‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाउने युवा पक्राउ

काठमाडौं, २४ पुष । धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मलाको हत्यारा खै ?’ लेखेको टिसर्ट लगाएर जाने युवालाई प्रहरीले पक्राउ गरेको हो ।

कैलालीका डिएसपी प्रतीक विष्टका अनुसार धनगढीमा शुक्रबार आयोजित ओली समूहको नेकपाको आमसभामा ‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाएर गएका केही युवालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार केही युवालाई नियन्त्रणमा लिएको तर, उनीहरुको नाम र ठेगाना खुल्न बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति