तिहार महिमाः मानवताको दृष्टिकोणले तिहार बसुधैवः कुटुम्बकम् नै हो – सत्यमोहन जोशी

मानवताको दृष्टिकोणले, मानिसमा दया हुन्छ, करुणा हुन्छ, भावना हुन्छ, राम्रो हुन्छ, सबै बराबर । बसुधैवः कुटुम्बकम्, संसारै मानव मात्रको एउटा जाति हो । कसैलाई ठूलो, कसैलाई सानो भनेर होइन, सबैको रगत त रातै छ, सबैको अनुहारमा दुइटै आँखा हो, दुइटा खुट्टा हो, हातका दशओटा औंला हो, खुट्टाका दश ओटा औंला हो, सारा कुरा हो । यो भावना ल्याउनका निमित्त मारकाट पनि हुँदैन । सत्यमोहन जोशी, संस्कृतिविद्/शताब्दीपुरुष

मानवको चेतनतत्व, ज्ञान, त्यो बुद्धि र विवेकले सभ्यता र संस्कृतिलाई जोगाएको छ
चाडवाड पशुहरुले त मनाउँदैनन् । पशुहरु भन्नाले घरपालुवा जनावरहरु कुखुरा, गाई, हाँस यिनीहरुले त मनाउदैनन् । केही दिन अगाडि मात्रै दशैं मनायौं । अब तिहार आयो । तिहार पछि पनि छठ लगायत अन्य चाडवाडहरु आइरहन्छन् । तर पशु र मान्छेबीचमा के फरक छ भने जनावरहरुले चाडवाड मनाएनन्, मान्छेहरुले चाडवाड मनाए । किनभने खानुपिउनु मात्रै जीवन होइन । खाना त गाईवस्तु, जनावर, चराचुरुङ्गी सबैले खान्छन् । एउटा कमिलाले पनि आहारा टिप्छ, मौरीले पनि आहारा टिप्छ । हरेक चराचुरुङ्गीलाई आहारा भएन भने त खत्तम हुन्छ । खाना पाएन भने त, मान्छे पनि मर्छ नि ।

सत्यमोहन जोशी, संस्कृतिविद्/शताब्दीपुरुष । तस्विर : ध्रुव अधिकारी

तर,मान्छे र पशुपंक्षीबीचमा अन्तर के आयो भने, दुवै सजीव प्राणी हो नि ! तर मान्छेचाहिं खान मात्रै जन्मेको होइन । ऊ खान मात्रै पाएर खुशी हुँदैन । ऊ केही न कही सोच गर्छ, चिन्तन र मनन गर्छ, अनेक किसिमको विचार गर्छ त्यस्तो विचार अरु पशुपंक्षीले गर्न सक्दैन ।

संसारभरका यी नक्षत्रहरु, ताराहरु, ग्रहहरु कसले चलाइरहेको होला ? किन खस्दैन ? कसले नियमन गरिरहेको छ, त्यसलाई, कन्ट्रोल कसले गरिरहेको छ ?

जीवजन्तुहरु सृष्टिकालदेखि जस्ताको तस्तै छन्, मौरी, मौरी नै छ, काग, काग नै छ, गौथली, गौथली नै छ । तर गुफामा बस्ने मान्छे त्यो एज्बाट आएर धातु एज्मा आएर अहिले वैज्ञानिक युग आयो । आधुनिक युगमा आएर डिजिटल युग आयो आज । कम्प्युटर चलाउनेदेखि लिएर सबै नयाँ । मोबाइल नभई नहुने भयो, यो प्रविधियुक्त समाज बन्यो । त्यस्तै विभिन्न धर्महरु जस्तै, बुद्ध धर्म, शैव धर्म, वैष्णव धर्म लगायतका धर्महरु यी सारा कुरा गरिरहेको छ मानिस । त्यसकारण मानिस जीवनोपयोगी वस्तुहरु पाएर मात्र खुशी हुँदैन । उसले केही न केही जान्न खोज्छ, थाहा पाउन खोज्छ, आमाले मलाई किन जन्माइन् होला ?

पशुहरुलाई पनि जन्माइराखेकै हुन्छ माउले । त्यो चेतनतत्व, ज्ञान त्यो बुद्धि, त्यो विवेक, त्यो कुरा हामी मानवमा छ । त्यो भएको हुनाले उसले विचार ग¥यो कि बिहान चाहिं पूर्वबाट सूर्य उदाउँछ, मध्यान्हमा बीचमा छ, हाम्रो शीरमाथी छ र भरे साँझ चाहिं पश्चिममा गएर अस्ताउँछ । यो कसरी आयो ? किन खस्दैन ? कसले नियमन गरिरहेको छ त्यसलाई, कन्ट्रोल कसले गरिरहेको छ ? तपाइले अहिले जुन क्यामरा चलाइरहनुभएको छ यसमा पनि एउटा तत्व त छ, इनर्जी न भइकन त यो पनि चल्दैन । संसारभरका यी नक्षेत्रहरु, ताराहरु, ग्रहहरु कसले चलाइरहेको होला ? त्यो सोच, त्यो विचार, त्यसमा आउँछ मानिस ।

त्यसैले त्यो गुफा एज्बाट आजको युगसम्म आयो नि । मानिसले अनेक किसिमले विचार गर्दागर्दा खानापिनाको साथसाथै यो कसले रच्यो ? कसले बनायो ? कसरी बनायो ? हामी अहिलेसम्म किन बाँचिरहेको होला, अहिलेसम्म बाँचिरहेकै छौं, किन मर्नुपरेको होला ? मरेपछि कहाँ जाने होला ? के गर्ने होला ? यो बोलिरहेको तत्व छ, यो कुन तत्व हो ? देखा पर्दैन । यो भित्रै रहन्छ । यसरी गर्दा गर्दा मान्छेमा एउटा कल्चर, सभ्यता, सिभिलाइजेसन, पनि आउँछ त्यसैले सभ्यता र कल्चरका साथसाथै मानिस अगाडि बढिरहेको छ । यति मात्र फरक हो मानव र जीवजन्तुमा ।

सत्यमोहन जोशी, संस्कृतिविद्/शताब्दीपुरुष । तस्विर : ध्रुव अधिकारी

हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, भवानीको भयो पूजा, भयो आनन्दको वर्षा भनेर कविले कविता लेख्न थाले । केही दिन अगाडिसम्म मात्र मालश्री धून आयो दशैंमा । जहाँ गए पनि मालश्रीको धून गुञ्जायमान भइराछ । मालश्रीको धून भनेको देवीको शक्तिको पूजा हो, सत्यले असत्यमाथीको विजय प्राप्त गरेको । सुरले असुरमाथि विजय प्राप्त गरेको भनेर दैत्य कथाहरु विभिन्न अनेक पुराणहरु धुमधामले मनाए । वर्षाऋतुमा त यो गरेन । ग्रीष्ममा पनि बनाएन । शरद्मा चाहिं दशैं मनायो । अब शरद्कोमा यो दशैं सिद्धियो । दशैं सिद्धिएपछि ऋतु त परिवर्तन भइरहेको हुन्छ । अब त्यो मालश्री पनि गाउन छोडेर ऋतुले अब विस्तारै जाडो–जाडो हुँदै आयो नि, हेमन्त ऋतु, शिशिर ऋतु मा नै गाउने देउसी रे भन्न थाले, भैलो खल्न थाले । बलिराजाको प्रसंग ल्यायो ।

हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, भवानीको भयो पूजा, भयो आनन्दको वर्षा
अब आयो केही दिन अगाडि ग्रीष्म एकदम गर्मी भइरहेको थियो । यस्तो गर्मी हुन्छ कि बस्नै नसक्ने गर्मी । यहाँ त त्यति हुँदैन तराइमा बस्नै नसक्ने गर्मी हुन्छ । ज्यादै गर्मी हुन्छ नि, ग्रीष्म ऋतु आयो, मानिस आफैंले बनायो हैन, ग्रीष्मपछि वर्षा आयो । त्यसपछि त्यो वर्षा ऋतु भयो । पानी परेपछि मानिसले खानापिनाको लागि धान त चाहियो । खेतीपाती गर्नुप¥यो भन्ने कुरा जान्यो उसले । पशुपंक्षीले जानेको छैन खेतीपाती गर्न । मानो छरेर मुरी उब्जाउने भन्ने कुरा पनि आयो । यति धेरै मिहेनत ग¥यो कि मानिसले सिमाना नै रहेन ।

लहलह धान पाक्यो, हुँदा हुँदा बाली भित्र्याउने बेला भयो, अब हेर्नुस् गर्मी भयो ग्रीष्ममा, पानी प¥यो वर्षामा अब वर्षापछि शरद आयो । शरद आएपछि त पानी त परेन । हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, भवानीको भयो पूजा, भयो आनन्दको वर्षा भनेर कविले कविता लेख्न थाले । केही दिन अगाडिसम्म मात्र मालश्री धून आयो दशैंमा । जहाँ गए पनि मालश्रीको धून गुञ्जायमान भइराछ । मालश्रीको धून भनेको देवीको शक्तिको पूजा हो, सत्यले असत्यमाथीको विजय प्राप्त गरेको । सुरले असुरमाथि विजय प्राप्त गरेको भनेर दैत्य कथाहरु विभिन्न अनेक पुराणहरु धुमधामले मनाए । वर्षाऋतुमा त यो गरेन । ग्रीष्ममा पनि बनाएन । शरद्मा चाहिं दशैं मनायो । अब शरद्कोमा यो दशैं सिद्धियो ।

दशैं सिद्धिएपछि ऋतु त परिवर्तन भइरहेको हुन्छ । अब त्यो मालश्री पनि गाउन छोडेर ऋतुले अब विस्तारै जाडो–जाडो हुँदै आयो नि, हेमन्त ऋतु, शिशिर ऋतु मा नै गाउने देउसी रे भन्न थाले, भैलो खल्न थाले । बलिराजाको प्रसंग ल्यायो । यी सारा कुरा ल्यायो । यी सबैलाई कथा जोडेर यमपञ्चक भनेर कथाको नाम राख्यो । पाँचै दिन तिहार मनायो । तिहार मनाउँदा कस्तो किसिमको हाम्रो जीवन रह्यो भने कागलाई, कुकुरलाई पनि यमराजको दूत भनेर पूजा ग¥यो । कागलाई पनि कुकुरलाई पनि पूजा ग¥यो । दूध दिने गाईलाई त लक्ष्मी भनेर पूजा गरिरहेकै छ, स्वाभाविकै छ । खेतीपाती गर्दाखेरी गोरु नभई हुँदैन त्यसैले गोरुको पनि पूजा ग¥यो, लक्ष्मीपूजाको भोलिपल्ट । त्यतिमात्रै होइन त्यसमा पौराणिक कुरा पनि ल्यायो, गोबद्र्धन पूजा भनेर । गोबद्र्धन भन्नाले कृष्णजस्तो मान्छेले, कृष्णलाई एउटा मान्छेको रुप भनौं न त्यो बेला ऊ गोकुलमा बस्ने, गोकुलको बासिन्दाहरुले मान्ने कृष्णलाई माया गर्ने, प्रेम गर्ने सारा कुरा गर्ने लिडरको रुपमा हेरे ।

सत्यमोहन जोशी, संस्कृतिविद्/शताब्दीपुरुष । तस्विर : ध्रुव अधिकारी

त्यो बेला पनि क्रान्ति त हुँदो रहेछ नि, ठूल–ठूलो क्रान्ति । हाम्रो देशमा पनि क्रान्ति त भयो नि २००७ सालको क्रान्ति, २०६२–६३ को क्रान्ति, त्यो बेला पनि त्यस्तो परिवर्तन भयो । अहिले त हुँदा हुँदा हामी लोकतन्त्रबाट गणतन्त्रमा आइसक्यो । त्यो बेला पनि त्यस्तो किसिमबाट जाँदाखेरी कृष्णले क्रान्ति गरे ।

सारा गोकुलबासीहरुको लिडर क्रान्तिकारी कृष्ण
त्यो बेला पनि क्रान्ति त हुँदो रहेछ नि, ठूल–ठूलो क्रान्ति । हाम्रो देशमा पनि क्रान्ति त भयो नि २००७ सालको क्रान्ति, २०६२–६३ को क्रान्ति, त्यो बेला पनि त्यस्तो परिवर्तन भयो । अहिले त हुँदा हुँदा हामी लोकतन्त्रबाट गणतन्त्रमा आइसक्यो । त्यो बेला पनि त्यस्तो किसिमबाट जाँदाखेरी कृष्णले क्रान्ति गरे । क्रान्ति के गरे भने, गोकुलबासीहरुलाई आफ्ना गाउँका सारा मानिसहरुलाई अबचाहिं यो बेला हामी वाइयात रै’छौं, इन्द्र रिसाए भने पानी दिंदैनन् । इन्द्रलाई खुशी पार्न सक्यो भने पानीको वर्षा हुन्छ । वर्षा भएपछि खेतीपाती हुन्छ । खेतीपाती हुनलाई वर्षा हुनुप¥यो, वर्षा त इन्द्रले गराउने रहेछन्छ, इन्द्रलाई खुसी पार्न सकिएन भने त वर्षा नहुने भो ।

त्यसकारण इन्द्रको पूजा गर्नुपर्छ भन्ने त्यो परम्परामा चल्दै आएको थियो । कृष्णले के भने भने, होइन यो इन्द्रले गरेको होइन । आउँछ यो त प्राकृतिक कुरा हो । ऋतुअनुसार त आइरहन्छ । त्यसैले यस वर्षचाहिं इन्द्रको पूजा नगर्ने भन्दाखेरी नेताले भनेको कुरा त मान्यो । सबैले मानेपछि बन्द भयो । इन्द्र त छ, ऊ अन्तरिक्षमा कतै न कतै त छ । थाहा पायो उसले । एकजना मान्छेले क्रान्तिकारीले मेरो पूजा बन्द गराएर सारा कुरा ग¥यो भनेर धुमधाम वर्षा गराइदियो ।

चाहे पत्याऔं, चाहे नपत्याऔं । कमसेकम समाजमा बसेपछि त पत्याउनुप¥यो, पूर्वबाट सूर्य त उदाउछ, तपाइले विश्वास नगरे पनि उदाउँछ । विश्वास गर्दिन भने पनि भोलि त उदाउँछ । पश्चिममा अस्ताइसकेको सूर्य कसरी त्यहाँबाट आउँछ ? असम्भव, हुनै सक्दैन भनेर के गर्नु ? सूर्य पूर्वबाट उदाउँछ ।

हात्तीसुँढे धारा…त्यत्रो ठूलो वर्षा हुँदा गोकुल त पूरै डुब्यो । साराले कृष्णलाई गाली गरे । यो कृष्ण कालेले गर्दाखेरी हाम्रो बर्बाद हुनेभयो, गोकुलै खत्तम हुनेभयो । कृष्णसँग त शक्ति छ । ब्रह्मादेखि पाएको शक्ति छ, ऊ पावरफूल हो, देवत्व हो, जे पनि गर्न सक्छ । कृष्णले भने तिमीहरु नहड्बडाउ, तिमीहरु सबैलाई म बचाउँछु, त्यो गोबद्र्धन पर्वत नै उठाएर त्यो पर्वतको मुनि सारा गोकुलबासीहरुलाई सल्टर दियो, विश्रान्ति गरे, आराम गरे । सारा गाईवस्तु पनि त्यही आएर आश्रय आए । कृष्णले चमत्कार गरे, क्रान्ति गरे । जति पानी परेपनि केही फरक परेन, छाता ओढेपछि पानी आएर के भो ? छाता त ओढेकै छ । क्रान्ति गरेको भएन त त्यो ? नत्र त्यत्रो ठूलो इन्द्रको पूजा गर्दै आएका थिए, त्यसपछि इन्द्रले थाहा पाएपछि कसैले केही गरेको होइन, त्यो कृष्णले गरेको कुरा कि, ओहो, मैले त ठूलो घमण्ड गरेको रै’छु त्यस्तो त गर्न हुन्नरै’छ भनेर इन्द्र आएर घोप्टो परेर मैले भूल गरें, घमण्ड गरें । मैले म आफैं देवाधिदेव भनेर सम्झेको थिएँ, त्यो होइन रैछ । हजुरको अगाडी म केही पनि होइन, मैले भूल गरे भनेर क्षमा मागे । क्षमा मागेपछि रिस साम्य भयो । गोकुल जस्ताको तस्तै भयो, कृष्णले त्यस्तो चमत्कार देखाए । यस्ता यी सारा कुराहरु बन्दै बन्दै जादाखेरी इन्द्रको पनि पूजा गरे, गोकुलबासीले कृष्णको पनि पूजा गरे । सारा प्रकृतिको पूजा गरे । त्यो गर्दा गर्दा रमझम त गर्नुप¥यो नि ।

खानपीन पनि गर्नुप¥यो । अघिपछि पनि खानेकुरा त आइरहेकै हो । त्यस्तै तिहारमा यताउता गर्दाखेरी खानाहरु अलिकति मीठो सेल रोटी खाने, पूजाआजा गर्ने, रमाइलो गर्ने यी सारा कुराहरु गर्दा यी हाम्रा सारा चाडवाडहरु यी कसरी सिजनल हुन्छन् भन्ने कुरा हो । गोकुल त मैले अघि नै भने नि तपाईंलाई । त्यही तरिकाले अब किंवदन्ति हो । चाहे पत्याऔं, चाहे नपत्याऔं । कमसेकम समाजमा बसेपछि त पत्याउनुप¥यो, पूर्वबाट सूर्य त उदाउछ, तपाइले विश्वास नगरे पनि उदाउँछ । विश्वास गर्दिन भने पनि भोलि त उदाउँछ । पश्चिममा अस्ताइसकेको सूर्य कसरी त्यहाँबाट आउँछ ? असम्भव, हुनै सक्दैन भनेर के गर्नु ? सूर्य पूर्वबाट उदाउँछ । यी चाडवाडहरुले पनि कही कतै स्रष्टाहरुले, ठूल्ठूला आचार्यहरुले कही कतै जीवनमा सुखमय बनाउनको लागि, मनलाई आनन्दित बनाउनको लागि, आफूले आफैंलाई चिन्नको निमित्त त्यस्ता खाले ज्ञान पनि चाहिन्छ भनेर ।

राम्रो समाचार ल्याऊ भनेर कागलाई भनेको त्यस्तो परम्परा आयो । काग त पंक्षी हो । त्यो पंक्षीलाई पनि त्यति धेरै महत्व दिएर कागलाई, कुकुरले त विष्टा खान्छ नि होईन, मान्छेको विष्टा । त्यस्तो कुकुरलाई पनि मानेर पूजा गर्छौ हामी । त्यो ह्युमानीटेरियन, मानिसमा त्यो मानवता हुन्छ, अरुमा पाइँदैन । त्यस्तै किसिमको दूध दिने गाई, त्यो दूध खाएपछि हाम्रा बच्चाहरु हृष्टपुष्ट हुने, शरीर बलियो हुने, सारा कुरा हुने, त्यो गाईलाई पनि पूजा ग¥यौं । जसरी लक्ष्मी पूजा पनि गरिन्छ, लक्ष्मीलाई धनकी देवी । त्यस्तै आनन्दमय त्यसपछि कोजाग्रत, ती लक्ष्मीले चाहिं घरमा यिनीहरु घरमा सुतिरहेको छ कि, मेरो निम्ति स्वागत गर्नलाई के गरेको छ भनेर हेर्न आउँछिन् भन्ने छ । त्यसैले घर–घरमा दिपावली गरेको, सफा गरेको, मेरो त सम्मान गरिरहेको रैछ, आराधना गरिरहेको रैछ, मेरो सत्कारको निम्ति सुत्दै नसुतिकन खेल्दै, रमाइलो गर्दै, बसिरहेको रैछ भन्छ ।

