समस्याको प्रमुख जिम्मेवार प्रधानमन्त्री – अध्यक्ष प्रचण्ड (सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको पूर्णपाठ )

काठमाडौँ, २८ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिन्दै राजनीतिक प्रतिवेदन पेश गरेका छन् । विगतमा दुई अध्यक्षको सल्लाहमा लेखिने गरिए पनि शुक्रबार बालुवाटारमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले भिन्दै प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदनमा उनले पार्टीमा अहिले देखिएको समस्याको प्रमुख जिम्मेवार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् ।
‘वस्तुतः, अन्ततः र मुख्यतः पार्टी र सरकारको उपरोक्त स्थितिका लागि पार्टी र सरकार दुवैको मुख्य नेतृत्वमा रहेका कमरेड केपी शर्मा ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेका छन् ।

वैचारिक–राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमणद्वारा कमरेड केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी, गुटवादी सावित गर्नुभएको छ । उहाँमा विद्यमान यो प्रवृतिको व्यापक चिरफार पार्टी, आन्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ ।

यो कुनै व्यक्तिगत आग्रह पूर्वाग्रहको कुरा होइन अपितु पार्टी निर्माण र देश निर्माणको अनिवार्य सर्त हो,’ शुक्रबारको सचिवालय बैठकमा पेश भएको प्रचण्डको प्रस्ताव प्रतिवेदनमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board