कमला ह्यारिस अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति, यस्तो छ अश्वेत र एसियन अमेरिकन महिलाको विगत

काठमाडौं – संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएका छन् । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति पदमा विजय भएकी छिन् ।

जमाइकाली मूलका डोनाल्ड ह्यारिस र भारतीय मूलकी श्यामला गोपालनकी जेठी छोरीका रुपमा ५५ वर्षअघि कमलाको जन्म भएको हो । उनीहरुको जेठी छोरीका रुपमा कमलाको जन्म भएको थियो । बिहे गरेको केही वर्षमै कमलाका बावु र आमाको सम्बन्ध विच्छेद भएको थियो ।

पितासँग अलग भएपछि कमला र उहाँकी बहिनी माया दुवै छोरी आमासँगै हुर्किएका थिए । हाइस्कुलको पढाइ सकिनेबित्तिकै कमलाले वकिल बन्न अगाडिको पढाइ तयारी गर्नुभएको थियो । पच्पन्न वर्षीया कमला ह्यारिसले शुरुमा अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवार हुने बताएकी थिईन् । तर उनी गत डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिईन् ।

क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी ह्यारिसका पिता जमैकाली नागरिक र आमा भारतीय छन् । उनकाी आमा भारतमा जन्मिनुभएको र पिता जमैकामा जन्मेकाले उनीलाई अमेरिकाका लागि अस्वेत तथा अफ्रो एसियाली पहिलो महिला उपराष्ट्रपतिका रुपमा विश्वमा मिडियाले प्रचार गरिरहेका छन् ।

उनले हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् । उनीले सधैँ आफूलाई आफूलाई “एक अमेरिकी“ भन्ने गथ्र्यो भारतीय– जमैकन मूलकी उनी क्यालिफोर्नियाकी सांसद थिईन् र कुनैबेला त उनले राष्ट्रपतिकै उम्मेदवारका लागि जोन बाइडेनलाई समेत चुनौती दिएको चर्चा पनि व्यापक भएको थियो । पछि उनी राष्ट्रपतिको उम्मेदवारको दाबीबाट पछि हटेपछि पनि उनको नाम चर्चामा नै रहेको थियो । ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता पनि भईसकेकी थिईन् । उनले केही समयमात्र अघि अमेरिकामा देशव्यापी रूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनका क्रममा अमेरिकी प्रहरीमा सुधार हुनुपर्ने माग पनि राखेकी थिईन् ।

त्यस क्रममा पनि उनी चर्चामा आएकी थिईन् । उनले त्यस आन्दोलन ताका ट्रम्प प्रशासनका साथै प्रहरीमा पनि व्यापक मात्रामा सुधार गर्न आह्वान समेत गरेकी थिईन् । कमला ह्यारिसका आमा श्यामला गोपालन पनि अधिकारको संघर्षमा लाग्ने महिला थिईन् । श्यामलाले मानवअधिकारका पक्षमा लागेर यसैको अभियानमा काम गर्दा छोरी ह्यारिसलाई पनि साथमा लाने गरेकोले उनकै प्रभावले आफू पनि अधिकारको आन्दोलनमा लागेको अनुभव कमलाले समय समयमा मिडियालाई बताउने गरेकी थिईन् ।

केही समयअघि अमेरिकाका एकजना अस्वेत नागरिकलाई प्रहरीले गरेको दुव्र्यवहारका कारण अमेरिकाभर भएको आन्दोलनमा पनि कमलाले ट्रम्प प्रशासनको विरुद्धमा र अमेरिकी अस्वेत नागरिकको पक्षमा लागेर काम गरेकी थिईन् ।

