राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

काठमाडौं, ३ भदौ । राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

घिमिरेको अन्त्येष्टिका लागि राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको हो । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा आउढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । घिमिरेको एक सय एक वर्षको उमेरमा मंगलबार निवासमै निधन भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board