निर्वाचन बहिष्कार गर्ने ६ कम्युनिस्ट पार्टीको निर्णय, अर्को सरकार गठनको माग

काठमाडौं, १९ पुस । आगामी २१ फागुनमा हुने निर्वाचन ६ कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा गरेका छन् ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

कुपोन्डोलमा बसेको ६ पार्टीको संयुक्त बैठकले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्न लागेको निर्वाचनलाई जनविरोधी भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो ।बैठकले वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिंदै विघटनको माग गरेको छ । ‘विद्यमान जनविरोधी, अलोकतान्त्रिक, कठपुतली सुशीला सरकार बर्खास्त गरी स्वाधीन संयक्त जनसरकार र जनसंविधानका लागि संयसक्त संघर्क्ष अघि बढाउने सार्वजनिक गर्दछौं’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति