पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ – गगन थापा

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा पार्टी अगाडि बढेको बताएका छन्।

४९ औँ राष्ट्रिय एकता र मेलमिलाप दिवसको शुभकामना व्यक्त गर्दै उनले एकले अर्कोलाई विरोध र निषेध गरेर नभई राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्न शुभकामना दिएका हुन्। पौष मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको उनको दाबी छ। ‘राष्ट्रिय एकता र मेलमिलाप दिवसु को ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै, एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ। यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता के बाट आउँछरु निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ।

त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो। पौष मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ।’ उनले राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी रहेको उल्लेख गरे। उनले हातेमालो गर्दै एकताबद्ध हुन कार्यकर्तालाई आह्वान गरे।

यता निर्धारित कार्यतालिकाअनुसार अगाडि नबढ्दा कांग्रेसको आजका लागि तय गरेको वडा अधिवेशन प्रभावित भएको छ। कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न हुन सकेन। क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजकमा महामन्त्री थापा छन्। थापाले जिल्ला सभापतिहरूलाई २९ मंसिरभित्र नवीकरणको काम सम्पन्न गर्न र ३ पुसभित्र केन्द्रमा पठाइसक्ने गरी काम गर्न निर्देशन दिएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति