काठमाडौं, २९ पुस। नेपाली कांग्रेसका नेता एनपी साउदले भृकुटीमण्डपमा विशेष महाधिवेशन नभएर भेला मात्र भएको बताएका छन् ।पार्टी कार्यालय सानेपाबाट मंगलबार साँझ बाहिरिने क्रममा साउदले पार्टीको महाधिवेशन नियमित कार्यतालिकामै हुने बताए ।
विशेष महाधिवेशन पक्षका नेताहरू पार्टी नफुट्ने गरी फर्किने उनको विश्वास छ ।त्यो विशेष महाधिवेशन होइन, भेला हो । त्यहाँ जानुभएका साथीहरू पार्टी नफुट्ने गरी फर्किनुहोला भन्ने हाम्रो विश्वास छ, साउदले भने ।विशेष पक्षकै नेताहरूको समेत उपस्थितिमा नियमित महाधिवेशनको कार्यतालिका आएको भन्दै साउदले पार्टी त्यसैमा केन्द्रित रहेको बताए ।
प्रतिक्रिया