एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भोलि, निर्वाचन रणनीतिमा केन्द्रित हुने

काठमाडौँ पुस २५
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भोलि बस्दै छ। बैठक ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रान्ड पार्टी प्यालेसमा बिहान ११ बजे सुरु हुने छ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको रणनीति तथा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

गत पुस ४ गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले नै पुस २६ देखि २८ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको थियो।

एमाले सचिव डा. राजन भट्टराईले यसपटकको बैठक मुख्यतः प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुने भएकाले केन्द्रीय सदस्य मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन र समग्र कार्यविभाजनका विषयमा निर्णय नहुने स्पष्ट पारे।

उनका अनुसार ती विषयहरू आगामी बैठकहरूमा टुंग्याइने छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति