एक महिनामा युएइमा २४ जना नेपालीको मृत्यु

काठमाडौँ, २२ भदौ । एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स (युएइ)मा २४ जना नेपालीको मृत्यु भएको छ ।

गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएइस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएइ जानेहरु हुन् ।

गत आर्थिक वर्ष २०७८÷७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएइ गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएइमा नै गरिएको थियो ।

गत आर्थिक वर्ष युएइमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएइ दिराम प्रदान गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board