कांग्रेस कुनै दास र लाशको पार्टी होइन, हलले जे गर्छ, म मान्छुः गगन थापा

काठमाडौं २७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस प्रश्न मरेको पार्टी होइन भन्दै यो पार्टी कुनै लाश र दासको पार्टी होइन भन्ने उद्घोषण् गरेका छन् ।
थापाले विशेष महाधिवेशनको उद्घाटन आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले गर्नुपर्दा खुसी नलागेको बताएका छन्। उनले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नै उद्घाटन गरेको हेर्न चाहेको बताए।
भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा थापाले भने,
“हामी यो मञ्चमा महामन्त्री विश्वप्रकाश शर्मा र मैले तल ओर्लिएर नेताहरूको तस्वीरमा माल्यार्पण गर्‍यौं, दियो बाल्यौं र गमलामा पानी हालेर उद्घाटन गर्‍यौं। हामीलाई खुसी लागेको होइन। त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं। हाम्रो कार्यवाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं।”
उनले बाहिरबाट हेर्दा कांग्रेसभित्र झगडा जस्तो देखिए पनि वास्तवमा त्यो विचारको संघर्ष भएको स्पष्ट पारे।
“कतिलाई बाहिरबाट हेर्दा नेपाली कांग्रेसभित्र झगडा भइरहेकोजस्तो पनि लागेको होला। तर कुरा त्यो होइन। यो संघर्ष नै हो। तर शक्तिको संघर्ष होइन, विचारको संघर्ष हो,” थापाले जोड दिए।
यो टिप्पणीले पार्टीभित्र जारी आन्तरिक बहस र विशेष महाधिवेशनको आवश्यकताबारे महामन्त्री थापाको दृष्टिकोणलाई झल्काउँछ। विशेष महाधिवेशनलाई संस्थापन पक्षले स्वीकार नगरे पनि महामन्त्रीद्वय थापा र शर्माले ५४ प्रतिशत प्रतिनिधिको मागअनुसार आह्वान गरेका थिए।
अहिले महाधिवेशनमा पार्टी पुनर्गठन, आन्तरिक लोकतन्त्रको मजबुती र आगामी निर्वाचन रणनीतिबारे गहन छलफल भइरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति