प्राइमरी जित्नेहरू पछाडि धकेलिए, बालेन–कुलमान कोटाबाट आएकाहरू अगाडि !

काठमाडौं १५ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा पार्टीभित्रै ठूलो विवाद उत्पन्न भएको छ । पार्टीले गरेको ‘प्राइमरी इलेक्सन’ मा सर्वाधिक मत ल्याएकाहरू बन्दसूचीको प्राथमिकता क्रममा निकै पछाडि पारिएका छन् भने मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल (कुलमान घिसिङको कोटा) बाट आएकाहरूलाई अगाडि राखिएको छ ।

प्राइमरीको ५०% मतभार मात्र, बाँकी नेतृत्वको हातमा

रास्वपाले प्राइमरी इलेक्सनको नतिजालाई ५० प्रतिशत मतभार मात्र दिने र बाँकी ५० प्रतिशत विभिन्न नाममा नेतृत्वले आफैं राख्ने प्रणाली अपनाएको छ । यसैलाई टेकेर सभापति रवि लामिछानेले आफू निकटहरूलाई माथि ल्याएको आरोप लागेको छ ।

बालेन र कुलमान कोटाको प्रभाव

अन्तिम समयमा बालेन र उज्यालो नेपालसँग सहमति भएकाले उनीहरूको कोटाबाट प्रस्तावित नामहरूलाई स्थान दिन प्राथमिकता क्रममा व्यापक फेरबदल गरिएको छ । यसले प्राइमरी जितेकाहरू धेरैजसो पछाडि धकेलिएका छन् ।

क्लस्टर अनुसार प्रमुख फेरबदल

१. खस आर्य पुरुष

  • प्राइमरीमा सर्वाधिक मत: रमेश प्रसाईं → बन्दसूचीमा ५औं स्थान
  • बन्दसूची शीर्ष स्थानहरू:
    1. विपिन आचार्य (सहमहामन्त्री)
    2. सचिन ढकाल (बालेन कोटा, चन्द्र ढकालका छोरा)
    3. सुदिप ढकाल (बालेन कोटा)
    4. प्रमोद न्यौपाने (प्राइमरीमा दोस्रो)
    5. रमेश प्रसाईं
    6. अनुप उपाध्याय (कुलमान कोटा, पूर्व उज्यालो नेपाल अध्यक्ष)

२. खस आर्य महिला

  • प्राइमरीमा सर्वाधिक मत: रञ्जु दर्शना → बन्दसूचीमा १०औं स्थान
  • बन्दसूची शीर्ष स्थानहरू:
    1. प्रतिभा रावल (सहप्रवक्ता, प्राइमरीमा ९औं)
    2. विदुषी राणा (बालेन कोटा, गोल्स्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक)
    3. लिमा अधिकारी (कोषाध्यक्ष, प्राइमरीमा ५औं)
    4. समिक्षा बास्कोटा (विवेकशील साझाबाट)
    5. टिका संग्रौला (ज्वाला, प्राइमरीमा दोस्रो)

३. आदिवासी जनजाति पुरुष

  • प्राइमरीमा सर्वाधिक मत: उत्तमबहादुर गुरुङ → बन्द सूचीबाट आउट भए ।
  • पहिलो स्थान: डा. राम लामा (बालेन कोटा)

४. आदिवासी जनजाति महिला

  • प्राइमरीमा सर्वाधिक मत: सत्यकला राई → बन्दसूचीमा १६औं स्थान
  • पहिलो स्थान: टासी लाजोम (प्राइमरीमार्फत)

५. दलित

  • प्राइमरीमा सर्वाधिक मत (पुरुष): वियय जैरु → बन्दसूचीबाट आउट
  • बन्दसूची शीर्ष:
    • पुरुष: १. रुपक विश्वकर्मा (प्राइमरीमा ७औं) २. प्रकाश सपूत (बालेन कोटा) ३. प्रकाशचन्द्र परियार (प्राइमरीमा हारेका)
    • महिला: १. रिमा विश्वकर्मा (कुलमान कोटा) २. अमृता विक (प्राइमरीमा दोस्रो)

६. मधेसी महिला

  • भाग्यमानी: पुनम अग्रवाल – प्राइमरी र बन्दसूची दुवैमा पहिलो स्थान

७. मुस्लिम पुरुष

  • पहिलो स्थान: आसिफ साह (बालेन कोटा, नेता आसिम साहका दाइ)

रास्वपाको यो अभ्यासलाई पार्टीभित्रै ‘प्राइमरीको अपमान’ र ‘कोटाबन्दी’ भन्दै आलोचना भइरहेको छ । प्राइमरीलाई लोकतान्त्रिक अभ्यास भन्दै प्रचार गरिए पनि अन्तिम निर्णय नेतृत्व र कोटाको हातमा पुगेपछि कार्यकर्ताहरू असन्तुष्ट बनेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति