किन ओलीले आफू या प्रचण्ड हट्नु पर्ने धारणा राखे ? (ओली मन्तव्यसहित)

काठमाडौं ४ मंसिर । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिनाको २८ गते भएको सचिवालय वैठकमा अर्का अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावका आधारमा कि आफू हट्नु पर्ने कि प्रचण्ड हट्नु पर्ने धारणा राखेका छन् । हिजो प्रधानमन्त्रीको सरकारी निवासमा भएको ससचिवालय बैठमा बोल्दै ओलीले प्रचण्डसहितका नेताहरुको प्रस्तावलाई आरोप पत्र भन्दै खारेज गर्ने मात्र बताएनन् कि दुई जना मध्ये एकजना हट्नु पर्ने निकै विस्फोटक अभिव्यक्ति दिए । तर अर्का अध्यक्ष प्रचण्डले कुनै प्रतिवाद नगरीकन पार्टीभित हुने यस्ता छलफलबाट कोही पनि उत्तेजित हुने र आक्रोशित हुन नहुने खालले वैठकलाई नै प्रभावित गर्नेगरी धारणा राखेको महाससचिव विष्णु पौडेले बताए ।


ओलीले मन्तव्यका क्रममा आफ्नो जीवनकालमा नै यति संगीन आरोप कससैले नलगाएको समेत बताउंदै आगामी १३ गते हुने बैठकमा आफूले पनि छुट्टै प्रस्ताव पेश गर्ने जानकारी दिए । प्रचण्ड सहितका सचिवालयका ५ जना नेताको प्रस्तावले अध्यक्ष तथा प्रम ओली अत्यन्तै क्रुद्ध भएको ओली निकट नेताहरुले बताउंदै आएका छन् ।

संक्षिप्त बोलेका ओलीेले बैठकमा पनि भने यति गम्भीर आरोप लगाइसकेपछि या त पुष्टि गरेर मलाई हटाउनु पर्यो या आरोप लगाउने प्रचण्डलाई हटाउनु पर्यो भने । बैठकपछि पनि प्रम ओली निकै क्रुद्ध मुद्रामा रहेको ओली निकट नेताहरुले बताएका छन् । तर प्रचण्ड–नेपाल पक्षले भने कुनै प्रतिक्रिया जनाएको छैन । बरु बामदेग गौतमले यस्तो अन्तरसंघर्षको बेलामा पूर्व एमालेमा पनि हामीहरुले माधव नेपाल महासचिव भएका बेला यस्ता आरोप लगाउने गरेको भन्दै कुनै अनौठौ नभएको बताएका थिए ।

हिजो भएको बैठक अत्यन्तै सौहष्र्द रुपमा भएपनि दुई अध्यक्षका बीचमा भावनात्मक सम्वन्ध बन्ने हो कि होइन भन्नेमा आम कार्यकतर्य चिन्तित भएको केन्द्रीय सदस्य हिमाल शर्माले बताए ।

यससस अघि कात्तिक २२ गते प्रचण्ड सहितका ५जना नेताले दुई पृष्टको बैठक बोलाउने बारे भन्ने पत्र प्रम ओलीलाई दिएका थिए । त्यो पत्रबाट आक्रोशित भएका ओलीले कात्तिक २५ गते प्रचण्डका नाममा १० पृष्ठ लामो पत्र लेख्दै गल्ती प्रचण्डले गरेको तर आफूले सबै काम ठीक गरेको आशयको पत्र पठाएका थिए । ओलीको पत्रबाट अचम्भित भएका प्रचण्डले एकैपटक कात्तिक २८ गतेको बैठकमा ७ पृष्ठ लामो पत्र र १९ पृष्ठको प्रतिवेदन ओलीलाई हस्तान्तरण गर्दै सचिवालयका सबै सदस्यहरुलाई वितरण गरेका थिए । तत्कालै ती पत्रहरु मिडियामा ससार्वजनिक भएपछि नेकपा फुट्ने व्यापक भर्चा भएको थियो ।

प्रचण्डसहितका नेताहरुले भदौ २ढ गते जारी गरेको अपनि सससससहित अहिलेका पत्र र प्रस्तावको बैठकमा छलफल गरेर निश्कर्ष पुग्नु पर्ने धारणा राखेका छन् । प्रचण्ड पक्षले बिधै प्रमको राजीनामा नमागेपनि त्याग गर्न आग्रह गरेका छन् ।

भदौ २८ को बैठक यता बैठकका बेला बाहेक दुई अध्यक्षका बीचमा वान अन वान छलफल गरेका छैनन् । पूर्व एमालेका एकथरि नेताहरुले एमाले एक ठाउंमा हुनु पर्ने अभियान चलाएका छन् भने प्रचण्ड–नेपाल सपक्षले पूर्व समूहको आंखाबाट नभएर नेकपाको नयां आलोकमा पार्टीलाई बुझ्नु पर्ने बताउंदै आएका छन् ।

प्रचण्ड–नेपाल पक्षको प्रम ओलीले पार्टी निर्णण् अवज्ञा गरेर स्वेच्छाचारीढंगबाट अघि बढेको रुपान्तरण भएर सामुहिक रुपमा चल्न नचाहने भन्दै आलोचना गरेका छन् । उबा प्रम ओलीले प्रचण्ड सहितका नेताहरुले आफूले जति राम्रो काम गरेपनि विरोध मात्रै गर्ने र अप्ठ्यारोमा पार्ने गरेको भन्दै आक्रोशित बनेका छन् ।

राजनीतिक विश्लेषकहरुका अनुससार आगामी १३ गतेसम्मको बैठकमा पुग्दा तिक्तता मेटिन सक्ने बताउन थालेका छन् ।

मंसिर ३को बैठकमा ओलीले व्यक्त गरेको धारणा यस्तो छ ।

कमरेडहरू !

आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनुपर्ला जस्तो लाग्दैन, बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ । सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गुज्रिराखेका छैनौँ ।

एक दुईवटा कुरा राखौँ । अस्तिको बैठकमा केही कुरा जस्तो कि बैठकको एजेन्डाका रूपमा होइन, पत्राचारका रूपमा पाँच जना साथीले मलाई बैठक बोलाइयोस् भनेर पत्र दिनुभयो । त्यसमा गम्भीर आरोपसमेत भएको हुनाले मैले बैठक बोलाउने कुरा आफ्नो ठाउँमा छ । ती आरोप अनुत्तरित हुन पनि सक्दैनथे । मैले त्यसको जवाफ किन दिनुप-यो ? वास्तवमा ती आरोप सही थिएनन्, अनुपयुक्त, अनुचित, झुठा र भ्रमपूर्ण थिए, तिनका बारेमा मैले स्पष्ट पार्नु नै जरुरी थियो । त्यसकारण मैले व्यक्तिगत तवरमा नै अगुवाइ उहाँको भएको हुनाले अर्का अध्यक्षलाई पत्र लेखेँ । त्यस पत्रको जानकारी बोधार्थका रूपमा पत्र बुझाउन आउने साथीहरूलाई त दिएँ नै, अरू साथीलाई पनि जानकारीका लागि दिएँ । त्यसको प्रत्युत्तरमा अर्को सात पेजको जवाफ अर्का अध्यक्षले लेख्नुभयो । त्यसको जवाफ मैले दिएको छैन । स्वाभाविक रूपमा त्यसको पनि उचित जवाफ दिनुपर्ने छ ।

त्यस बाहेक त्यसै दिन एउटा प्रस्ताव भनेर अर्का अध्यक्षले मलाई दिनुभयो, अरू सदस्यलाई पनि बाँड्नुभयाे । त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । बैठकमा प्रस्ताव प्रस्तुत गर्ने हाम्रो विधि भिन्नै छ । एउटा अध्यक्षलाई जानकारी नभइकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन । त्यस्तो दिनुपर्ने पनि कुनै अवस्था आउला तर अर्का अध्यक्षलाई जानकारी नै नदिइकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोग सहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो । अरू साथीलाई पनि वितरण गर्नुभयो तर त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । त्यसलाई विधिसम्मत प्रस्ताव भन्न मिल्दैन । त्यस सम्बन्धमा कमिटीमा छलफल आवश्यक छ । त्यो प्रस्ताव भनेर जो वितरण भयो, त्यसपछि जुन अखवारबाजी गरियो । यसो गर्नु उचित भयो कि भएन ? केही मतलबको कुरा भएन । अखवारबाजी गर्नसमेत त्यसो गरिएको थियो र त्यसमा केही साथीको संलग्नता र सहमति भएको पनि जानकारी भयो । त्यसो भएर यो विषय धेरै गम्भीर छ ।

मैले अस्ति दुई कमरेडलाई बोलाएर कुरा गरेँ, वामदेवजीसँग कुराकानी गरेँ । यसको छिनोफानो नभइकन, यी आरोपसहित, यी आरोप बोकी बोकीकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न त मिल्दैन । यी आरोप या त त्यसबाट बदर हुनुप-यो तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ । त्यसो होइन भने सदर हुनुप-यो र ती पद र ती जिम्मेवारीबाट हट्नुप-यो । यो हटाउने माग त पहिलेदेखि आएकै थियो । यसपटक हट्ने आधार यी हुन्, यसकारण हट्नुपर्छ भन्ने कुरा पनि आएको छ । पहिले जस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन, त्याग गर्नुपर्छ भन्ने कोटेड भाषा रहेको छ । त्याग भन्ने शब्द त्यहाँ राखिएको छ । यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ । यो आरोप या त सदर ठहरिनुप-यो अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुप-यो । यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुप-यो, यसको जवाफदेही लिनुप-यो ।

बाहिर बजारमा त हल्ला सुन्छु, बहुमत छ, अल्पमत छ, के छ, कसको कस्तो छ भन्ने कुरा खुबै सुन्छु । मैले त्यस्तो फर्मल्ली देखेको छैन । फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन । अब यसमा जानुपर्ने हुन्छ । यसको मैले जवाफ तयार गरिसकेको छैन । यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्न मात्रै बैठक हुनसक्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ ।

अर्को कुरा मैले भन्नुपर्छ, मलाई अध्यक्ष र प्रधानमन्त्री दुईवटैबाट हटाउने तयारी पनि गरिएको छ, हट्न भनिएको पनि छ । त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ ? विधि पद्धतिका कुरा के हुन्छन् ? सङ्गठनात्मक सिद्धान्तका कुरा के हुन्छन् ? त्यसमा एकपटक विचार गर्ने हो कि ? किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्नसक्छ । अर्को कुरा के हो भने अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, समझदारीको त त्यसैले अन्त्यको घोषणा ग-यो । त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन । अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो । हामीले एउटा नयाँ निकास खोज्नैपर्छ । म चाहन्छु मिलेर जाऔँ, मिलेर जान सकियोस्, पार्टी बचाउन सकियोस् र पार्टीलाई ऐक्यबद्ध राख्न सकियोस् ।

म के भन्छु भने, मिलेर मात्रै पार्टी बचाउन सकिन्छ । लडेर पार्टी बच्दैन, जालझेल र तिक्डम गरेर पार्टी बच्दैन । गुटबन्दी गरेर पार्टी बच्दैन । सबै कुरामा पछि छलफल गरौंँला । आज म त्यो लाञ्छना पत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोप, अभियोग, लाञ्छना, तिरस्कार, अपमान सबै खारेज गर्छु । यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोप पत्रलाई म पूर्ण रूपमा अस्वीकार गर्छु । त्यसको यथोचित जवाफ म लिखित रूपमा नै प्रस्तुत गर्नेछु । मैले त्यो पत्रले परिस्थिति अलिक गम्भीर मोडमा पु-यायो भनेर माधव कमरेडलाई भनेँ । उहाँले अँ धम्क्याउने ? धम्क्याएर कोही डराउँदैन भन्नुभयो । अब डराउने खालको त यहाँ कोही छ जस्तो लाग्दैन । माधव कमरेड मात्रै नडराउने होइनन्, अरू पनि कोही डराउलान् जस्तो लाग्दैन । कोही पनि डराउँदैनन् । यस्तै राजनीति गरेर आएका मान्छे कोही डराउलान् जस्तो लाग्दैन । सबै शूरैशूरा हुँदा शूरै चाहिँ बुद्धिमत्तापूर्ण कति हुन्छ र कति हुँदैन ? फेरि पनि विचार गर्न मेरो आग्रह छ । अहिले अब बैठकमा जुन विषयमा छलफल हुनुपर्छ पहिले र निष्कर्ष निस्किनुपर्छ त्यसो नगरिकन अगाडि जान सकिँदैन । यही विषयमा छलफल गर्न म तयारीमा पुगिसकेको छैन, मेरो जवाफ पत्र पनि तयार भइसकेको छैन । मैले त्यो पत्र मसिनोगरी हेर्नुपर्ने आवश्यकता छ । यत्ति हो कि मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु । मैले पहिलेदेखि भन्ने गरेको छु, यो धम्क्याएको होइन । यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छना जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु । यसभन्दा अगाडि यस स्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, सायद अरू कसैको पनि थिएन । कहिल्यै कसैले यस्ता आरोप लगाएको यस ढङ्गले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइन । त्यो पत्र जुन मैले देखेको छु, त्यसमा जुन भाषा प्रयोग भएको छ, त्यसमा जुन आरोप लगाइएका छन् र जुन लाञ्छना लगाइएका छन्, ती हल्का ढङ्गले लगाइएका रूपमा मैले लिएको छैन । यो अवश्य नै अत्यन्त गम्भीरपूर्वक लगाइएको छ । राजनीतिमा जुनसुकै कुरा आइपरे पनि सहन हुनुपर्ने नै हुन्छ ? म त जेलनेल, कुटाइ, यातना सबै भोगेर आएको छु । लाठी, बुट, जुत्ता मैले भोगेर आएको छु । ती सबै कुरा भोगिएको छ भने अँ, फेरि पनि कुनै परिस्थिति भोग्न मलाई कुनै कठिनाइ छैन । त्यो पत्रका प्रस्तोता र त्यसको पृष्ठभूमिमा रहेका साथीले कुन बाटोबाट जाने च्वाइस गर्नुस् ।

अँ, त्यस्ता झुठा र निकृष्ट लाञ्छना मैले सहन्छु भन्ने कुरा नसोचे पनि हुन्छ । तसर्थ आज बैठक अगाडि बढ्न सक्ने देख्दिन । म त्यसमा बहस गर्न अहिले तयार छैन किनभने मेरो तयारी नै पुगेको छैन, बुँदा पुगेका छैनन् भन्ने कुरा त भनिसकेको छु । त्यसमा फेरि थप के भन्नु छ र ? त्यसमा अरूको पानी चित्र त देखेको छु नि ! त्यसमा त यसो हेर्दा पानी चित्र त आउँछ नि ! मैले कुरा गरेको छु र सबै सुनेको छु नि ! अहिलेलाई यत्ति नै । धन्यवाद ।

यो पनि पढ्नुहोस

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board