काठमाडौं, २२ पुष । नेकपा एमालेको सचिवालय बैठकले पार्टीभित्र ठूलो उथलपुथल ल्याएको छ । अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ । यस्तै, राजधानी प्रदेश कमिटीको अध्यक्षमा ईश्वर पोखरेल निकट नारायण सिलवाल नियुक्त भएका छन् । बैठकले प्रदेश संयोजकदेखि निर्वाचन परिचालन र घोषणापत्र मस्यौदा समितिसम्मका महत्वपूर्ण जिम्मेवारी बाँडफाँट गरेको छ ।
राजधानी प्रदेश कमिटी
- अध्यक्ष : नारायण सिलवाल (ईश्वर पोखरेल निकट)
बागमती प्रदेश कमिटी
- सचिव : बालकृष्ण देउजा
- उपसचिव : रमेश आचार्य
- उपाध्यक्ष : प्रेमबहादुर महर्जन
- सचिव : मिलन धरेल
- उपसचिव : शशिजंग थापा र बेलीमाया घले
सम्पर्क विशेष संगठन कमिटी
- अध्यक्ष : अशोक ठकुरी
- सचिव : कपिल ओली
प्रदेश संयोजकहरू
- कोशी : शेरधन राई
- मधेश : लीलानाथ श्रेष्ठ
- बागमती : महेश बस्नेत
- राजधानी : डा. राजन भट्टराई
- गण्डकी : खगराज अधिकारी
- कर्णाली : यामलाल कँडेल
- सुदूरपश्चिम : गणेश ठगुन्ना
- संगठन विभाग : भानुभक्त ढकाल
घोषणापत्र मस्यौदा समिति (ओली आफैंले लेख्ने)
- संयोजक : केपी शर्मा ओली
- सदस्य : रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल
निर्वाचन परिचालन समिति
- संयोजक : रामबहादुर थापा ‘बादल’
- सदस्य : विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, भीष्म अधिकारी
नीति अनुसन्धान प्रतिष्ठान
- नयाँ संयोजक : विष्णु रिमाल (ईश्वर पोखरेलको स्थानमा)
राष्ट्रिय सभा निर्वाचन एमालेले नेपाली कांग्रेससँग तालमेल गर्ने निर्णय गरेको छ । सातै प्रदेशमा एक/एक उम्मेदवार उठाउने गरी छलफल चलिरहेको र उम्मेदवार छनोटको जिम्मा अध्यक्ष ओलीलाई दिइएको छ ।
बैठकले पार्टी नियमावली संशोधन समिति भानुभक्त ढकालको संयोजकत्वमा पनि गठन गरेको छ । निर्वाचन नजिकिँदै गर्दा एमालेले संगठन सुदृढीकरण र आन्तरिक एकतामा जोड दिएको देखिन्छ ।
प्रतिक्रिया