प्रचण्डले भने- ‘कमरेडहरु पार्टी गम्भीर मोडमा पुगेको छ, उत्तेजनामा नआउनुस्’

काठमाडौं, १३ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद झनै चर्किएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी गम्भीर अस्थामा पुगेको भन्दै पार्टीलाई विभाजनबाट जोगाउन आग्रह गरेका छन् ।

ओली बिनाको स्थायी समिति बैठकमा मंगलबार प्रचण्डले यो बेला उत्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता रहेको बताए । प्रचण्डले यतिबेला सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर पार्टीलाई विभाजित हुनबाट रोक्नुपर्ने बताए ।

एक नेताका अनुसार प्रचण्डले सिरियस मोडमा भने, ‘कमरेडहरु पार्टी गम्भीर मोडमा पुगेको छ, अहिले कोही पनि उत्तेजनामा आएर गलत कदम नउठाउन आग्रह गर्दछु ।

प्रचण्डले ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो यसलाई कसैको लहड उत्तेजनाबाट विभाजन हुन नदिन आग्रह गरे । प्रधानमन्त्री अ‍ोलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेपछि बालुवाटारमा प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटीको बैठक बसिरहेको छ ।

यो पनि…
नेकपामा विवाद चर्कियो, बालुवाटारमा प्रचण्डको ब्रिफिङ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति