भरतपुरमा सत्तागठबन्धनको चुनावी सभा (फाेटाेफिचर)

काठमाडौं, २२ वैशाख । चितवनको भरतपुरमा सत्तागठबन्धनले आज चुनावी सभा गरेको छ। सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भरतपुरमा छन्।

सत्ता गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र जसपा नेता राजेन्द्र श्रेष्ठ चुनावी सभामा पुगेका छन्। चुनावी सभामा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, केन्द्रीय सदस्य शंकर भण्डारी, चितवन कांग्रेस पूर्वसभापति जितनारायण श्रेष्ठ, मेयर उम्मेदवार रेनु दाहाललगायतले बोलेका छन्।

चुनावी सभामा प्रम देउवा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभाका सहभागीलाई अभिवादन गर्दै ।
सत्ता गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भलाकुसारी गर्दै ।
सत्ता गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी ।
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति