शङ्खरापुर दुर्घटना अपडेट: मृतकको संख्या पाँच पुग्यो, ३० जना घाइते

काठमाडौँ, २४ पुस । काठमाडौंको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्।

मृत्यु हुनेमा बाँकेको कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। मंगलबार साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवा वनभोज गएर साँखुतर्फ फर्कँदै गरेको बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल र टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति