्मान गर्ने र दाजुभाइ र दाजुबहिनीको बीचमा एउटा समन्वय एउटा सद्भाव अर्को कुरो यमपञ्चक । अब यम भन्नासाथ हाम्रो मस्तिष्कमा डरलाग्दो राक्षसको आकार आउछ । तर यमको अर्थ नियम हो, आचारसंहिता हो, धर्म हो । यसकारण यमराजलाई धर्मराज पनि भनिन्छ । यमपञ्चकको ५ दिनले मानव सभ्यता र संस्कृतिको विकास क्रमलाई दर्शाएको छ । अहिले त मानवले रोबर्ट बनाउन थाले, चन्द्र ग्रहमा पुग्न थाले, मंगल ग्रहमा पुग्न थाले, अझै कुन–कुन ग्रहको खोजी हुँदैछ । यस्तो वैज्ञानिक अवस्थामा आउनुभन्दा पहिले मानिस एउटा घुमन्ते एउटा डुलन्ते जीवन बिताउँथ्यो । त्यसपछि शिकारी अवस्था, पशुपालन, कृषि, त्यसपछि मात्रै नैतिकतमा आधारीत सुसंस्कृत र सुसभ्य मार्गमा आयो ।

काग उडेर दक्षिणतिर गयो भने मरेको, पश्चिमतिर गए हानि–नोक्सानी, उत्तरतिर उडेको छ भने सिद्धी, प्रसिद्धी र पूर्वतिर उडे सफलता र प्रगतिको सन्देश भन्ने अर्थ हुन्छ ।
कागले के जनाउँछ त, कागले देश देशान्तरमा घुमेर दशेको खबर ल्याउँछ भन्ने हाम्रो मान्यता छ । काग हाम्रो घरको छेऊ–छेऊमा आएर करायो भने त्यो घरको मान्छेहरुले के भन्छन्– शुभ बोल् !शुभ बोल् ! भलो समाचार ले ! ठाउँ सरी सरी बस् भन्ने चलन छ । काग आयो करायो उड्यो त्यसको केही मतलब हुँदैन, जब घरको मान्छेले सुबोल ! सुबोल ! ठाउँ सरी सरी बस् भन्छ तब एउटा आवाज निकाल्छ कागले । काग, काग, काग गरेको त केही अर्थ हुँदैन, कलाकुलु, कलाकुल, कलाग्कलाग् गरे आवाज निकालेर ठाउँ सरी–सरी बस्छ । त्यसो गरेपछि कागले त्यो चरित्र देखाएपछि यसले अवश्यपनि केही समाचार ल्याएको छ भन्ने बुझ्नुपर्छ ।

अनि त्यसको लक्षण विचार गर्नुपर्यो, काग उडेर दक्षिणतिर गयो भने मरेको । हानि–नोक्सानी भन्दा नि मरेको खबर ल्याएको छ भन्ने बुझ्ने । पश्चिमतिर उडेको छ भने हानि–नोक्सानी बुझ्ने, उत्तरतिर उडेको छ भने सिद्धी, प्रसिद्धी भयो । पूर्वतिर उडेको छ भने कार्य सफल, उन्नति, प्रगतिको ल्याएको खबर ल्याएको छ भन्ने त्यसले जनाउँछ । त्यो पंक्षीको आकृति हामीले बुझ्नुप¥यो । कागले मानिसको घुमन्ते, डुलुवा जीवनलाई जनाउँछ ।

डा.जगमान गुरुङ, उपकूलपति, नेपाल प्रज्ञा प्रतिष्ठान । तस्विर : ध्रुव अधिकारी

काग उडेर दक्षिणतिर गयो भने मरेको । हानि–नोक्सानी भन्दा नि मरेको खबर ल्याएको छ भन्ने बुझ्ने । पश्चिमतिर उडेको छ भने हानि–नोक्सानी बुझ्ने, उत्तरतिर उडेको छ भने सिद्धी, प्रसिद्धी भयो । पूर्वतिर उडेको छ भने कार्य सफल, उन्नति, प्रगतिको ल्याएको खबर ल्याएको छ भन्ने त्यसले जनाउँछ । त्यो पंक्षीको आकृति हामीले बुझ्नुप¥यो । कागले मानिसको घुमन्ते, डुलुवा जीवनलाई जनाउँछ ।

कुकुर तिहार, कुकुरको घ्राणशक्ति, सुँघ्ने शक्ति । त्यसकारण कुकुरलाई माध्यम बनाएर मानिसले शिकार खेल्ने । कुकुर तिहारले चाहिं मानिसको शिकारी अवस्थालाई बुझाउँछ । अब शिकार ग¥यो, मासु खान पाइयो । शिकार गर्न सकिएन भने मासु खान पाइएन, भोकै हुने भइयो । त्यसकारण मानिसले यसलाई मार्ने मात्रै होइन, यसलाई समातेर पाल्नुप¥यो भनेर पशुपंक्षीहरु पाल्न थाले । विभिन्न किसिमको पशुपंक्षीहरु पाल्न थाले । पाल्दा–पाल्दा, गाई यस्तो एउटाचाहिं उपयोगी पशु रहेछ भनेर चिने । गाईको दूध पोषिलो, घ्यू पोषिलो, मासु पोषिलो, गोबर रसिलो, जहाँ गोबर त्यहाँ दोब्बर भनेर गाईको महत्व बुझेर गाई एउटा लक्ष्मी हो, धन हो भनेर संरक्षण गर्न थाले । गाई पूजाले मानिसको कृषि कर्मलाई र पशुपालनको अवस्थालाई बुझाएको छ ।

त्यसपछि मानिसले खनी खोस्रिकन, पहिले त आफ्नै हातले खनिखोस्रिए । पछि काठहरु, ढुंगाहरुको प्रयोग गर्न थाले । फलाम चिनेपछि फलामको कुटो कोदालो र साना हातहतियारहरु बनाए । त्यसैगरी गाउँघरतिर चिलाउनेको मुढोको हलो बनाउन थाले । त्यो बलियो हुन्छ । अनि हरिस के को बनाउने त ? कुटुसको हरिस बनाउने, त्यो बलियो हुन्छ । अनि जुवा बनाउनुप¥यो, जुवा के को बनाउने त ? लाँकुरीको । किनभने एक ठाउँमा चाहिं लाकुरीको बोट छ भने, त्यसको वरीपरि वातावरण नै शितलु हुन्छ । किनभने, लाकुरीको बोट ठूलो हुन्छ, त्यसको पात साना–साना हुन्छन् । अनि हावा लागेपछि त, पंखा लागेजस्तै फिरिरिरी घुम्छ, शितलु बनाउने । अनि लाकुरीको काठको जुवा बनायो भने त्यसले चाहिं गोरुको काँध तास्दैन भन्ने छ । कस्तो विज्ञान छ त्यहाँ π अब हलोको आविष्कार भएपछि, पहिले त मान्छेले नै तानेको हो हलो, अझै गोर्खाको उपल्लो माथिल्लो गाउँ बार्फाको गुरुङ गाउँमा त अहिले पनि मान्छेले तानेर हलो जोत्याछ । त्यो पनि हामीले देख्याछौं । पहिले त एउटा गोरुले तान्थे होला । पछि दुइटा गोरुलाई नारेर पछि कृषि क्रान्ति ल्याए । गोरु पूजा भनेको त्यो कृषि क्रान्तिको झलक हो ।

देउसी खेल्न आउनेहरुले हामी त्यसै आएनौं, बलिराजाले पठाएको भन्ने गरिएको हो । त्यो चाहिं पौराणिक धार्मिक बलि होईन, हाम्रै जुम्लाको बलिराज । जुम्लाको बलिराज कसरी भयोे भन्दाखेरी आजभन्दा १ हजार वर्ष अगाडि अहिलेको ५ नम्बर, ६ नम्बर ७ नम्बर अर्थात् समस्त कर्णाली प्रदेश, कर्णाली प्रदेश भनेको ६ नम्बर मात्रै होइन । सिंगो कर्णाली परश वनक्षेत्रमा सपादलक्ष खस देश, सबाला खसदेश । पछि सपादलक्ष खसदेशको चाहिं अवसान भयो । अवसान भएपछि जुम्लाको कालै गाउँमा एउटा उत्तिम थापा भन्ने एउटा थापा क्षेत्री रहेछन् । अनि तिनको घरमा भारतबाट आयो कि, मधेसबाट आयो कि, अब कहाँबाट आयो, तीर्थयात्रीहरु आएका रहेछन् । ती तीर्थयात्रीहरुमध्ये एकजना महिला गर्भवती रहिछिन् ।

अब गर्भवती त हिड्न सकिनन्, त्यहीं बास भो, त्यहीं छोरा जन्माइन् । अनि त्यो कल्लाई गाउँ अथवा कालै गाउँमा । कल्लाई गाउँ पनि भन्छन्, उत्तिम थापाको चाहिं गाउँमा त्यो बालक हुक्र्यो, बढ्यो युवा नै भयो । अनि काश्मिरबाट चाहिं चन्दननाथ आए । जसरी नेपाल मण्डलमा चाहिं कामारुप कामाख्याबाट मछेन्द्रनाथ आएजस्तै काश्मिरबाट चन्दननाथ जुम्ला आएपछि यसो हेरेपछि त्यसको अंग लक्षण देखेर उनलाई राजा बनाइयो । र, नेपालका बाइसे राज्यहरुमध्ये सबभन्दा पहिलो राज्य चाहिं जुम्ला हो, जुम्लाको बलिराज ।

देउसी भैलीमा गाईने बलिराजा जुम्लाका हुन्
मान्छे तिहार भनेको नैतिकतामा आधारित सुसभ्य र सुसंस्कृत मानव जीवन । नैतिकता केमा हुन्छ त मान्छेको ? यौनसम्बन्धमा । सबभन्दा ठूलो नैतिकता यौन सम्बन्धमा हुन्छ । अब अहिलेको कथा के छ भन्दाखेरी कात्र्तिक शुक्ल द्वितीयालाई यम द्वितीया पनि भनिन्छ । यम भनेको अब त्यो दिनमा यमराज आफ्नी बहिनी यमुनाको घरमा टिका लाउन गए, त्यसलाई यम द्वितीया भनियो । मैले अघि नै भने यम भनेको नियम हो, नियम भनेको धर्म हो, आचारसंहिता हो र यमराज आफ्नी बहिनी यमुनाकोमा टिका लाउन गए भनेकोचाहिं पौराणिक कथा हो ।

वैदिक कथा यम, यमीको कथा छ । वेदमध्येको जेठो वेद ऋग्वेद । ऋग्वेदको दशौं मण्डल । मण्डल भनेको चाहिं अब खण्ड भनौं । ऋग्वेदको दशौं मण्डलको दशौं शुक्ध, शुक्ध भनेको कथा हो, यसमा यम र यमीको कथा छ । यसलाई यम यमी शुक्ध पनि भनिन्छ । यम र यमी चाहिं सहोदर जुम्ल्याहा दाजुबहिनी । उमेर अवस्था पुगेपछि बहिनी यमीले के भन्छिन् भने, दाजु π हामी, दाजु बहिनी वैवाहिक सम्बन्धमा गासिऔं । वैवाहिक सम्बन्ध भन्ने बित्तिकै यौन सम्बन्ध गरौं भन्ने कुरा आयो ।

अनि दाजु यमले बहिनीलाई हेर बहिनी, दाजुको आदर्श यो हो, बहिनीको आदर्श यो हो । दाजु बहिनीबीचको मर्यादा यो हो । हामी दुइजना दाजुबहिनी विवाह कर्म गर्नहुँदैन, यौन कर्म गर्न हुँदैन । तिमी अर्कै परपुरुषसँग विवाह गरेर जीवन बिताऊ भनेर दाजुबहिनीको आदर्श र मर्यादा कायम गराएको छ । दाजुबहिनीको बीचमा यौनसम्बन्ध हुनुहुँदैन भनेर त्यहाँ नैतिक चरित्र त्यहाँ देखाइयो । नैतिकतामा आधारित सभ्य र सुसंस्कृत मानव जीवन भन्ने कुरो भाइटिका, मान्छे तिहारले दर्शाउँछ । यम पञ्चकको काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार, मान्छे तिहार वा भाइटिकाले मानिसको एउटा घुमन्ते जीवन, शिकारी जीवन, पशुपालनको अवस्था, कृषिको अवस्था र अहिलेको नैतिक आदर्शवान् मानव समाजमा ल्याएको भन्ने दर्शाउँछ ।

त्यसपछि फेरि अर्को नेपालको सन्दर्भमा देउसी भैलोको कुरा आयो, हामी त्यसै आएनौं बलिराजाले पठाएको । बलि एउटा पौराणिक बलि छ, यसलाई भगवान विष्णुले चाहिं पातालमा भसाइदि । पातालमा भसाइदिएपछि बलिले भने दानवराज बलिले म मत्र्यमण्डलमा आउन नपाउने ? भनेर । तिमी चाहिं यमपञ्चकको ५ दिनसम्म यो मत्र्यमण्डलमा आउन पाउँछौ भनेर बरदान दिए । अनि यो पाताल त्यसैगरी नागलुङ, यहाँ आएपछि चाहिं झिलिमिली बत्ती बाल्ने, पैसा, तासजुवा खेल्याछ, धनको छेलोखेलो ग¥याछ, ओहो, मत्र्यमण्डल पनि सम्पन्न रैछ भन्ने पार्नलाई यसो गरेको हो भन्ने एउटा कुरो छ ।

हाम्रो चाहिं देउसी खेल्न आउनेहरुले हामी त्यसै आएनौं, बलिराजाले पठाएको भन्ने गरिएको हो । त्यो चाहिं पौराणिक धार्मिक बलि होईन, हाम्रै जुम्लाको बलिराज । जुम्लाको बलिराज कसरी भयोे भन्दाखेरी आजभन्दा १ हजार वर्ष अगाडि अहिलेको ५ नम्बर, ६ नम्बर ७ नम्बर अर्थात् समस्त कर्णाली प्रदेश, कर्णाली प्रदेश भनेको ६ नम्बर मात्रै होइन । सिंगो कर्णाली परश वनक्षेत्रमा सपादलक्ष खस देश, सबाला खसदेश । पछि सपादलक्ष खसदेशको चाहिं अवसान भयो । अवसान भएपछि जुम्लाको कालै गाउँमा एउटा उत्तिम थापा भन्ने एउटा थापा क्षेत्री रहेछन् । अनि तिनको घरमा भारतबाट आयो कि, मधेसबाट आयो कि, अब कहाँबाट आयो, तीर्थयात्रीहरु आएका रहेछन् । ती तीर्थयात्रीहरुमध्ये एकजना महिला गर्भवती रहिछिन् ।

अब गर्भवती त हिड्न सकिनन्, त्यहीं बास भो, त्यहीं छोरा जन्माइन् । अनि त्यो कल्लाई गाउँ अथवा कालै गाउँमा । कल्लाई गाउँ पनि भन्छन्, उत्तिम थापाको चाहिं गाउँमा त्यो बालक हुक्र्यो, बढ्यो युवा नै भयो । अनि काश्मिरबाट चाहिं चन्दननाथ आए । जसरी नेपाल मण्डलमा चाहिं कामारुप कामाख्याबाट मछेन्द्रनाथ आएजस्तै काश्मिरबाट चन्दननाथ जुम्ला आएपछि यसो हेरेपछि त्यसको अंग लक्षण देखेर उनलाई राजा बनाइयो । र, नेपालका बाइसे राज्यहरुमध्ये सबभन्दा पहिलो राज्य चाहिं जुम्ला हो, जुम्लाको बलिराज । अब त्यतिखेर त, अहिले पनि लुकीछिपी छ ।

मेरो कार्यसिद्धि भयो भने म पञ्चबली चढाउछु, हाँस, बोका, कुखुरा भाले, भेडा चढाउँछु भनेर भाकल गर्छन् नि, पश्चिम नेपालमा देवदास, देवदासी । अब मेरो छोरा जन्म्यो भने छोरा देवतालाई चढाइदिन्छु, छोरी जन्मिई भने, छोरी चढाइदिन्छु भन्ने । पछि-पछि आफ्नो छोरा, छोरी त चढाएनन् । गरिबका विचरा निमुखाका छोराछोरी किनेर मन्दिरमा चढाइदिने त्यस्ता पुरुषलाई देवदास भन्थे, महिलालाई चाहिं देवदासी भन्थे । तिनीहरुको वृत्ति के त, मागेर खाने, जसले पायो त्यल्ले मागेर खाएर त भएन । मागेर खान जाउ भनेर बलिराजाले आज्ञा दिए त्यसकारण हामी त्यसै आएनौं बलिराजा पठाएको भएको । अनि औंसीको दिनमा भैली, भैली भनेको देवदासीहरुको । भैली भनेको स्त्रीलिङ्ग शब्द हो । भैलीनी आइन् आँगन, हे औशी बारो, गाईतिहार भैलो भन्दाखेरी औंसीको दिन भैली माग्ने यी देवदासीहरु हुन् । त्यसको भोलिपल्ट देउसीरे । देउसीरे भन्दा त पुलिङ्ग शब्द आयो, देउसीरे भनेको देवदासहरुको हो, पुरुषहरुको । पहिले देवदास र देवदासीहरुलाई मागेर खानलाई बलिराजाले आज्ञा दिएको । तर अहिले विभिन्न संघ, संस्थाहरुले पनि माग्छन् । विभिन्न युवायुवतीहरुले पनि आ–आफ्नो डफ्फा बनाएर पनि माग्छन्, यो हाम्रो नेपालको संस्कृति थपियो ।

पशुपतितिरको दक्षिण ढाकोतिरको एउटा पाटीको पेटीमा माथी हातमा एउटा शंख लिएको एउटा पुरुष, जुरो बनाएको, हातमा शंख लिएको, शंखधर भनेको त्यो हो । अनि त्यहाँबाट के बुझिन्छ भन्दाखेरी एउटा गोपालवंशावली छ ठूलो बृहत् खालको । केशर पुस्तकालयमा छ एउटा सानो गोपालवंशावली । ठूलो वंशावलीमा त्यो उल्लेख छैन, केशर पुस्तकालयमा भएको सानो गोपालवंशवलीमा के भन्छ भने राघवदेवको चर्चा गर्दाखेरी तेन पशुपतिभट्टार केन नेपाल, पशुपति भट्टार केन संवत् सरप्रवृत्ति कृत भनेर लेखिएको छ ।

यसबाट शंखधर साख्वाले राघवदेवको पालामा शंखधरले पशुपतिको नामबाट नेपाल संवत् प्रवर्तन गरिएको हो भन्ने चाहिं प्रष्ट हुन्छ । यो नेपाल संवत् हाम्रो तिहारसँग जोडिएको छ । त्यसकारण नेपाल संवत् नेपालको एउटा विशिष्ट पहिचान हो । र, अहिले के भन्छन् भन्दाखेरी शंखधर त एउटा दन्त्यकथाको पात्र हो, दन्त्यकथाको पात्रको आधारमा नेपाल संवत् चलाए नेवारहरुले भन्छन् । यो अबुझ कुरो हो, यो दन्त्यकथाको पात्र मात्र होइन, वास्तविक हो । वास्तविक नभएको भए त्यहाँ शंखधरको शालिक राखिन्छ र ? जुन अहिले पनि छ ।

