सुनको गजुर राखेपछि पहिलोपटक आरती हेर्न पशुपति पुगे ओली (फोटोफिचर समेत)

काठमाडौं १६ साउन । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गंगा आरतीमा सहभागी हुन सोमबार साँझ पशुपति क्षेत्रमा पुगेका छन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार ‘पशुपति बागमती गंगा आरती परिवार’को वार्षिकोत्सवमा सहभागी हुन ओलीले चाहाना व्यक्त गरेपछि कोषले व्यवस्था मिलाएको हो ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार ओलीले गंगा आरतीमा सहभागी भएर पशुपति दर्शन गरेका छन् । खतिवडा एमालेका पुराना कार्यकर्ता समेत हुन् ।

पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरभित्र हुने आरतीकै शैलीमा बागमती नदीपारि खुला स्थानमा आरती गर्न पशुपति बागमती गंगा आरती परिवारलाई अनुमति दिएको छ । साउन महिनाभर पशुपतिमा भक्तजनहरुको ठूलो घुइँचो लाग्ने गरेको छ ।ओली पशुपति पुग्दा सर्वसाधारणको घुईंचो देखिएको छ ।


प्रधानमन्त्री रहेका बेला एक सय किलोको सुनको गजुर पशुपतिमा राख्ने निर्णय गरेका थिए । कम्युनिष्ट प्रधानमन्त्रीले हिन्दू मन्दिरको सय किलोको गजुर राख्ने निर्णय निकै विवादित बनेको थियो । चुनावी चर्चा चलिरहेका बेला ओलीले पशुपति दर्शन गरेर हिन्दुवादीहरुको भावना जित्न खोजेको देखिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board