पोखरा, २८ पुस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको हो ।
समारोहमा गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, खेलकुद संघ/संस्था तथा पत्रकार गरि सात विधामा अवार्ड वितरण गरिनेछ । अवार्डका विधाहरुमा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ/संस्था, वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड रहेका अध्यक्ष मगरले जानकारी दिए । अवार्ड सगै लाइफटाइम अचिभमेन्ट अवार्ड पाउनेले चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला पाउनेछन् । वर्ष खेलाडी पुरुष र महिलाले स्कुटर र ट्रफी पाउनेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, प्रशिक्षक, पत्रकार र खेल संघ÷संस्थाले ३५ हजार नगद र ट्रफी पाउनेछन् । सात अवार्ड मध्ये बर्ष खेलाडी पुरुष, बर्ष खेलाडी महिला, बर्ष उदियमान खेलाडी र बर्ष उत्कृष्ट प्रशिक्षलाई वितरण गरिने अर्वाडको लागि ३/३ जनालाई मनोनयन गरिने मञ्च गण्डकीका महासचिव परशुराम शर्माले जानकारी दिए ।
मनोनयनमा परेका ३/३ जनाबाट उत्कृष्ट एक जना छनोट गरि अवार्ड वितरण गरिने उनले बताए । प्रदेशका ११ जिल्लामा रहेका र गएको एक वर्षभरि उत्कृष्ठ प्रर्दशन गरेका खेलाडीहरुबाट उत्कृष्ट छनैट गरि मनोनयन गरिने उनले जानकारि दिए । अवार्डको नवौं संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा १० औं संस्करणको अवार्ड सम्पन्न गर्न सरोकारवाला सबैको साथ, सहयोग र सल्लाह अनुसार मञ्चले काम गर्ने अध्यक्ष मगरले बताए । अवार्डका लागि प्रदेश खेलकुद परिषद, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले विशेष सहयोग गर्नेछन् । अवार्डले गण्डकी प्रदेशको खेलकुद प्रवद्र्धन तथा खेल पत्रकारिताको सम्मानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको रहेको छ ।
प्रतिक्रिया