अलबिदा राष्ट्रकवि ! राष्ट्रिय सम्मानसहित अन्त्येष्टि (तस्विरमा हेर्नुहोस्)

काठमाडौं, ३ भदौ । आज पशुपति आर्यघाटमा दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । घिमिरेको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका हुन् ।

यसअघि उनको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

नेपाली सेनाका मानार्थ सहायक रथी घिमिरेको सम्मानमा सेनाका अधिकृत नेतृत्वको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकार लगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गरे । कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षका उमेरमा निधन भएको थियो । घिमिरेको एक सय एक वर्षको उमेरमा मंगलबार निवासमै निधन भएको थियो ।

तस्विरमा हेर्नूहोस्


यो पनि
अलबिदा राष्ट्रकवि ! उपप्रधानमन्त्रीले ओढाए ‘राष्ट्रिय झण्डा’
राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति