शिव संस्कृति नै संसारभरकै सभ्यताको जननी : लोककृष्ण भट्टराई

संसारको सबभन्दा पुरानो शिव संस्कृति र हाम्रो सामाजिक-सांस्कृतिक बैभव साँच्चै गर्व गर्न लायक छ । नेपाल पेजले शुरुगरेको हाम्रो धर्म/संस्कृतिबारेको श्रृङ्खलावद्ध वहसको दोस्रो कडीको रुपमा यो विषय अगाडि सारेका छौं । प्रस्तुत छ, धर्म/संस्कृतिका अध्येता लोककृष्ण भट्टराईसँग सपना थामी र ध्रुव अधिकारीले गरेको संवादको मूल अंश:

संसारको सबभन्दा पुरानो संस्कृति भनेको शिव संस्कृति हो । संसारमा जम्मा ६ वटा संस्कृति, सभ्यता छन् । शिव संस्कृति, रामायण संस्कृति, महाभारत संस्कृति, चौथो बुद्ध संस्कृति, पाँचौं बाईबल संस्कृति, छैठौं कुरान संस्कृति । सभ्यताका हिसाबले सबैभन्दा पहिलो र पुरानो शिव संस्कृति हो र यो सभ्यता नेपालबाट सुरु भएको हो ।

पौराणिक कालमा यमुना नदीभन्दा पूर्व, त्यहाँभन्दा उता औरंगजेवले जितेको थियो । अनि सिगात्से, चीनको अहिले मानसरोवर जुन छ, सिगात्से, कुती दुइटै जिल्ला तिब्बतको आधा भाग हाम्रो थियो । यमुना नदीभन्दा पूर्व लखनउ, उत्तराखण्ड, आधा उत्तरप्रदेश, पटनादेखिको यता आधा बिहार नेपालभित्र पर्दथ्यो । लिच्छविकालसम्म पनि समुन्द्र गुप्तले अंशुवर्मालाई कर तिरेको भेटिन्छ । राजाहरुको राजा नेपालको राजा महाराज भनेको । अहिलेको इण्डिया, इण्डिया थिएन । त्यतिबेला १६ वटा राज्यमा विभाजित थियो । विभिन्न राज्य थिए, मेघालय राज्य, तक्षशिल राज्य, १७ वटा राज्य थिए इण्डियामा । त्यसमध्ये सबभन्दा ठूलो मगध राज्य थियो । जब मगध राज्यको राजा अशोक लुम्बिनीमा आए र लेखेर गए बुद्ध नेपालमै जन्मिएका हुन् भनेर । चन्द्रगुप्त मौर्य चाणक्य पनि मगधका थिए ।

लोककृष्ण भट्टराई, संस्कृतिप्रेमी अध्येता । तस्विर : ध्रब अधिकारी

चन्द्रगुप्तको नाति समुन्द्रगुप्तले नेपालको महाराजधिराज अंशुवर्मालाई कर तिरेको इतिहास छ उसले हारेपछि । भारतका विभिन्न राजाहरुको राजा महाराजा नेपालका थिए । काठमाडौंले दक्षिण एसियामा नै राज्य गरेको थियो, त्यत्रो ठूलो संस्कृति यहाँबाट सुरु भएको शिव संस्कृतिको एउटा आधार हो, यो हाम्रो दशैं । तिहार पनि त्यही हो ।

चन्द्रगुप्तको नाति समुन्द्रगुप्तले नेपालको महाराजधिराज अंशुवर्मालाई कर तिरेको इतिहास छ उसले हारेपछि । भारतका विभिन्न राजाहरुको राजा महाराजा नेपालका थिए । काठमाडौंले दक्षिण एसियामा नै राज्य गरेको थियो, त्यत्रो ठूलो संस्कृति यहाँबाट सुरु भएको शिव संस्कृतिको एउटा आधार हो, यो हाम्रो दशैं । तिहार पनि त्यही हो । दशैंमा मान्यजनहरुलाई पुज्ने, देवीको पुजा गर्ने ।

शिवसंस्कृति र हाम्रा चाडवाड मेलमिलापको संस्कृति
मेरो विचारमा शिव पनि एउटा आध्यात्म मात्रै हो, कुनै गड होईन, उहाँ पनि मानव नै हो । जसले राम्रो काम गर्छ, त्यो नै गड हो । मान्यजनलाई सम्मान गर्ने संस्कार र संस्कृतिको विकास गर्ने, देश, विदेशमा छरिएर रहेका आफ्ना नाता, कुटुम्बहरु इष्टमित्रहरु मिलेर परिचयको वातावरण बनाउने, घुलमिल हुने चाड हो । वर्षभरी खेतीपाती गरेर, दशैंको बेला त धान, मकै गोडिसकेको हुन्छ, त्यो चाहिं आफ्नो शरीरलाई बलियो बनाउने, खाने– पुर्खाहरुले राखेको परम्परा पनि हो ।

शिवले के भनेका छन् भने उत्पादन बिना खान पाइँदैन । खाना के खाने भन्दा प्रोटिनयुक्त दुध, शिवको वाहन गोरु छ हैन, गोरु नभई हलो जोत्न सक्नुहुन्छ तपाई ? अहिले पो ट्रयाक्टर छ त, त्यो बेला ट्रयाक्टर थिएन नि । शिव संस्कृति भनेको के हो भने सबैले मिलेर बस्ने संस्कृति हो । शिवको वाहन गोरु, पार्वतीकोे वाहन सिंह । सिंहले गोरुलाई खानुपर्ने, तर खाँदैन । गणेशको वाहन मुसो, कुमारको वाहन गरुड, गरुडले सर्प खान्छ, सर्प चाहिं शिवको गलामा छ । यो के भन्दा मेलमिलापको संस्कृति हो । त्यसैले हाम्रा चाडवाड पनि मेलमिलापको संस्कृति हुन् ।

लोककृष्ण भट्टराई, संस्कृतिप्रेमी अध्येता । तस्विर : ध्रब अधिकारी

शिवको वाहन गोरु, पार्वतीकोे वाहन सिंह । सिंहले गोरुलाई खानुपर्ने, तर खाँदैन । गणेशको वाहन मुसो, कुमारको वाहन गरुड, गरुडले सर्प खान्छ, सर्प चाहिं शिवको गलामा छ । यो के भन्दा मेलमिलापको संस्कृति हो । त्यसैले हाम्रा चाडवाड पनि मेलमिलापको संस्कृति हुन् ।

भारतको रक्षामन्त्रीले उत्तराखण्डमा के भने भने, नेपालबाटै सभ्यताको विकास भएको हो । हामीले नेपालसँगको सम्बन्धलाई बिगार्दैनौं, वार्ताबाटै सबै समाधान गर्छौं । जहाँ पशुपतिनाथ, त्यहाँ सम्पूर्ण हिन्दु भनेर भन्यो नि त भर्खर । कुनै पनि सभ्यताले नेपालको सभ्यतालाई नकार्नै सक्दैन । जस्तो टर्कीको हालका राष्ट्रपति रिसेप इर्डोगानले, इरानका राष्ट्रपति अमर इजराहाले के लेखेका छन् भने संसारको सबभन्दा पुरानो संस्कृति र सभ्यता शिव संस्कृति हो, त्यो नेपालबाट आएको हो । मानव सभ्यताको संस्कृतिको मुहान नै नेपाल हो । त्यसकारण जी–२० को बैठकमा प्रस्तावै राखे, जी–२१ को रुपमा नेपाललाई नै बनाउनुपर्छ । जी–२० भनेका आर्थिक सम्पन्नशाली २० वटा राष्ट्रहरु हुन् । नेपाल आर्थिकरुपमा सम्पन्न राष्ट्र होइन तर सभ्यताको समृद्धि भएको राष्ट्र चाहिं नेपाल हो, उसलाई बोलाउनुपर्छ । सभ्यताको संस्कृतिको समृद्धि ।

जस्तो, मक्कामदिनामा शिवलिङ्ग छ । त्यस्तै जिसस क्राइष्टले संसारमा एउटा ब्रमाण्ड, भूमण्डल छ त्यो भूमण्डललाई संचालन गर्ने योग छ, त्यो योग भनेको शिव हो भनेका छन् । जुन शिव गीतामा लेखिएको छ, एक नम्बरमा उत्पादन नगरिकन खान पाइदैन, दोस्रो जात–पात, छुवाछुत केही पनि छैन शिवको भनाइअनुसार । त्यसपछि महिलाहरुको सम्मान गर्नुपर्छ, महिला भनेको आदिशक्ति हुन् र उनको सम्मान हुनुपर्छ । किनभने पुरुष र महिला दुबै चाहिन्छ, दुबैको बराबर सम्मान हुनुपर्छ । तर भक्षक हुनुहुँदैन । अर्को कुरा, शिवले एकल पत्नीको संस्कृति बसाए । जस्तो पार्वती, त्योभन्दा पहिले सतीदेवी । त्यस्तै गंगालाई पनि भनिन्छ तर गंगाले कुमारलाई पालेको । कुमार र गणेश पार्वतीकै छोरा हो । सतीदेवी र पार्वतीबाहेक शिवका श्रीमती छैनन् भन्ने कुरा पनि छ, त्यसकारण त्यसले व्याख्या गरेको कुरा के छ भने, हाम्रो संस्कृति कहाँ छैन जस्तो बर्मा, इण्डिोनेसिया जस्तो रामायण संस्कृति सबैमा छ ।

लोककृष्ण भट्टराई, संस्कृतिप्रेमी अध्येता । तस्विर : ध्रब अधिकारी

अयोध्या त यहीं भइगयो नि, राम नेपालमै जन्मेका हुन्
राम कहाँको त ? भन्दा, हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीजीले भन्नुभयो नि, राम माडीको हो तर होइन, राम अयोध्याकै हो । तर उहाँले गल्ती भन्नुभयो, भन्नु के पथ्र्यो भने, अयोध्या पनि नेपालकै थियो जतिबेला राम जन्मिए भन्नुपथ्र्यो । अयोध्या पहिला नेपालमै थियो । राम जन्मिंदा नेपालमै थियो अयोध्या, यो चाही हामीले भन्नुपर्छ । किनभने, यमुना नदीभन्दा यताचाहिं सम्पूर्ण हाम्रो नेपाल हो । यमुना नदीभन्दा यताको सम्पूर्ण संस्कृति नेपाल भएपछि त्यो अयोध्या, लखनउ नै नेपाल थियो भने अयोध्या त यहीं भइगयो नि । रामले १४ वर्ष बनवास आउँदा, त्यस्तै महाभारतमा भनौं न, पाण्डव र कौरवका कुरा, त्यो बेलाको विराट यही विराटनगर हो । हैन, उत्खनन् गर्नुस्, त्यहाँ विराट राजाको दरबारको भग्नावशेष अझै पनि भेटिन्छन् ।

किचकवध कहाँ भयो ? झापामा भयो । महाभारत संस्कृति पनि यहीबाट उठ्यो, संसारकै संस्कृतिहरु यहींबाट उठे । जस्तो बाईबलका जिसस क्राइष्टले मध्यपूर्वमा जन्मेको मान्छे, मध्यपूर्व भन्नाले ईजरायल र साउदी अरेबियाको बीच भागमा जन्मेका हुन् । उनी यता शिव संस्कृति पढ्न आए, बनारसमा अहिले विश्वनाथ छन्, पशुपतिनाथ सबभन्दा पहिलो त्यसपछि विश्वनाथ, तेस्रो अमरनाथ । विश्वनाथसँग पढ्न आएका हुन्, क्राइष्ट बुद्ध जन्मेको थलोमा आएर, त्यहाँ मायादेवी मन्दिरको दर्शन गरेर फर्केका छन् । त्यो कुरा क्रिश्चियन धर्मका ठूल–ठूला विद्वानहरुले, पादरीहरुले लेखेका छन् । त्यस्तै, पैगम्बर महम्मद पनि मध्यपुरमा जन्मेका हुन्, उनी शिव संस्कृति बुझ्न यहीं आए, बनारस र नेपाल आए । उनी चाहिं अहिले यो काठमाडौंबाट रसुवाघाटी हुँदै नेपाल–चीन बोर्डर तिब्बत हुँदै, उईगुरमा पुगे र त्यहाँ मुस्लिम धर्म प्रचार गरे उइगुरमा । हामीले आफ्नो आइडेन्टीटीलाई चिनेनौं । हामी पश्चिमा भनेपछि यति नतमस्तक भयौं कि, जंगबहादुरले सम्बन्ध विस्तार गरेपछि अंग्रेजहरुसँग, उनीहरुको सिको गर्न थाले, आफ्नो पहिचान बिर्सिए उनीहरुले विज्ञान विकास गरे, आर्थिक प्रगति गरे । हाम्रो पनि विज्ञानको विकास नभएको होइन, कुवेर यहींका हुन्, जसले विमान बनाए । त्यसैको सिकोगरेका हुन्, पश्चिमा वैज्ञानिकहरुले । अल्बर्ट आईन्सटाइनले के भनेका छन् भने, विथआउट् भृगु, देअर उड् नट् वि साइन्स्, भृगु अनि गार्गी । यहीं रसुवाका नुवाकोटका मान्छे हुन्, भृगु ऋषि, तिनले अंगगणितको आविष्कार गरे, गार्गी जनकपुरकी । जनक कहाँका हुन् ? जनकपुरका, सीताका बाबु ।

लोककृष्ण भट्टराई, संस्कृतिप्रेमी अध्येता । तस्विर : ध्रब अधिकारी

यमुना नदीभन्दा यताको सम्पूर्ण संस्कृति नेपाल भएपछि त्यो अयोध्या, लखनउ नै नेपाल थियो भने अयोध्या त यहीं भइगयो नि । रामले १४ वर्ष बनवास आउँदा, त्यस्तै महाभारतमा भनौं न, पाण्डव र कौरवका कुरा, त्यो बेलाको विराट यही विराटनगर हो । हैन, उत्खनन् गर्नुस्, त्यहाँ विराट राजाको दरबारको भग्नावशेष अझै पनि भेटिन्छन् । किचकवध कहाँ भयो ? झापामा भयो । महाभारत संस्कृति पनि यहीबाट उठ्यो, संसारकै संस्कृतिहरु यहींबाट उठे ।

उनको पालामा त्यतिबेलामै पार्लियामेन्ट्री सिस्टम् थियो, डेमोक्रेसी थियो । संसारमा हामीलाई पश्चिमाहरुले डेमोक्रेसी सिकाइराख्नुपर्दैन, हाम्रो नेपाली संस्कृतिबाट आएको हो, डेमोक्रेसी । जस्तो बुद्धको बुवाले पनि, पहिला राजा, राजा भनेको पद हो क्या, चुनिन्छ राजा । सिरध्वज जनकलाई जनताले भोट हालेर चुनेका हुन्, सीताको बुवा शिरध्वज जनक । गार्गी भन्ने महिला थिइन्, उनी संसारको सबभन्दा पहिलो वैज्ञानिक हुन् । आजभन्दा दशौं हजार वर्ष अगाडी यो विज्ञान, योे ग्रह, सूर्य, चन्द्रमा पत्ता लगाउने महिला उनी थिइन् । उनी जनकको सभाका सभामुख याज्ञबल्क्य, उपसभामुख गार्गी थिइन् । शाश्त्रार्थ गर्दा उनी पहिलो भएको हुनाले, वेदको रचियता याज्ञबल्क्य, उनले भारदारी सभामा हारेपछि मैले गार्गीसँग हारें, संसारको सबैभन्दा पहिलो वैज्ञानिक भनेर पास गरेका छन् र त्यो बेला संसारका सबै वैज्ञानिकहरुले गार्गीलाई पहिलो वैज्ञानिक भनेका छन्, मानेका छन् । त्यो कुरा हाम्रो स्कन्दपुराणमा पाइन्छ ।

त्यसकारण दशैं, तिहार, छठ । सूर्य र सूर्यको आमालाई पूजा गर्ने पर्व हो छठी पर्व हो । हरेक रीतिरिवाजमा हाम्रो संस्कृति झल्केको छ, यसलाई हिन्दु भनिदैन, सनातन संस्कृतिको जननी हो । हिन्दु त इन्दु नदी त हाम्रै थियो पहिला त, तक्षशिला, पाकिस्तानको आधा भाग । इन्दु नदीबाट हिन्दुस्तान भयो, आधा पाकिस्तान भयो । यो प्रचार हाम्रो संसारमा आज ग्वाटेमालामा पार्वतीको पूजा हुन्छ । दक्षिण अमेरिकामा कहाँसम्म पुगेको छ शिव संस्कृति, त्यसको थलो हो नेपाल । अंग्रेजसँग हारेर आज सानो राष्ट्र भयो तर संस्कृतिको सबभन्दा जेठो र धनी राष्ट्र हो नेपाल, वैज्ञानिक संस्कृति हो फेरि । तपाई हाम्रा पुर्खा, बाऊ बाजेले बाहुन, क्षेत्रीहरुले लुगा फुकालेर खाना खान्थे । त्यो चलन किन थियो भने खेतीपाती गरेर आउँदा खेरी किटाणुहरु हुन सक्छन् नि ।

१४ दिने क्वारेन्टीन हाम्रै संस्कृतिको उपज हो
अहिले अनिवार्य हात धुने किन आयो यो ? यो हाम्रो संस्कृति हो कि होइन रैछ ? हाम्रा बावु बाजेले क्रिया गर्ने १३ दिन किन राखे ? मान्छे मरेर आएपछि रोग सर्न सक्छ, छुट्टै अलग्गै राखेर संस्करण गर्ने । अहिले तपाईंको विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले १४ दिनको क्वारेन्टाईन किन भन्यो ? यो हाम्रो संस्कृतिमा जानुस् तपाई । हाम्रो गाउँ–घरका मगरहरुले धोती फेरेर खाना खान्थे । धोती चाहिं चोखो हुन्छ, फेरेर खान्थे । गाउँघरमा चुल्हो गाईको गोबरले लिप्ने चलन छ, गाईको गोबर एन्टिसेप्टीक भएको कारणले सबै किटाणु मार्छ । त्यस्तै गाईको गहुँत खाएको किन ? प्राङ्गारिक जुन चरेर आएको गाईको गहुँत खाने हो भने सारा रोगहरु निको भएर जान्छ, त्यो औषधि हो । गाईको गहुँत बालीनालीमा हाल्दिनुभयो भने सम्पूर्ण किरा मर्छ, अनि अर्गानिक खेती भएन ? गाईलाई किन पूजा गरेको भने, त्यसको दूध पनि भयो, गहुँत पनि भयो । मुसलमानहरुले गाई खान्छन्, त्यो छुट्टै खालको गाई हो, खानकै लागि पाल्ने गर्छन् ।

त्यस्तै चिनियाँहरुले कुकुरको मासु खान्छन्, त्यो पनि खानकै लागि छुट्टै कुकुर पाल्छन् । घरपालुवा र खाने कुकुर छुट्टै हुन्छन् । तर, अहिले संसारमा हाम्रो संस्कृतिअनुसार मानिसको संस्कृति भनेको मांसाहारी संस्कृति होइन । दातैले छुटिन्छ नि, बाघ मांसाहारी हो, मान्छे होइन । तर हामीले खान थाल्यौं । संसारमा अहिले के प्रमाणित भयो भने जो शाकाहारी छ, त्यो धेरै वर्ष बाँच्छ, त्यसलाई रोग लाग्दैन । जो मांसाहारी छ, त्यल्लाई रोग लाग्यो । त्यसैले अहिले पश्चिममा देशहरुमा मासु नखाने हाडबाजी चलेको छ, युरोपमा ।

मासु नखाने संस्कृति थियो हाम्रो । त्यो संस्कृति हामीले बिर्सियौं । साँच्चै भन्ने हो भने, हाम्रो प्रकृति जुन छ, ओडारहरु जुन छ जस्तो आजको हाउजिङ, संसारमा युरोपका मान्छेले थाइल्याण्ड अहिले विकसित भयो नि । थाइल्याण्डको विमानस्थलको नाम सत्यवती विमानस्थल छ । सत्यवती भनेकी सीताकी आमा, कहाँकी भन्दा जनकपुर । जनकको प्रख्याती छ । त्यस्तै विश्वामित्रको प्रख्याती छ, आज सम्पूर्ण थाइल्याण्डमा विश्वामित्रको पूजा हुन्छ । विश्वामित्र भनेका नेपालका बराह क्षेत्रका मैथली ब्राह्मण हुन् । बराह क्षेत्र भनेको यही सुनसरी र उदयपुरबीचको बराह क्षेत्र । त्यही तपस्या गरेका मान्छे हुन् । यस्तो ठूलो संस्कृति हो नेपालको संस्कृति, शिव संस्कृति ।

लोककृष्ण भट्टराई, संस्कृतिप्रेमी अध्येता । तस्विर : ध्रब अधिकारी

सनातन संस्कृति प्रगतिशील संस्कृति हो
अब ल्होसार भनेको के हो भने, सूर्य र चन्द्रमा दुवै छन् नि जुन, दिउँसोको सूर्य ग्रह र रातको चन्द्रमा ग्रह । ल्होसारमा चन्द्रमाको पूजा हुन्छ । चन्द्रमाको पूजा गर्ने ल्होसारवादी भए, ती सबै शिव संस्कृतिका अनुयायी हुन् । किनभने जस्तै तामाङले हाम्रो पुर्खा शिव भन्छ । राई, लिम्बुले त शिवलाई पुर्खै भन्छ । क्षेत्री, बाहुनले त पूजा गरेकै छन् । दलित र क्षेत्री, बाहुन एउटै हो । मधेशी भनेको नि क्षेत्री, बाहुन अन्तर्गतै पर्छन् । भनेपछि जातै छैन, नेपालमा । जात एउटै नेपाली जात हो । त्यो जात भनेको शिव जात हो । त्यो जात भनेको शिव संस्कृति हो । यहाँ कुनै पहिचानको आवश्यकता छैन, नेपाली पहिचान भए पुग्छ ।

तामाङले हाम्रो पुर्खा शिव भन्छ । राई, लिम्बुले त शिवलाई पुर्खै भन्छ । क्षेत्री, बाहुनले त पूजा गरेकै छन् । दलित र क्षेत्री, बाहुन एउटै हो । मधेशी भनेको नि क्षेत्री, बाहुन अन्तर्गतै पर्छन् । भनेपछि जातै छैन, नेपालमा । जात एउटै नेपाली जात हो । त्यो जात भनेको शिव जात हो । त्यो जात भनेको शिव संस्कृति हो । यहाँ कुनै पहिचानको आवश्यकता छैन, नेपाली पहिचान भए पुग्छ ।

यहाँ जुन आयो नि, माओवादी मुभमेन्ट, जात–जातमा विभाजन गरियो । लिम्बुवान, खुम्बुवान, मगरात, शेर्पा, ताम्सालिङ, के प्रदेश ? के प्रदेश ? यो केही पनि चाहिंदैन । यो गलत हो । पश्चिमाहरुले अनावश्यक उछाले माओवादी नेतृत्वलाई । अनि जात–जातका कुरा आए । तपाई थामी, म भट्टराई, उहाँ अधिकारी, हामी सबै नेपाली, काटे रगत आउँछ हैन, रगत एउटै होइन र ? एउटा तामाङको रगत र ब्राह्मणको रगतमा फरक छुट्याउन सक्नुहुन्छ ? दुवैजनाको रगतमा कुन, कसको रगत हो छुट्याउन सक्नुहुन्छ ? नश्लको मात्रै फरक हो, नश्लमा के छ र ? शिवले के भने भने, जात भनेको दुइटा मात्रै छ, एउटा महिला छ, अर्को पुरुष छ ।

एउटा शिव पुरुष जाति भो, पार्वती महिला जाति भयो । यो संस्कृतिअन्तर्गत चाहि दशैं, तिहार, छठ, ल्होसार, जुनसुकै थारुहरुले मनाउने माघी भन्नुस्, जितिया पर्व भन्नुस्, त्यो सबै यही सनातन संस्कृति अन्तर्गतै आइरहेको छ । कसरी सबैले पुर्खालाई सम्मान गर्ने कुरा छ । तपाई जतिसुकै जे भनेपनि पुर्खा खोज्नुप¥यो नि । पहिचान त, पुर्खा हो । अहिले जुनसुकै वाद भनेपनि हाम्रा पुर्खा वशिष्ठ के थिए, शिव के थिए, बुद्ध के थिए नभनिकन एकैचोटी माक्र्स आउँछ ?

त्यो त आउदै, आउँदैन । कार्ल माक्र्सले पनि सनातन संस्कृति चाहिं प्रगतिशील संस्कृति हो भनेका छन् । माक्र्सले नेपालका त्यतिबेलाका पृथ्वीनारायण शाहलाई भीमसेन थापालाई, अमरसिंह थापालाई, अंग्रेज साम्राज्यवादविरुद्ध लडेका नेताहरुलाई एसियाका नेता भनेका छन्, त्यो जाति हो नि हाम्रो त । इण्डियाको कसलाई माक्र्सले नाम लिएका छन् भन्नुस् त ? त्यसैले यस्तो जाति हामी, अहिले विदेशीहरुको नक्कल गरेर, नक्कली बनेर हिंड्ने । पश्चिमा संस्कृतिमा नाच्दै हिंड्ने होइन, हाम्रै रोधीघर राम्रो छ नि छैन ? अनि किन चाहियो पप गीत हामीलाई ? हामीले हाम्रो संस्कृति बिर्सियौं, संसकार बिर्सियौं, हाम्रा पुर्खाको वीरता बिर्सियौं, सम्प्रभुता बिर्सियौं, राष्ट्रप्रेम बिर्सियौं । अहिले हामी पश्चिमाहरुको पद्चापमा छौं ।

यो पनि पढ्नुहोस्

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board