को हुन् कमला ह्यारिस ?
‘म श्यामला गोपालन ह्यारिसकी छोरी हुँ भन्ने भन्दा संसारमै मेरो निम्ति ठूलो अर्को कुनै पद वा उपाधि छैन,’ उनले लेखेकी छन्, ‘मैले सबभन्दा साँचेर राखेको जीवनकै प्यारो सत्य पनि यही हो।’ कमला ह्यारिसको जन्म सन १९६४ मा अमेरिकाको क्यालिफोर्नियास्थित अकल्याण्डमा भएको हो । उनी सात वर्षको हुँदा उनका बाबुआमाको सम्बन्धविच्छेद भएको थियो । त्यसपछि उनी र उनकी बहिनी आमासँगै बस्न थाले । श्यामलाले उनीहरुलाई भारतीय संस्कार र हिन्दू संस्कृति सिकाउँथिन् । कमला ह्यारिस १२ वर्षको हुँदा क्यानडाको क्युबेक गएका थिए । क्युबेकमा बस्दा उनले फ्रान्सेली भाषा सिक्ने मौका पाएकी थिइन् । साथै उनीप्रतिको राजनीतिक अभिरुचि पनि जागृत भएको थियो । त्यहाँ उनले घरधनीहरुले आफ्नो मैदानमा छिमेकका बालबालिकाहरुलाई खेल्न नदिने गरेको विषयमा आन्दोलन गरेकी थिइन् ।

ह्यारिसले क्यानडाको वेस्टमाउन्ट हाइस्कुलमा अध्ययन गरेकी थिइन् । तर, पछि उनी पुनः अमेरिका फर्किएर क्यालिफोनिर्याको होवार्ड युनिभर्सिटीमा अध्ययन गरेकी थिइन् । उनी लिबरल आर्टस् काउन्सिलका लागि निर्वाचित भएकी थिइन् र डिकेट टोलीमा सामेल भएकी थिइन् । सो क्रममा उनले राजनीति शास्त्र र अर्थशास्त्रको अध्ययन गरेकी थिइन् । अध्ययन पश्चात् उनी कानुनको अध्ययनका लागि युनिभर्सिटी अफ क्यालिफोर्नियामा गएकी थिइन् ।

अफ्रिकी मुलकी कमला 
अफ्रिकी–दक्षिण एशियाली मुलकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छिन् । उनी जमैकन बाबु र भारतीय मुलकी आमाकी छोरी हुन् । यसअघि १९८४ मा डेमोक्रेटिकले गिरालडिन फेरारो र २००८ मा रिपब्लिकनले सारा पोलिनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो, तर उनीहरु दुुबै पराजित भएका थिए । कमला अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिलामात्र होइनन्, पहिलो अश्वेत र एसियन अमेरिकन महिला समेत हुन् ।

डेमोक्रेटिकबाट जो बाइेडन राष्ट्रपति र कमला उपराष्ट्रपतिका उम्मेदवार हुन् । पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टी विजयी हुने तय भएसँगै राष्ट्रपति–उपराष्ट्रपति चयन हुनका लागि आवश्यक २ सय ७० मत उनीहरुको पक्षमा पुुग्ने पक्कापक्की भएको हो । क्यालिफोर्नियाकी सिनेटरको यो ऐतिहासिक विजयले अफ्रिकी–दक्षिण एशियाली समूहका दशौं लाख महिलाहरुको पनि प्रतिनिधित्व गर्नेछ, जसलाई अमेरिकामा प्राय प्रणालीगत रुपमा नजरअन्दाज र उपेक्षा गरिएको छ । उनले अब २० जनवरीबाट आफ्नो कार्यकाल सम्हाल्नेछिन् । क्यार्लिफोनियाको ओकल्यान्डमा जन्मिएकी ह्यारिसले होवार्ड विश्वविद्यालयबाट स्नातक गरेकी थिइन् । उनले क्यालिफोर्नियाको अटर्नी जनरलको पद सम्हालिसकेकी छिन् ।

कमला ह्यारिस अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको निकट मानिन्छिन् । उनलाई बाराक ओबामाले पनि धेरै निर्वाचनमा समर्थन गरेका थिए, जसमध्येको एक निर्वाचन सन् २०१६ को सिनेटको निर्वाचन पनि हो । ओबामा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति हुन् । उनकै पाइला पछ्याउँदै अहिले ह्यारिस पहिलो अश्वेत उपराष्ट्र बन्ने पक्का भएको छ ।

कमला ह्यारिसका पिता जमैकाका थिए भने आमा भारतीय नागरिक थिइन् । उनका पिता डोनाल्ड ह्यारिस जमैकाका अश्वेत नागरिक हुन् । उनी अर्थशास्त्रका प्राध्यापक थिए । ह्यारिसकी आमा श्यामला गोपालन भारतको चेन्नईमा जन्मिएकी क्यान्सर रिसर्चर तथा नागरिक अधिकारवादी अभियान्ता हुन् । यद्यपि कमला ह्यारिस आफूलाई केवल अमेरिकी भन्न रुचाउँछिन् ।

सन् १९९० मा कमला ह्यारिस क्यालिफोर्नियाको अलामेडाको सहायक डिस्ट्रिक अधिवक्ता बनेकी थिइन् र राजनीतिक करियरमा उनको यो पहिलो पाइला हो । सन् १९९८ मा उनी सन्फ्रान्सिस्को डिस्ट्रिक एटोर्नी कार्यालयको करियर क्रिमिनल युनिटकी म्यानेजिङ एटोर्नी (अधिवक्ता) बनेकी थिइन् । सन् २००३ मा उनी आफ्ना पुराना हाकिमलाई हराउँदै सन्फ्रान्सिस्कोको शीर्ष अधिवक्ता बनेकी थिइन् । उनले आफ्नो कार्यकालमा केही राम्रो काम गरेपनि प्रहरी अधिकारीको हत्यामा संलग्नलाई मृत्युदण्ड दिलाउने प्रयास नगरेको भन्दै उनको आलोचना भएको थियो ।

ह्यारिसले आफ्नो राजनीतिक सक्रियता कायम राखिन् र सन् २०१० मा उनी क्यालिफोर्नियाको महान्यायाधिवक्तामा निर्वाचित भइन् । यो पदमा पुग्ने उनी पहिलो अश्वेत र महिला पनि हुन् । सन् २०१६ मा ह्यारिस क्यालिफोर्नियाबाट संसद्मा प्रतिनिधित्व गरिसकेका लोरेट्टा सान्चेजलाई हराउँदै सिनेटमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेकी थिइन् । उनी सिनेट प्रवेश गर्ने दोस्रो अश्वेत महिला हुन् । सन् २०१४ मा ह्यारिसले अधिवक्ता डोउग्लास इम्होफसँग विवाह गरेकी थिइन् । उनीहरुका दुई सन्तान छन् ।

बायाँबाट क्रमशः कमला ह्यारिस, बहिनी माया र उनकी आमा श्यामला गोपालन।


भारतीय मूलकी कमला ह्यारिसलाई चिन्न उनकी आमा चिन्नुपर्छ। कमलाले अधिकार र कर्तव्यको चेत हुर्कने क्रममै आमाबाटै पाएकी थिइन्। उनकी भारतीय आमाले उतिखेरै अधिकारका लडाइँहरूमा छोरीलाई च्याप्दै अघि बढेकी थिइन् भने जीवनमा गुनासो होइन काम गरेर देखाउनु पर्छ भन्ने पाठ पनि घोकाएकी थिइन्।

सर्वोच्च अदालतको न्यायाधीश छनौटका बेला संसदीय सुनुवाइमा धूम मच्चाएकी सिनेटर कमलाको शरीरमा कसको रगत बगिरहेको छ ? पक्कै पनि श्यामला गोपालनको जसले उनकी छोरीलाई आफूजस्तै योद्धा बनाएर हुर्काएकी थिइन्। ‘मेरी आमा हामीलाई जहिल्यै पनि कामै नगरेर यसो भएन र उसो भएन भन्नुभन्दा केही गरेर देखाओ भनिरहनुहुन्थ्यो,’ बुधबार डेमोक्रेट पार्टीकै राष्ट्रपतिका उम्मेदवार जो वाइडेनसँग पहिलोपटक देखापरेकी कमला भनिरहेकी थिइन्, ‘त्यसैले मैले केही गरेर देखाउने आँट गरेकी छु।’

कमलाकी आमा संसारले आफूलाई बेग्लै ढंगले चिनोस् भन्ने चाहन्थिन् जुन प्रभाव छोरीमा पनि आएको थियो। आमालाई चिन्नेहरूका अनुसार उनी अमेरिकामा व्याप्त जातीय असमानताप्रति दिक्दार प्रकट गर्थिन्। आफ्ना छोरीहरू अश्वेतकै रुपमा चिनिनेछन् भन्ने उनलाई थाहा थियो। त्यसैले उनले छोरीहरूलाई अश्वेत संस्कृति र काला जातिका महान व्यक्तित्वको घेरामा नजिक्याइन्।

दुवै छोरीले अश्वेतहरूको चर्चमै गाए र ‘रेन्बो साइन’मा घुमेरै बिताए। रेन्बो साइन बर्क्लेको पूर्व चिहानघारी थियो जसलाई कालान्तरमा अश्वेत संस्कृतिको केन्द्रका रुपमा परिणत गरियो। सिनेटर कमलाले आफू कलेजमा रहँदा रंगभेद विरोधी अभियानमा सरिक भएको र आमासँगै मिल्दोजुल्दो जीवनशैलीमा ढालिएको बताउँदा बताउँदै पनि एउटा कुरामा आफूलाई बेग्लै बनाइन्। त्यो हो, परिवर्तनका लागि उनले लड्ने मात्र होइन आफ्नो भागको खोजी पनि गरिन्।

कमला ह्यारिस र उनकी बहिनी मायाआमा श्यामला गोपालन (माथिल्लो लहर बीच)र मावली हजुरआमा-बुवाका साथमा। तस्बिरः न्युयोर्क टाइम्स  

‘दी ट्रुथ्स वी होल्ड’ मा उनले लेखेकी छन्, ‘म परिवर्तनका लागि जीवनभर बाहिरबाट न्यायको खोजीमा एकीकृत भएका वयस्कहरूबाट नारा र जुलुस हेर्दै हुर्किएँ। त्यहीँ मैले यो सब प्रक्रियामा हामी आफूभित्रको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने जानेँ।’ राजनीतिक जीवनलाई अघि बढाउन कमलाले उनकी आमाको पुस्ताकै एक लोग्ने मानिसलाई पराजित गर्नुपर्थ्यो। बामपन्थी धारतिर ढल्केका परिवारका सदस्य ती व्यक्ति उदारवादी सोचका वकिल थिए। नागरिक अधिकारको लडाइँमा पनि होमिएका ती वकिलले अदालतमा कतिपय अधिकारकर्मीको पक्षमा लडिदिएका थिए जसका माझ उनको नायक छवि नै बनेको थियो। त्यस्ता व्यक्तिलाई हराउन कमलाले असाध्यै मुश्किल सामना गर्नु परेको थियो।

एकपटक ओहोदामा पुगिसकेपछि अब कमलाका अघिल्तिर कानुनी प्रबन्धनहरू र राजनीतिक क्षेत्रका वास्तविकताहरू थिए। यस्तोमा उक्साहटमा आएर केहीले उनले प्रगतिशील दावीहरू छाडेको आरोप लगाउँदै विरोधमा पनि ओर्लिए। अन्य धेरैले पछिसम्मै कमलाको पक्षमै आफूलाई उभ्याइरहे। उनले आफ्नो दर्शनलाई आमाले देखाएको उदाहरणमै उभ्याएकी छन्– हरेक दिन स-साना पाइला चाल्दै ठूलो लक्ष्यका लागि आफूलाई केन्द्रित गरिरहने।

बायाँबाट क्रमशः कमला ह्यारिस, बहिनी माया र उनकी आमा श्यामला गोपालन।

‘आमाले त्यो परको सपनाभन्दा पनि आफ्नो अघिल्तिरका काम कसरी सही ढंगले फत्ते गर्ने भन्नेमा आफूलाई केन्द्रित गर्नुभएको थियो,’ कमलाले लेखेकी छन्। विद्यावारिधि गरिसकेपछि दक्षिण भारत फर्केर आमाबुवाले हेरिदिएको केटोसँग बिहे गर्ने आशा पूरा नगरेकी कमलाकी आमाले पुस्तौं पुस्तादेखि चलिआएको परम्परा पनि अस्वीकार गरेकी थिइन्। आमाको त्यही क्रान्तिकारी गुण आफ्नो रगतमा परेको छोरीले देखाइरहेकी छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board