बालुवाटारमा नेकपा सचिवालयको बैठक सुरु

काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक भखरै सुरु भएको छ । बैठकमा अरु नेता भन्दा केही ढिलागरी प्रधानमन्त्री ओली सहभागी हुने बताइएको छ । ओलीले बैठकको औचित्य नभएको भन्दै यसअघि आजको बैठकमा सहभागी नहुने अडान लिएका थिए । तर, आजको बैठकमा ओली सहभागी हुने नेता सुवासचन्द्र नेम्वाङको भनाई छ ।  बैठकमा ओली र प्रचण्डको छुट्टाछुट्टै प्रस्तावमाथि छलफल हुने जनाईएको छ ।

हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित गर्न भनेपनि अन्य सचिवालय सदस्य अनौपचारिक र औपचारिक छलफलका लागि बैठक बस्नुपर्ने बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक बजेका लागि बैठक बोलाएका हुन् ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board