सत्यमोहन जोशी, संस्कृतिविद्/शताब्दीपुरुष । तस्विर : ध्रुव अधिकारी

आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो काल !
चाडवाडमा यमराजको कुरा आयो, काल त, यमराजको हातमा छ । यमराजले खटन पटन गरेर चित्रगुप्तलाई कसको पालो कहिले आउँछ ? कहिले लिएर आउँछ ? टप्पक टिपेर लिएर आउँछ । आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो काल π काल π काल π उसको काम कुरो पुग्यो । उसको भोक सिद्धियो । त्यो गर्दाखेरी सन्दर्भ रहँदा त्यस्ता किसिमका कुराहरु पनि आयो । आउँदाखेरी दिदीकहाँ जादाखेरी यमराजको बहिनी यमुना, यी कुराहरु चल्दाखेरी बहिनी यमुले तिमीले जे जति कामहरु गरिरहेका छौं, कमसेकम मान्छेलाई चाडवाड मनाउन त देऊ, उनीहरुलाई आनन्द गर्न देऊ, भाइटिकाको दिन त आनन्द गर्न देऊ, कमसेकम भनेर तिहारको कन्सेप्सन, अवधारणा ल्यायो ।

के ल्यायो भने अब चाहिं जुन बेलासम्म यो मण्डप बनाएर टिका लगाउँछ, तेलको घेरा लगाउछ, यो तेल नसुकुन्जेलसम्म तिमीले त्यो घरमा बिरामी परेका छन् भनेपछि चर्को बिरामी भए पनि उसलाई बाँच्न देऊ, केही वर्षचाहिं ऊ बाँचोस् । त्यस्तो किसिमले एउटा नियमहरु, ऐन, कानुन बनाएजस्तै कुकुरहरुलाई, उसका दूतहरुलाई पनि तिमीले उसको मिति त पुगिसकेको भए पनि त्यस्ता किसिमका तिहारमा चहलपहल भइरहेको कुनै घर छ भने तिमीहरुले नल्याउनू, उनीहरुलाई चाडवाड मनाउन दिनू भनेपछि त्यो कुरा मान्छेले थाहा पाएर यमराजको वाहनहरुलाई पूजा गर्नुपर्छ भनेपछि कागको पूजा गरे, कुकुरको पूजा गरे । कागलाई पनि शुभबोल, शुभबोल भन्छ नि अरु जातिहरुले त भन्छ कि भन्दैन थाहा छैन, हामी नेपालीहरुले त भन्छौँ, राम्रो समाचार ल्याऊ भनेर कागलाई भनेको त्यस्तो परम्परा आयो । काग त पंक्षी हो । त्यो पंक्षीलाई पनि त्यति धेरै महत्व दिएर कागलाई, कुकुरले त विष्टा खान्छ नि होईन, मान्छेको विष्टा । त्यस्तो कुकुरलाई पनि मानेर पूजा गर्छौ हामी । त्यो ह्युमानीटेरियन, मानिसमा त्यो मानवता हुन्छ, अरुमा पाइँदैन । त्यस्तै किसिमको दूध दिने गाई, त्यो दूध खाएपछि हाम्रा बच्चाहरु हृष्टपुष्ट हुने, शरीर बलियो हुने, सारा कुरा हुने, त्यो गाईलाई पनि पूजा ग¥यौं ।

जसरी लक्ष्मी पूजा पनि गरिन्छ, लक्ष्मीलाई धनकी देवी । त्यस्तै आनन्दमय त्यसपछि कोजाग्रत, ती लक्ष्मीले चाहिं घरमा यिनीहरु घरमा सुतिरहेको छ कि, मेरो निम्ति स्वागत गर्नलाई के गरेको छ भनेर हेर्न आउँछिन् भन्ने छ । त्यसैले घर–घरमा दिपावली गरेको, सफा गरेको, मेरो त सम्मान गरिरहेको रैछ, आराधना गरिरहेको रैछ, मेरो सत्कारको निम्ति सुत्दै नसुतिकन खेल्दै, रमाइलो गर्दै, बसिरहेको रैछ भन्छ । अहिले त हारजित हुन्छ नि, सर्वस्वहरण पनि हुन्छ नि, क्यासिनो जाने, तास खेल्ने तर त्यो बेला मन आनन्दित गर्नका लागि, रमाइलोका लागि त्यो रात बिताउनको लागि रातभरि जाग्राम बस्यो भने लक्ष्मी आउँछिन् भन्ने छ । हुँदाहुँदा बलिराजाको, यमराजको कुराहरु, कथाहरु जोडेर भाइपूजाको कथा जोडेर ।

