देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाएका छन्।महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि उपस्थित भएपछि देउवाले आफूनिकट नेताहरूलाई छलफलमा बोलाएका हुन्।छलफल ३ बजेबाट देउवा निवासमा सुरु हुनेछ। विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति भङ्ग गरी नयाँ नेतृत्व ल्याउने कार्यविधि ल्याइसकेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति