सत्ता गठबन्धनको बैठक सुरु, नागरिकता विधेयकमा लालमोहर नलगाएकोमा राष्ट्रपतिको ‘मुभ’ मुख्य एजेण्डा

काठमाडौं ५ असोज । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुटारमा सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा ५ दलीय गठबन्धनका शीर्ष नेताबीच केही बेरअघिबाट छलफल सुरु भएको हो।

बैठकमा राष्ट्रपतिले प्रमाणीकरण नगरी मिति गुजारेको नागरिकता विधेयक लगायत पाँच दलबीच प्रतिनिधि सभा र प्रदेश सभाका सिट बाँडफाँटबारे छलफल हुने एक नेताले जानकारी दिए।

‘हामी भर्खर छलफलमा जुटेका छौँ, राष्ट्रिय परिस्थिति, लगायतबारे अवश्य कुरा हुन्छ’, नेपालखबरसँग कुरा गर्दै ती नेताले भने।

नेपालको संविधान २०७२ मा भएको व्यवस्था

यसकारण राष्ट्रपतिले संविधान उल्लंघन गरिन् ।
मंगलबार राती संसदले पठाएको नागरिकता सम्वन्धी विधेयक प्रमाणित गर्नु पर्ने समयअवधि पुरा भएको छ । सत्ता गठबन्धनको बैठकले आजको बैठकबाट सीट बांडफांट टुंगो लगाउने बतıउ पनि राष्ट्रपतिको कदमले बैठकको ऐजण्डा नयां दिशमा मोडिएको एकीकृतसमाजवादीका नेता बेदुराम भुसालले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति