नेकपा प्रवक्तालाई प्रधानमन्त्रीका सल्लाहकारको मेन्सन – ‘इनफ इज इनफ’

काठमाडौं, २३ साउन । प्रधाननमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मेन्सन गरेर ‘इनफ इज इनफ’ भन्दै ट्वीट गरेका छन् ।

प्रधाननमन्त्री ओलीका मुख्य सल्लाहकार रिमालले नेकपाका प्रवक्ता श्रेष्ठबारे तितो टिप्पणी गरेका हुन् ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् भन्दै तितो टिप्पणी गरेका छन् ।

उनले विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने काम नगर्न आग्रह गरेका छन् । पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भन्ने उनको आशय छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board