काठमाडौं, ९ पुष । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरु नेकपाको पुरानो कार्यालय बल्खु पुगेका छन् ।
उक्त समहुको केन्द्रीय समिति बैठक सकिने वित्तिकै त्यहा पुगेका प्रचण्डसहितका नेताहरुले स्वर्गीय नेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका हुन् । प्रचण्ड, नेपालसहित बरिष्ठ नेता झलनाथ खनाल र अमृत बोहोरा पनि बल्खु पुगेका थिए ।
प्रचण्डले देशभरी सच्चा कम्युनिस्टहरुको एकता आवश्यक रहेको सन्देश दिन बल्खु पुगेको बताएका छन् । कम्युनिस्टहरुको एकताको ऐतिहासिक आवश्यक्ताबारे प्रस्ताव पारित गरेको सन्दर्भमा बल्खुस्थित पहिलाको पार्टी कार्यालयमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्न आएको उनले बताए ।
केन्द्रीय समितिको दोस्रो बैठकबाट बल्खुमा कम्युनिस्टहरुको भाव झल्किने भवन निर्माण गर्ने निर्णयको स्मरण गर्न पनि आफु बल्खु आएको प्रचण्डले बताउँदै संसद विघटन सफल हुन नदिने प्रतिवद्धतासमेत जनाए ।
त्यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले नेकपाको मुल धार आफुहरुले नेतृत्व गरेको बताए । उनले विगतमा कमीकमजोरीलाई स्वीकार गर्दै आन्दोलनको यात्रमा आउन आग्रहसमेत गरेका छन् । संविधानको भावना र मर्मविपरित संसद विघटन गर्ने काम प्रधानमन्त्री ओलीबाट भएको उनको भनाई छ । उनले उक्त कदम आफुहरुले कुनै हालतमा स्वीकार नगर्ने बताए । नेता नेपालले संसद विघटन गर्ने काम राजाको जस्तै प्रतिगामी भएकाले त्यसकाविरुद्ध सिंगो देश र देशवासीले विरोध गर्नुपर्ने बताए ।
यो पनि पढ्नुहोस्…
प्रतिक्रिया