कांग्रेसले बुझायो बन्दसूची

काठमाडौं, १५ पुस । नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा कांग्रेसले मंगलबार ढिलो गरी बन्दसूची आयोगमा बुझाएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार साढे ११ बजेपछि कांग्रेसकातर्फबट ११० जनाको नाम आयोगमा बुझाएको कांग्रेस स्रोतले जनाएको छ ।

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो ।कांग्रेसले बन्दसूचीमा २०६४ देखिका समानुपातिक सांसदहरूलाई समावेश गरेको छैन ।कोसी प्रदेशबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिम १० उम्मेदवार समावेश गरिएको छ ।

कांग्रेसले बुझाएको बन्दसूचीमा परेकाहरू

भीष्मराज आङ्दम्बे
गोपालमान सिंह राजभण्डारी
थलकुमार लिंखा
विजय सोम्बाहाम्फे
गीता गुरुङ
गीताकुमारी सेन्दाङ
सविता राई
प्रेमिका राना मगर
निर्मला गुरुङ
गोमाकुमारी भट्टराई
सुशीला ढकाल आचार्य
रुक्मिणी देवी कोइराला
रिना उप्रेती
जमिल अख्तर मिया
गोमा के.सी.
डा. प्रमिला गच्छदार
मनुमाया विश्वकर्मा
चन्द्रेश्वर शर्मा खत्वे
नगमा शाहिद
चन्दन झा
मनहरि श्रेष्ठ
सत्यनारायण चौधरी
रामसुन्दर महरा
कन्चनाकुमारी पासवान
निनु कर्ण
कविता यादव
सुजाता देवी
परमिला महतो
औरमिला कुमारी यादव
मो. अन्सार खाँ
डा. चन्द्रमोहन यादव
महेन्द्र यादव
रामनरेश कुशवाहा
राजेन्द्र जयसवाल
प्रियन्का दास
पवित्रा सुनार
सहजान खातुन
शान्ता कुमारी तामाङ
नियती सिंह
ग्याल्जे शेर्पा
पेम्वा छिरिङ तामाङ
सेतेमान तामाङ
महेन्द्र थिङ
विनोद प्रकाश कायस्थ
डा. जगतबहादुर तामाङ
गणेशमान चक्रधर
भीमसेन दास प्रधान
नारायण श्रेष्ठ
डा. गंगालक्ष्मी अवाल
रेनुका काउचा
कमला राजभण्डारी
शकुन्तला शर्मा
अर्जुननरसिंह के.सी.
श्रीविनोद भट्टराई
सितादेवी देवकोटा
सीता थपलिया (उर्मिला)
उमा शिवाकोटी
सर्मिला श्रेष्ठ
छिरिङ डोल्मा शेर्पा

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति