काठमाडौं, २२ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले काम चलाउ सरकारविरुद्ध आज राजधानीमा प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आज उपत्यकामा लालटिन बालेर प्रदर्शन गरेका छन् ।
उनीहरूले ‘दिउँसै लालटिन बाल्यौं है, संविधानमा संसद विघटनको धारा खोइ? ’ जस्ता नारा लगाएर पनि प्रदर्शन गरेका छन्। उनीहरूले पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने पनि बताएका छन्।
रञ्जित तामाङ नेतृत्वमा रहेका अनेरास्ववियूले बुधबार माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म दिउँसै लालटिन बालेर सरकारविरुद्ध प्रर्दशन गरेको हो । ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए।
उक्त कदमको नेकपाका प्रचण्ड-माधव नेपाल, नेपाली कांग्रेस, जसपालगायत दलहरूले असंवैधानिक भन्दै विरोध गरेका छन्। हिजो पत्रकार सम्मेलन गरेर नेकपा प्रचण्ड-नेपाल पक्षका अनेरास्ववियूले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
यो पनि पढ्नुहोस्…
प्रतिक्रिया