धरौटीमा थुनामुक्त गर्न माग गर्दै टोपबहादुर रायमाझीले दिए उच्चमा निवेदन

काठमाडौं, २५ पुस । बिगोवापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीले पनि त्यही बाटो पछ्याएका छन् ।रकम बुझाएर थुनामुक्त हुन पाउँ भनी रायमाझीले जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए ।

जिल्ला अदालत काठमाडौंले उनको माग अस्वीकार गर्‍यो । जिल्ला अदालतको आदेश विरुद्ध रायमाझी उच्च अदालत पाटन पुगेका छन् ।उच्च अदालत पाटनले शुक्रबार जिल्ला अदालत काठमाडौंबाट कैफियत प्रतिवेदन र अरू मिसिल झिकाउन आदेश गरेको छ । जिल्ला अदालतले फाइल पठाएपछि निवेदनमाथि सुनुवाइ हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति