कोरोनाविरुद्धको खोपः नेपालमा भित्र्याउन सरकारले थाल्यो प्रक्रिया

काठमाडौं, १५ पुष । कोरोना भाईरस (कोभिड-१९) विरुद्धको खोप नेपालमा ल्याउनको लागि प्रक्रिया शुरु भएको छ । नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने (कोभिड-१९) विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि सरकारले औपचारिक प्रक्रिया थालेको हो ।

सरकारले भारत लगायत अन्य मुलुकबाट पनि खोप खरिदको तयारीमा सरकार लागेको जनाएको छ । कोरोनाको खोप खरिदका लागि आवश्यक पर्ने खर्चसमेत सरकारले जुटाइसकेको छ । परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्रसमेत पठाएको छ ।

खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले बताए । पहिलो चरणमा २० प्रतिशत खोप खरिद गरेर फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई लगाउने सरकारको तयारी रहेको जनाईएको छ ।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति