काठमाडौं, १३ असोज । आज देशभर २४ घण्टामा १५१३ संक्रमित, १० जनाको मृत्यु हुँदा काठमाडौं उपत्यकामा मात्रै आधाभन्दा धेरै संक्रमित थपिएका छन् । यो अवधिमा ९ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ४७ जना, भक्तपुरमा ७३ जना र ललितपुरमा १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, काठमाडौंमा थप तीन जनाको मृत्यु भएको छ । काठमाडौंका एक महिला र दुई पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर कोरोनाभाइरस निको हुनेको संख्या ५५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको हो । यस्तै हाल देशभर क्वारेन्टिनमा ६७७८ जना रहेका छन् ।
यो पनि पढ्नुहोस्…
प्रतिक्रिया