नेकपामा विवाद चर्कियो, बालुवाटारमा प्रचण्डको ब्रिफिङ

काठमाडौं, १३ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चर्किएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि नेकपाका अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुले त्यसलाई अस्वीकार गर्दै कमिटी समितिको बैठक बसेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका स्थायी कमिटीका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उक्त छलफल हुनु अघि नै प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भेटेको जनाइएको छ ।

स्रोतका अनुसार अहिले प्रचण्डले बैठकका लागि बालुवाटार पुगेका नेताहरुलाई ब्रिफिङ गरिरहेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पौडेलको छलफलपछि दाहाल-नेपाल समूहले स्थायी समितिको बैठक सुरु गरेका हुन् । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले स्थायी समिति बैठक सुरु भएको बताए पनि बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यहरु अनुपस्थित छन् ।

एक नेताका अनुसार सचिवालय सदस्य रामबहादुर थापा तथा नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापालाई दाहाल-नेपाल समूहले फोन गरेपछि उनीहरु पनि बैठकमा सहभागि हुने भन्दै आइरहेको बताए ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् । गौतमले पार्टी विग्रह रोक्न भन्दै आजै ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए ।

यो पनि पढ्नुहोस्
बैठक स्थगित नभएको भन्दै प्रचण्डसहितका नेताहरु बालुवाटार पुगे
नेकपा विवादः ओली नै प्रधानमन्त्री हुनुपर्ने भन्दै वामदेवले बुझाए ६ बुँदे प्रस्ताव

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board