कोरोना संक्रमणबाट बुटवलमा थप दुईको मृत्यु

बुटवल, ८ असोज । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुष रहेका छन् ।

दुबै जनाको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका स्रोत व्यक्ति डा. सुदर्शन थापाका अनुसार गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका – ३ का ४९ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए ।

त्यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको आजै बिहान ७ बजे मृत्यु भएको छ । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा। थापाले बताए ।

यो पनि पढ्नुहोस्

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board