कमला ह्यारिसले जितेपछि भारतस्थित उनको गाउँमा खुसीयाली

काठमाडौं – कमला ह्यारिसले अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुन सफल भएकी छिन् । उनको विजयीपछि भारतस्थित गाउँमा खुसीयाली मनाइएको छ।

भारतीयहरुले आफ्नो मुलका महिला अमेरिकाको पहिलो महिला उपराष्ट्रपति भएको भन्दै खुसीयाली साटासाट गरेका छन्। कमलाका मामाले त्यहाँका स्थानीयहरुसँग खुसी साटासाट गरेका हुन्। कमलाका पिता जमैकाका थिए भने आमा भारतीय नागरिक थिइन्।

लसेन्डिरापुरममा ह्यारिसका मामा जन्मेका थिए। त्यहाँको आइतवारको माहोल रमाइलो थियो। कोही पट्का पड्काउँदै थिए। कोही रंगेली बनाउ व्यस्त। कोही अताशबाजी पड्काउँदै खुसीयाली मनाइरहेका थिए। ह्यारिसका मामा गोपालन बालाचन्द्र नयाँ दिल्ली बस्छन्।

आफ्नो भान्जीको प्रगतिप्रति आफूलाई निकै खुसी लागेको उनले बताए। उने भने, ‘कमला ह्यारिसका लागि म एकदम खुसी छु’, ७९ वर्षीया ह्यारिसका मामाले अरु पनि खुसी भएको बताए।

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति