काठमाडौं, २९ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्यहरुले आज शपथ ग्रहण गर्दैछन् । विभिन्न १७ घटक मिलेर बनेको नेकपाका केन्द्रीय कमिटी सदस्यले एकै दिन शपथ लिने कार्यक्रम तय भएको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिएको कार्यक्रममा काठमाडौँ उपत्यकाभित्र रहेका केन्द्रीय सदस्यहरुले दिउँसो १२ बजे भौतिक रूपमा उपस्थित भएर शपथ लिनेछन् । उपत्यका बाहिर रहेका केन्द्रीय सदस्यहरुले भने सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमार्फत भर्चुअल रूपमा शपथ ग्रहण गर्ने पार्टीले जनाएको छ ।शपथ ग्रहण कार्यक्रमबारे जानकारी दिँदै नेकपाका नेता अग्नि सापकोटाले पार्टी एकतापछि बनेको केन्द्रीय कमिटीलाई औपचारिक रूपमा सक्रिय बनाउने उद्देश्यले शपथ कार्यक्रम आयोजना गरिएको बताए ।
प्रतिक्रिया