थपियो कांग्रेस केन्द्रीय समितिको म्याद

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने निर्णय भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जेठ मसान्तसम्म म्याद थपको निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।यसअघि दुई महिना थपेर माघ मसान्तसम्म बढाइएको थियो । कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचन कार्यसमितिको कार्यकाल यही मंसिरमा सकिनुअघि माघसम्म म्याद थप भएको थियो । आजको बैठकमा महाधिवेशन वैशाख २८-३१ गतेसम्म गर्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका थिए । कांग्रेसको नियमित महाधिवेशन तालिका यही पुस २६/२८ गते हुने निर्णय मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले गरेको थियो । तर उक्त निर्णयसहितको तालिका सबै प्रभावित भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति