माल्टामा मृत्युभएकी ढुंगेलको शव नेपाल ल्याइयो

काठमाडौँ, २५ कात्तिक । माल्टा पुगेको भोलिपल्टदेखि नै बिरामी भएर एक महिना उपचारपछि मृत्यु भएकी इलाम सुर्योदयकी विनिता ढुंगेलको शव आज नेपाल ल्याइएको छ । 

एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालको विशेष पहलमा ढुंगेलको शव नेपाल ल्याइएको हो । अर्यालको नेतृत्वमा एनआरएनएको सिंगो टिम नै ढुंगेलको शव नेपाल फर्काउने प्रक्रियामा सक्रिय थियो । 

माल्टा पुगे पनि काम नथाल्दै मृत्यु भएकाले ढुंगेलको शव नेपाल फर्काउन आर्थिक र अन्य कानुनी समस्या परेको थियो । तर, एनआरएनए अध्यक्ष अर्यालको नेतृत्वमा माल्टामा रहेका नेपालीहरूसँग आर्थिक सहयोग संकलन गरेर शव पठाइएको हो । 

यस्तै, माल्टाको कानुनी व्यवधान समाधानका लागि पनि आवश्यक पहल गरिएको थियो । कूटनीतिक पहलमार्फत् शव फिर्ता पठाउन सफल भएको जनाउँदै अध्यक्ष अर्यालले ढुंगेलको परिवारले नै अन्तिम संस्कार गर्न पाउनु दुःखद् घटनाबीच पनि सकारात्मक भएको बताए । 

४५ दिनअघि रोजगारीका लागि माल्टा पुगेकी ढुंगेल पुगेको भोलिपल्टदेखि नै डेंगुको उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । एनआरएनए माल्टाकै पहलमा ढुंगेलको उपचार भएको थियो । 

यसैबीच माल्टामै मृत्यु भएका आकाश बुलिमको शव पनि नेपाल फर्काउने पहल भइरहेको अध्यक्ष अर्यालले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board