म्हः भनेको शरीर, शरीरलाई पूजा गर्ने म्हः पूजा
यसैमा विशेषगरी नेवारहरुले चाहिं के हो भने, म्हः पूजा ग¥यो, म्हः पूजा भनेको के हो भने शरीरलाई पूजा गर्ने । म्हः भनेको शरीर, शरीरलाई पूजा गर्ने त्यो भनेको के हो भने शरीर बलियो भएन भने त बिरामी भइहाल्यो, त्यो शरीरलाई हृष्टपुष्ट बनाउनको निमित्त निरोगी भयो भने त, उसको विचार पनि राम्रो आउछ, सारा कुरा हुन्छ । त्यसपछि अर्को कुरा जसले बोलिरहेको छ, जसले विचार गर्न सक्ने शक्ति छ, त्यो सत्यता भित्र छ, आत्माको रुपमा छ, चेतनको रुपमा छ, बोलीको रुपमा छ, बोली तत्वको रुपमा छ । त्यो जान्ने चीज छ त्यो भएन भने त पशु नै भयो नि हामीहरु ।

आगो, हावा, जल, पृथ्वी, आकाश– पञ्चतत्व हो मानव शरीर
हुन त, पशुले पनि जान्दछ जान्न त । एउटा झिंगालाई पनि मार्न सक्दैनौं हामी, त्यो उडीहाल्छ । उसमा त्यो विवेक त छैन, ज्ञान त छैन । नेवारहरुले के भने भने, थःथःथमःम्हःम्हःसियाब्, थःथःथमःम्हःम्हःसियाब, अति दुःख शिलरे । भनेर गीत गायो । आफूले आफूलाई चिन्न नसकेर, नजानेर, दुख पाएको मात्र हो । आपूmले आफूलाई चिन्न सक्यो भने जयादै आनन्दसँग जीवन बिताउन सकिन्छ भन्ने कुरा गरेर । अब आफूले आफूलाई कसरी चिन्ने ? कुनै यन्त्र त थिएन त्यो बेला । अहिले त दूरबीन छ, सारा कुरा छ, यस्तो तपाईंहरुको जस्तो क्यामरा छ, रेकर्ड गरेर राख्छ, सारा कुरा छ, जे पनि गर्न सकिन्छ । त्यो बेला यस्तो छैन ।

त्यसैले उनीहरुले त्यो बेला एउटा बिम्ब, प्रतिबिम्ब, सिम्बोल, संकेतको रुपमा मण्डप बनाए । मण्डप बनाएर पञ्चतत्वको रुपमा यो शरीर त हाम्रो पञ्चतत्व आगो, हावा, जल, पृथ्वी, आकाश बनाएर, अनेक किसिमको फूलहरु राखेर त्यसको तेलको बत्ती बालेर । भित्रको हाम्रो आत्माको बत्ती निभ्यो भने त, हाम्रो आत्माको प्रतीक पनि त्यसैको प्रतीक हो । जति अहिले हामीले यो बोल्न सक्ने तागत छ, बाँचिरहन्छ । तागत खत्तम भयो भने हटाईएको भन्छन्, खत्तम, सिद्धिगयो नि । त्यो बेला हर्टएट्याक् भन्न नजान्ने, आजकाल त हृदयाघात भन्छ, ढुकढुकी बन्द भयो भने त खत्तम भयो । त्यसकारण ऋतुपरक पनि हो यो तिहार, ठूलो चाडवाड हो । मानवताको दृष्टिकोणले, मानिसमा दया हुन्छ, करुणा हुन्छ, भावना हुन्छ, राम्रो हुन्छ, सबै बराबर । बसुधैवः कुटुम्बकम्, संसारै मानव मात्रको एउटा जाति हो । कसैलाई ठूलो, कसैलाई सानो भनेर होइन, सबैको रगत त रातै छ, सबैको अनुहारमा दुइटै आँखा हो, दुइटा खुट्टा हो, हातका दशओटा औंला हो, खुट्टाका दश ओटा औंला हो, सारा कुरा हो ।

