स्वास्थ्य मन्त्रालयको अपिल: जहाँ छौं, त्यही दशैं मनाऔं

काठमाडौं, १८ असोज । नेपालमा पछिल्लो समय कोरोना भाईरस संक्रमणको संख्या ह्वात्तै बढेको छ । विशेष गरी काठमाडौं उपत्यमा संक्रमणको दर बढिरहेको सरकारी तथ्यांकले देखाउँछ । पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

जसमा उपत्यमामा मात्रै १५९९ जना संक्रमित देखिएका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढेको भन्दै जहाँ छौं, त्यही दशैं मनाउन अपिलसमेत गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको जानकारी दिएका छन् ।

यो पढ्नुहोस्

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति