मेलम्चीकाे बाढीः काठमाडाैवासी पानीकाे प्यासमा, पुरिएका घरहरू अझै उठ्ने आशमा (फाेटाेफिचर)

काठमाडौँ, २७ चैत । २०७८ असार २ गतेका दिन अविरल वर्षाले आएको बाढीले मेलम्ची बजारमा ठूलो क्षति पुगेको थियाे । कुनै बेला घर, हाेटल, सरकारी कार्यालय तथा हरियाली खेतले भरिएकाे क्षेत्र हाल खाेलाकाे बगरमा परिणत भएकाे छ । बालुवाकाे ढिस्काेमा पुरिएर रहेका कयाैँ संरक्षणले अहिले पनि पुरानाे अवस्थामा आउने आश छाेडेका छैनन् ।

बाढीले बगाउँदा कयाैँकाे मृत्यु भएको तथा मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको थियाे । हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको थियाे । लेदोसहितको बाढी घरमा पसेपछि बजार क्षेत्रमा स्थानीय बासिन्दा सुरक्षित स्थानमा सरेका थिए । पहिरो गएको ठाउँबाट मेलम्ची बजार करीब ३० किलोमिटर तल पर्दछ । मेलम्ची बजारमा धेरै नोक्सानी हुनुमा इन्द्रावती र मेलम्ची खोलाको बहाव कारक बताइएकाे थियाे । स्थानीयले कयाैँ पटक लगाएकाे गुहार नपुगेका वा उक्त स्थान हालकाे लागि पनि सुरक्षित नभएकाे सुचनाले प्रभाव नपारेका कतिपय संरक्षण अझै उस्तै रहेका छन् । धेरै क्षति भएका तथा घर तथा संरक्षण हटेपनि वालुवाले पुरेका तर खासै क्षति नपुगेका संरक्षण भने हटाइएकाे छैन ।

मेलम्ची बजारका बाढीमा डुबेका घरहरू
  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board