सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने

काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् । ओलीले बैठकको औचित्य नभएको भन्दै यसअघि आजको बैठकमा सहभागी नहुने अडान लिएका थिए । तर, आजको बैठकमा ओली सहभागी हुने नेता सुवासचन्द्र नेम्वाङको भनाई छ ।

आजको बैठकमा सचिवालयमा कसरी प्रस्तुत हुने भन्नेबारे ओलीपक्षले रणनीति बनाइएको बताइएको छ । यता कार्यकारी अधयक्ष प्रचण्ड पक्षीय नेताहरुले पनि बैठकमा प्रस्तुत हुनेबारे आफ्नै रणनीति बनाएको स्रोतले बतायो । प्रचण्ड पक्षका नेताहरु बुधबार बिहान छलफलमा बसेका थिए । छलफलमा प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतको सहभागीता रहेका थिए ।

आजको सचिवालय बैठक २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा ओली र प्रचण्डको छुट्टाछुट्टै प्रस्तावमाथि छलफल हुने जनाईएको छ ।

हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित गर्न भनेपनि अन्य सचिवालय सदस्य अनौपचारिक र औपचारिक छलफलका लागि बैठक बस्नुपर्ने बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक बजेका लागि बैठक बोलाएका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board