नेपालको सत्ताले नदेखेको ‘सपना’ बीबीसीको सय प्रेरणादायी महिलाको सूचीमा

काठमाडौं – परिबन्दले पशुपति आर्यघाटमा बेवारिसे शव जलाउने काम गर्न थालेकी म्याग्दीकी सपना रोक्का मगर बीबीसीको विश्वका सय प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा परेकी छिन् । सपनाको प्रेरणादायी कदमलाई विश्वले चिने पनि नेपाल सरकारले समयमै पहिचान गर्न सकेको देखिएन ।

सन २०१२ मा भारतको नयाँदिल्लीमा भएको एउटा सामुहिक बलत्कारको घटना पश्चात महिलाहरुमा सोही प्रकृतिका घटना प्रतिकार गर्न जागरुक भएर लाग्न प्रेरणा दिन उद्देश्य सहित सन २०१३ बाट अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हरेक वर्ष प्रेरणादायी र प्रभावशाली महिला छनोट गर्ने घोषणा गरेको थियो ।

समाज र राष्ट्रको रुपान्तरणमा योगदान पुर्याएका तर,पनि विश्वसामु चर्चा बटुल्न नसकेका महिला पात्रलाई अन्तर्राष्ट्रिय समाचार संस्थ्या बीबीसीले प्रत्येक वर्ष प्रेरणादायी र प्रभावशाली महिला छनोट गर्ने गरेको छ । प्रेरणादायी काम गरेर पनि चर्चा नकमाएका महिलाहरु भने यसै छनोटबाट विश्व सामु चिनिन् थालेका छन् । वर्ष २०२०का लागि विश्वका एक सय प्रभावशाली र प्रेरणदायी महिलाको सूचिमा नेपालकी सपना रोका मगर पर्न सफल भइन् ।

हुन त यसअघि पनि नेपाली महिलाहरु उक्त छनोटमा परेका छन् । सन् २०१४मा नेपालबाट द काठमाडौं पोष्ट दैनिककी शान्ति सम्पादक दर्शन कार्कीलाई पत्रकारिताको माध्यमबाट शान्ति स्थापनामा भूमिका खेले बापत र महिला अधिकार अधिवक्ता जया लुईटेललाई महिला हिंसा निर्मूल पार्न भूमिका खेलेको भन्दै बीबीसीले १०० प्रभावशाली र प्ररेरणादायी महिलाको सूचिमा छनोट गरेको थियो ।

सन् २०१६मा जीवित देबता कुमारी छनिरा बज्राचार्य र सात पटक सफलतापूर्वक सगरमाथाको चुचुरो चुमेकी लाक्पा शेर्पालाई छनोट गरिएको थियो । सन २०१७ मा बन्दी सहयोग नेपालकी संचालिका इन्दिरा राना मगरलाई छनोट गरिएको थियो । त्यस्तै बादीप्रथा निर्मूल पार्न सक्रिय भूमिका खेलेकी उमादेवी बादीलाई बीबीसीले सन २०१८ मा छनोट गरेको थियो । सन् २०१९ मा नवप्रवर्तकार एवं समाज परिवर्तन निर्माता बोनिता शर्मालाई विश्वका १०० प्रभावशाली र प्ररेरणदायी महिलाको सूचिमा छनोट गरेको थियो ।

बीबीसीले छनोट गर्ने विश्वका १०० प्रेरणादायी र प्रभावशाली महिलाहरुमा सन् २०२० का लागि नेपाली चेली सपना रोक्का पनि पर्न सफल भइन् । आफ्नै जीवन कष्टकर हुँदाहुँदै पनि समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका र सञ्चारमाध्यमको आखाँमा नपरेका गुमनाम पात्र यसको सूचिमा पर्ने गरेका छन् । सपनासँगै यस वर्षको प्रभावशाली र प्ररेरणादायी महिलाको सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको कोरोना भाइरस विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

१८ वर्षीय सपना पशुपति आर्यघाटमा बेवारिसे शव जलाउने काम गर्छिन् । परिवारका कोही सदस्य नभएका अनाथ, असहाय र बेवारिसे शव जसलाई दागबत्ती दिने कोही हुँदैनन्, त्यस्ता शव संकलन गर्ने, आफैं दागबत्ती दिने र जलाउने काम गर्छिन् उनी । एक सयभन्दा बढी शवलाई दागबत्ती दिइसकेको सपना बताउछिन् । सपना अहिले नेपालमा मात्र होइन विश्वसामु परिचित भएकी छिन् । उनको सफलता साँच्चै लोभलाग्दो छ ।

सपनाले यो सफलता हासिल गर्न कडा मेहनत र परिश्रम गरेकी छिन् । सरकारले गर्नुपर्ने काम आफ्नो काँधमा लिएकी सपनालाई अहिलेसम्म पनि राज्यले भने चिन्न सकेको छैन । राज्यले सपना र सपनाजस्ता प्रतिभाशाली महिलालाई समयमै पहिचान गरी हौसला बढाउने काम गर्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board