काठमाडौं, ३ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका छन् । बुधबार घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्।
घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत पनि पुगेका थिए । राष्ट्रकवि घिमिरेको मंगलबार एक सय एक वर्षको उमेरमा निधन भएको थियो।
उनको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । घिमिरेको शवलाई स्कर्टिङ गरेर नेपाली सेनाले पशुपति आर्यघाट लैजाने भएको छ ।
घिमिरेको अन्तिम श्रद्धाञ्जलीमा नेपाली सेना र सशस्त्र प्रहरीको एक-एक टुकुडीले सलामी अर्पण गर्ने छ।
COMMENTS