‘राजनीतिक कार्यदिशा बेबारिसे बन्यो, नकारात्मक पात्रहरुको भूमिका फेरबदल गर्नुपर्छ’

काठमाडौं, २३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको आलोचना गरेका छन् । सरकार विधि र पद्दतिअनुसार चल्न नसकेको बताउँदै प्रवक्ता श्रेष्ठले सरकार भ्रष्टीकरणको बाटोतिर जान थालेको बताएका छन् ।

प्रवृत्तिमा ‘करेक्सन’ नभए ‘नकारात्मक पात्रहरुको भूमिका फेरेर’ भए पनि अगाडि बढ्नुपर्ने प्रवक्ता श्रेष्ठको भनाई छ । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले बुधबार नयाँबानेश्वरस्थित एक कलेजमा पत्रकारहरुसँग भेटघाट गरेका थिए । सो कार्यक्रममा प्रवक्ता श्रेष्ठले सरकार विधि र पद्दतिअनुसार नचलेको बताएका हुन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेकपाका स्थायी कमिी सदस्य विष्णु रिमालले प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ‘इनफ इज इनफ’ भन्दै एक ट्वीट गरेका छन् । उक्त ट्वीटमा रिमालले नेकपाका प्रवक्ता श्रेष्ठबारे तितो टिप्पणी गरेका छन् ।

रिमालले सामाजिक सञ्जालबाटै यस्तो भन्नुको आशय बुधबार राजधानी आयोजित पत्रकार भेटघाट कार्यक्रम रहेको बुझिएको छ । तर, बुधबारको कार्यक्रममा बोल्ने नारायणकाजी श्रेष्ठ मात्र नभई त्यहाँ प्रचण्ड, माधव र झलनाथ पनि थिए ।

उक्त कार्यक्रममा श्रेष्ठले भन्दा शीर्षनेताहरुले केपी ओली पक्षको आलोचना गरेका थिए । तर, प्रधानमन्त्रीका सल्लाहकार रिमालले ठूला नेताहरुलाई केही भन्न सकेनन्, प्रवक्ता श्रेष्ठलाई चाहिँ आदेशकै भाषामा ट्विटबाटै हप्काएको विषयलाई निकै रोचकले हेरिएको छ ।

आखिर के भनेका थिए प्रवक्ता श्रेष्ठले ?
बुधबारको कार्यक्रममा अहिलेको सरकारले राम्रो काग गर्न नसकेको नेकपा श्रेष्ठको भनाईको आसय स्पष्ट थियो । उनले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्दै सरकार चलाउने, त्यो सरकारलाई नेतृत्व गर्ने पार्टीलाई चाहिँ बैचारिक र राजनीतिकरुपले पनि क्रान्तिकारी हुनुपर्ने धारना राखेका थिए ।

पार्टीलाई सांगठनिकरुपले पनि चुस्त विधि-पद्दति र स्वच्छ बनाउनुपर्ने त्यस्तो पार्टीले मात्रै अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी सरकार चलाउन सक्ने बताए । सरकारलाई पनि यो दिशातिर लैजानुपर्छ भन्ने बहस अहिले हाम्रो पार्टीमा चलिराखेको प्रवक्ता श्रेष्ठको भनाई थियो ।

नेतृत्वको कारणले पार्टीको राजनीतिक दस्तावेजले निर्दिष्ट गरेका राजनीतिक कार्यदिशा बेबारिसे भएको उनले बताका थिए । उनले भनेका छन्-पार्टीभित्र भईरहेको अहिलेको बहसलाई विकृत गर्ने प्रयत्न प्रतिक्रियावादीले गरिराखेछन् । पार्टीभित्र पद लेनदेनको बहस छ, सत्ताको लुछाचुँडी भइराखेको छ भनेर प्रचार गरिरहेको उनले आरोप लगाए । राजनीतिक स्थिरताको पनि विरुद्ध जाने गरी र पार्टी एकताको पनि विरुद्ध जाने गरी संकट पैदा गरिरहेको उनको भनाई थियो । जबकि अहिलेको पार्टीभित्रको यथार्थ के हो ? अहिले हाम्रो छलफल र बहसको सारतत्व के हो ? सारतत्वमा दुईटा छन् ।

एउटा मार्क्सवादीः लेनिनवादी दृष्टिकोण र बिचार सिद्धान्तलाई पक्डेर जने कि यसलाई ट्रेडमार्क जस्तोमात्रै राखिराख्ने ? सारतत्व त्यहाँ छ । कम्युनिस्ट पार्टीको ट्रेडमार्क मात्रै रहन्छ कि मूल चरित्र पनि कम्युनिस्टकै बनाउने ?

अर्को, हाम्रो वर्ग, शोषित-पीडित वर्ग समुदायलाई केन्द्रमा राखेर आम जनतालाई पनि सम्बोधन गर्ने कि, दलाल नोकरशाही पुँजीवादको सेवा गर्ने ? र, दलाल पुँजीवादको कसरी हाम्रो राज्य र समाजमा कसरी प्रभाव बढ्दैछ भन्ने ज्वलन्त उदाहरण पछिल्ला घटनाक्रमहरुले सफेद रुपले देखाएका छन् । त्यसकारण बहस यहाँ छ ।

लोकतन्त्रको रक्षा गर्ने कि लोकतन्त्र जहाँसुकै जाओस् भनेर प्रतिगमनलाई आधार बनाइदिने ? र, पाँचौंः हामी समाजवादमुखी भएर समाजवादमा जाने कि नजाने भन्ने सैद्धान्तिक हिसावले हाम्रो बहस अन्ततः योसँग जोडिएको छ ।

महाधिवशेनको कुरा गर्दा बैचारिक कार्यभार पूरा नगरी महाधिवेशन हुँदैन । सांगठानिक आवश्यक तयारी पूरा नगरी पनि महाधिवेशन सम्भव छैन । त्यसकारण हतार-हतार गरेर आउने मंसिरमा महाधिवेशन त सम्भव छैन । केन्द्रीय समितिले चैतमा महाधिवेशन गर्ने भनेकै छ । त्यसकारण वैचारिक कार्यदिशलाई केन्द्रविन्दुमा राखेर त्यसलाई संश्लेषण र विकास गर्ने गरी महाधिवेशन गर्ने आवश्यक न्यूनतम सांगठानिक तयारी गर्ने । अहिले सांगठनिक एकीकरण पनि पूरा भएको छैन । पार्टी सदस्य कोको हुन् पनि थाहा छैन । अनि दुई महिनामा महाधिवेशन गर्ने भनेको नहुने महाधिवेशनको चर्चा चलाइदिने हो ।

त्यसैले सांगठानिक एकीकरणको संक्रमणकाललाई अन्त्य गर्ने गरी महाधिवेशनमा हामी जानुपर्छ । त्यसका निम्ति वैचारिक कार्यदिशलाई संश्लेषण र विकास गर्ने गरी र आवश्यक सांगठानिक कार्यभार पनि पूरा गर्ने गरी महाधिवेशनमा जानुपर्छ भन्नेमा हामी छौं ।



यो पनि
सहमतिविना प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न: रायमाझी
नेकपा प्रवक्तालाई प्रधानमन्त्रीका सल्लाहकारको मेन्सन – ‘इनफ इज इनफ’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board