यो भावना ल्याउनका निमित्त मारकाट पनि हुँदैन । दशैंमा जस्तो देवीदेवतामा गएर सेलरोटीहरु खाने, मिठाई खानेकुरा, दानदक्षिणा दिने कुरा, दिदीभाइहरुले मिलिजुली गरेर समाजलाई एकत्रित गर्नका लागि बसधैव कुटुम्बकम्, हामी सबै एकै परिवार । पहिला आफ्नो परिवार मिल्नुप¥यो, दिदी र भाइको झगडा परिरहेको हुन्छ, त्यो दिन त खत्तम भयो, दिदी र भाइको । दिदीकहाँ भाइ पुग्छ, गेट टुगेदर भयो । त्यसो भएको हुनाले देशको परिस्थतिअनुसार राष्ट्रपतिले, राष्ट्रप्रमुखहरुले, प्रधानमन्त्रीहरुले शुभकामना सन्देश, राष्ट्रिय सन्देश र तिहारको सन्देश दिन पनि थाले । हामी सबै मिलौं, झगडा नगरौं भन्ने सन्देश दिन थाले । झगडा गरेर केही फाइदा छैन भन्ने कुरा आयो, यतिबेला देशमा अनेक किसिमको गञ्जागोल छ, कोरोनाको दुख त्यतिकै छ । पार्टी–पार्टीभित्र पनि टुक्रा–टुक्रा भनेर मेल खादैनन्, त्यसैले म भन्छु, म १०२ वर्ष पुग्दैछु, यो वैशाखमा ।

सत्यमोहन जोशी, संस्कृतिविद्/शताब्दीपुरुष । तस्विर : ध्रुव अधिकारी

मेरो सन्देश त के लाग्ला र, त्यो उमेरको हैसियतले त पाकै छु जस्तो लागछ मलाई, त्यसो भएको हुनाले यी हाम्रा नेताहरु, देश हाँक्नेहरु, देश बनाउन खोज्नेहरु, यी हाम्रा सारा राष्ट्रिय नेताहरुको घैंटोमा घाम लागोस्, तिहारमा, तिहारको सन्दर्भमा तिहारमा सन्देश यही हो, त्यो सन्देश पालना गरेर यिनले हाम्रो राष्ट्र नेपाललाई उठाइदिए भने, त्यो भन्दा ठूलो सन्देश के होला र ? उनीहरुलाई ज्ञान, बुद्धि पलाओस्, झगडा किन गर्ने, एक आपसमा किन झगडा गर्ने ? जस्तो तिहारमा कुकुर र कागको त पूजा हुन्छ भने, दाजु र दिदीको पूजा हुन्छ, गोरुको पनि पूजा हुन्छ, लक्ष्मीको, गाईको पूजा हुन्छ, सारा कुरा हुन्छ, यति राम्रो चाडमा मेलमिलाप गरिरहेका छौं, यस्तो समयमा यति सानो एउटा कुर्सीको निमित्त, मन्त्री पदका निमित्त, कतिचोटी मन्त्री हुनुपर्ने, कति चोटी प्रधानमन्त्री हुनुपर्ने हो ?

कति असन्तोकी हुनुपर्ने हो ? एउटा जुरेलीको दर्शन लिनुस्, जुरेलीले कति सन्देश दिन्छ । उसले आजको लागि बाँच्छ, भोलिको विचार गर्दैन । प्रकृतिले जे दियो त्यही खाएर बाँच्छ, उसले गुनासो त गर्दैन । यतातर्फ नलागीकन देश कसरी बनाउने ? अरु देश सबै बनिसके, छिमेकी देशहरु सबै बनिसके । उद्योग, उन्नति गरिसके, सारा कुरा गरिसके तर हामी एउटा सियो पनि बनाउन सक्दैनौं, सियो एउटा सामान्य कारखाना पनि खोल्न नसक्ने अवस्थामा पुगिसकेका छौं हामी । यो सद्बुद्धि दिनका निमित्त, यिनीहरुको घैंटोमा घाम लागोस्, तिहार, नेपाल सम्बत्, छठ सबैको सबैमा शुभकामना । धन्यवाद !
प्रस्तुति : सपना थामी र ध्रुव अधिकारी


यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board