पशुपतिनाथ मन्दिरमा रहेको नेपाल संवत्का प्रवर्तक शंखधर साख्वा
नेपालमा कात्र्तिक शुक्ल प्रतिपदाको दिनमा नेपालमा नेपाल संवत्को प्रवद्र्धन हुन्छ । नेपाल संवत् भनेको नेपालको विशिष्ट पहिचान भन्छु । किनभने विश्वमा विक्रम संवत् भनौं, शक संवत् भनौं, अब क्रिश्चियन ईरा भनौं, यो सबै राजा महाराजाहरुको नाउबाट देवताको नामबाट प्रवर्तन भएको छ । तर नेपाल संवत्, नेपाल देशको नामबाट प्रवर्तन भएको छ । संवत् प्रवर्तन गर्ने हक राजा, महाराजा, सम्राटहरुको हुन्छ । कुनै जनतालाई संवत् प्रवर्तन गर्ने हक अधिकार हुँदैन । र, नेपाल संवत कल्ले प्रवर्तन गरायो ? शंखधर गरेका एक जना मानिसले गरायो यसकारण लेख्दाखेरी चाहिं नेपाल संवत् भनेर लेखिन्छ तर त्यल्लाई चाहिं शंखधरकृत नेपाल संवत् भनिन्छ, शंखधरकृत नेपाल संवत् । शंखधरले कान्तिपुरका मानिसहरुलाई अऋणी बनाइदिए । उनीहरुको ऋण भएको सबै चुक्ता गराइदिए, पुण्य कर्म गरे ।

अहिले पशुपति जाने हो भने पशुपतितिरको दक्षिण ढाकोतिरको एउटा पाटीको पेटीमा माथी हातमा एउटा शंख लिएको एउटा पुरुष, जुरो बनाएको, हातमा शंख लिएको, शंखधर भनेको त्यो हो । अनि त्यहाँबाट के बुझिन्छ भन्दाखेरी एउटा गोपालवंशावली छ ठूलो बृहत् खालको । केशर पुस्तकालयमा छ एउटा सानो गोपालवंशावली । ठूलो वंशावलीमा त्यो उल्लेख छैन, केशर पुस्तकालयमा भएको सानो गोपालवंशवलीमा के भन्छ भने राघवदेवको चर्चा गर्दाखेरी तेन पशुपतिभट्टार केन नेपाल, पशुपति भट्टार केन संवत् सरप्रवृत्ति कृत भनेर लेखिएको छ ।

यसबाट शंखधर साख्वाले राघवदेवको पालामा शंखधरले पशुपतिको नामबाट नेपाल संवत् प्रवर्तन गरिएको हो भन्ने चाहिं प्रष्ट हुन्छ । यो नेपाल संवत् हाम्रो तिहारसँग जोडिएको छ । त्यसकारण नेपाल संवत् नेपालको एउटा विशिष्ट पहिचान हो । र, अहिले के भन्छन् भन्दाखेरी शंखधर त एउटा दन्त्यकथाको पात्र हो, दन्त्यकथाको पात्रको आधारमा नेपाल संवत् चलाए नेवारहरुले भन्छन् । यो अबुझ कुरो हो, यो दन्त्यकथाको पात्र मात्र होइन, वास्तविक हो । वास्तविक नभएको भए त्यहाँ शंखधरको शालिक राखिन्छ र ? जुन अहिले पनि छ ।

नेवारहरुमा रातो अक्षताको टिका लगाउने चलन छ । सप्तरंगी टिकाको चलन छैन नेवारहरुमा । गुरुङहरुमा चाहिं अब तिहारमा सेलरोटी पोल्नुप¥यो, सेलरोटी र चामलको चाहिं सेतो टिका । सेतो टिका भनेको शुभ भो, त्यहाँमाथि बेसारको टिका लाइदियो पहेंलो, बेसार पनि एन्टिबायोटिक हो र बाहुन क्षेत्रीहरुमा चाहिं सप्तरंगी टिकाको चलन छ । त्यो सप्तरंगी टिकाको वैज्ञानिकता के हो त ?

सप्तरंगी टिकाको वैज्ञानिकता
संस्कृति भनेको मानिसको उच्च मनस्थितिकोे उपज हो । सभ्यता भनेको भौतिक विकास हो, संस्कृति भनेको मानसिक विकास हो । यसमा दिदीले भाइलाई, बहिनीहरुले दाइलाई विभिन्न किसिमका टिका लगाइदिन्छन् तर नेवारहरुमा रातो अक्षताको टिका लगाउने चलन छ ।

सप्तरंगी टिकाको चलन छैन नेवारहरुमा । गुरुङहरुमा चाहिं अब तिहारमा सेलरोटी पोल्नुप¥यो, सेलरोटी र चामलको चाहिं सेतो टिका । सेतो टिका भनेको शुभ भो, त्यहाँमाथि बेसारको टिका लाइदियो पहेंलो, बेसार पनि एन्टिबायोटिक हो र बाहुन क्षेत्रीहरुमा चाहिं सप्तरंगी टिकाको चलन छ । त्यो सप्तरंगी टिकाको वैज्ञानिकता के हो त ?

मैले अघि पनि भने मानिसहरुको उच्च मनस्थिति उसको संस्कृतिमा प्रस्तुत हुन्छ । हामी चाडपर्व मनाउँछौं, टिका लगाउछौं, जमरा लगाउँछौं, विभिन्न किसिमका लुगाहरु लगाउँछौं किन त ? त्यो आफ्नै लागि । आफ्नो शरीरको संरक्षण र मनको संरक्षणको लागि त्यो लगाएको । अनि सप्तरंगी टिका लगाए बाहुन क्षेत्रीहरुले । टिका पनि तेर्सो नलगाइकन ठाडो लाए, किन ठाडो लाए भने, त्यसको कारण के हो ? त्यसको विज्ञान के हो भने अब अहिले त मंसिरमा परेकोले मलमास प¥यो तिहार नत्र भने त कात्र्तिकको हो तिहार । असोजको दशैं, कात्र्तिकको तिहार हो । सप्तरंगीको विज्ञान के हो भने, कात्र्तिक महिनामा सौर्यमण्डलको अधिपत्य सूर्य तुला राशीमा गएर निचो भएर बसेको हुन्छ । कात्तिक १ गतेदेखि विशुवतरेखा, पृथ्वीको बीचको एउटा रेखाको कल्पना गरेको छ त्यसलाई भूगोलको भाषामा भूमध्य रेखा, ज्योतिषशास्त्रको भाषामा विश्वबध रेखा भनिन्छ । विश्ववध रेखा पार गरेर, भूमध्य रेखा पार गरेर पश्चिमी गोलाद्र्धमा प्रवेश गर्दछ ।

टिका पनि तेर्सो नलगाइकन ठाडो लाए, किन ठाडो लाए भने, त्यसको कारण के हो ? त्यसको विज्ञान के हो भने अब अहिले त मंसिरमा परेकोले मलमास प¥यो तिहार नत्र भने त कात्र्तिकको हो तिहार । असोजको दशैं, कात्र्तिकको तिहार हो । सप्तरंगीको विज्ञान के हो भने, कात्र्तिक महिनामा सौर्यमण्डलको अधिपत्य सूर्य तुला राशीमा गएर निचो भएर बसेको हुन्छ । कात्तिक १ गतेदेखि विशुवतरेखा, पृथ्वीको बीचको एउटा रेखाको कल्पना गरेको छ त्यसलाई भूगोलको भाषामा भूमध्य रेखा, ज्योतिषशास्त्रको भाषामा विश्वबध रेखा भनिन्छ ।

विश्ववध रेखा पार गरेर, भूमध्य रेखा पार गरेर पश्चिमी गोलाद्र्धमा प्रवेश गर्दछ । सूर्य आफैं निचो भएर दक्षिणी गोलाद्र्धमा प्रवेश गर्नु भनेको अधोगति हो अनि गधोगतिमा प्राप्त सूर्यको विकिरणले यो भूगोल विषाक्त हुन्छ त्यसको प्रतिकात्को लागि त्यसको परिहारको लागि हामीले सप्तरंगी टिका लगायौं । सप्तरंगी भनेको सूर्यको सात ओटा किरण हो । त्यो विकिरणको सिम्बोलिक हो यो ।

सूर्य आफैं निचो भएर दक्षिणी गोलाद्र्धमा प्रवेश गर्नु भनेको अधोगति हो अनि गधोगतिमा प्राप्त सूर्यको विकिरणले यो भूगोल विषाक्त हुन्छ त्यसको प्रतिकात्को लागि त्यसको परिहारको लागि हामीले सप्तरंगी टिका लगायौं । सप्तरंगी भनेको सूर्यको सात ओटा किरण हो । त्यो विकिरणको सिम्बोलिक हो यो । निचो सूर्य, दक्षिणी गोलार्धमा अधेगतिमा प्राप्त भएको सूर्य । यो खगोल र भूगोलको सम्बन्ध छ । भूगोललाई विषाक्त बनाउने हुनाले त्यसको परिहारको लागि मानिसले सप्तरंगी टिका लगाए । किनकी सप्तरंगीमा सूर्यको सातै ओटा किरण हुन्छ । यो सात ओटा किरणलाई सात ओटा घोडा भनेर व्याख्या गरिएको छ । अब किन ठाडो लगाए भने त मानिसको त्रिनेत्र, जस्तो दाहिने आँखा, बायाँ आँखा मानिसको तेस्रो आँखा तेर्सो हुन्छ र हुँदैन नि ? ठाडो हुन्छ, उध्र्व हुन्छ । त्यसको ज्ञान, बुद्धि खुलोस्, त्यसको बुद्धि राम्रो सप्रियोस्, निचो सूर्यको कारणले गर्दाखेरी उसमा कुबुद्धि नआओस्,सुबुद्धि पलाओस् भनेर ठाडोसँग सप्तरंगी टिका लगाएको । यसको विज्ञान यो हो ।

अब अहिले के छ त भन्दाखेरी नयाँ पुस्ताले जेमा पनि विज्ञान खोज्छ । बुढो पुस्ताले विज्ञानको व्याख्या गर्न सक्दैन, कर्मकाण्डको मात्रै व्याख्या गर्छ । कर्मकाण्डी व्याख्या नगर्ने हो भने उहिलेका कुरा खुइलिएर गए, यो जडसूत्रवादी भन्छ, नयाँ पुस्ताले मान्दै मान्दैन । हाम्रा कर्मकाण्डीहरुमा हाम्रा चाडपर्वहरुमा, हाम्रा तीर्थव्रतहरुमा, तीर्थस्थलहरुमा, विज्ञान छ है भनेर हामीले व्याख्या र विश्लेषण गर्न सक्यौं भने संसारको कुनै वैज्ञानिकहरुले पनि यो होइन भनेर भन्न सक्दैन । त्यसकारण सप्तरंगी टिका ब्राहमण क्षेत्रीहरुको उच्च मनस्थितीको प्रतिकृति हो । र निचो सूर्यको अधोगतिमा प्राप्त सूर्यको यो दोष, त्यसको परिहारको लागि ठाडो पारेर सप्तरंगी टिका लगाए, टिकाको दिनमा, भाइटिकाको दिनमा । यो तिहारको सांस्कृतिक महत्व हो । नेपालका सबैले तिहार मान्छन् । सबैले मानेको छ । हो, टिका लगाउने पद्धति कसैले कसरी लगाए, कसैले कसरी लगाए । मैले अघि नै भने चाडपर्व एउटै हो, त्यसलाई मनाउने पद्धति आ–आफ्नो समुदाय अनुसारको हुन्छ । त्यसैले नेपालका चाडपर्वहरु समन्वयात्मक छन् ।

त्यसकारण म फेरि दोहो¥याएर भन्छु, हाम्रा चाडपर्वहरु साझा छन्, तिथिमितीहरु एउटै हो, मठ मन्दिर एउटै हो । तिर्थस्थल एउटै हो । त्यसमा विभिन्न समुदायले तीर्थयात्रा गर्न जाने, दर्शन गर्न जाने, पूजा गर्न जाने, पर्व मनाउने आ–आफ्नो पर्व हो । आ–आफ्नोे पद्दति अनुसारले पर्व मनाउछन् । नेपाली संस्कृति, नेपाली चाडपर्वहरु बडो समन्वयात्मक छन् । यो नेपाली संस्कृतिको एउटा ठूलो विशेषता हो, सबैको कल्याण होस्, तिहार, नेपाल संवत् र छठ पर्वको सबैमा शुभकामना !
प्रस्तुति : सपना थामी र ध्रुव अधिकारी


यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2020 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board