काठमाडौं, २९ पुस। नेपाली कांग्रेस संस्थापन पक्षले पार्टी एक भएर जानुपर्छ भन्ने मान्यताका साथ आफूहरू लचक हुँदै छलफलमा सहभागी भएको जनाएको छ ।
प्रवक्ता प्रकाशशरण महतले पार्टीलाई विग्रहमा जानबाट रोक्नका लागि नेताहरूले हरसम्भव प्रयास गरिरहेको बताए ।पार्टी सभापति शेरबहादुर देउवाले समेत रातिसम्म मिलाउने, अन्यथा निर्णयमा किन जाने ? भनेर उद्धृत गर्दै महतले भने । केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत विशेष महाधिवेशन आयोजना भएको उल्लेख गर्दै उनले त्यसका बाबजुद पनि समझदारी गर्न निरन्तर छलफल र संवाद भइरहेको उनले बताए । छलफल गरेर सबै पार्टी पङ्ति एक भएर निर्वाचन जानुपर्छ र त्यसपछि नियमित गरेर नयाँ नेतृत्व चयन हुनुपर्छ भन्नेमा स्पष्ट छौँ, उनले भने, नेतृत्वले विभाजन र विग्रहमा नजाऊँ भनेर आह्वान गर्यो अहिले एक हुने बेला हो भनेर तलदेखि माथिसम्मको संयन्त्रलाई आह्वान पनि गरेको हो ।
रातिसम्म मिलाउँछौँ, अन्यथा निर्णयमा किन जानु पर्दैन – देउवा
प्रतिक्रिया