निर्वाचन आयोगमा ‘जेनजी’हरुको प्रदर्शन

काठमाडौं, १४ पुस । निर्वाचन आयोगमा राजनीतिक दलहरूले समानुपातिकतर्फको नामावली बुझाउने चटारो चलिरहेका बेला सोमबार साँझ ‘जेनजी’ भनिने युवाहरूको एक समूहले आयोग परिसरमा पुगेर आकस्मिक रूपमा नाराबाजी गरेको छ।दलहरूले बन्दसूची दर्ता गर्ने महत्त्वपूर्ण प्रक्रिया जारी रहेकै समयमा पुगेका ती युवाहरूले वर्तमान राजनीतिक अवस्था र निर्वाचन प्रणालीप्रति असन्तुष्टि जनाउँदै चर्को आवाजमा विरोध प्रदर्शन गरेका थिए।प्रदर्शनका क्रममा उनीहरूले वर्तमान निर्वाचन प्रक्रिया तत्काल रोक्नुपर्ने र राज्यका विभिन्न तहमा रहेका भ्रष्टाचारीहरूलाई कडा कारबाही गर्नुपर्ने माग राखेका थिए।युवाहरूको यो प्रदर्शनले आयोग परिसरमा केही बेर हलचल पैदा गरेको थियो। नयाँ पुस्ताको यो समूहले व्यवस्था सुधारको माग गर्दै सुशासनका पक्षमा नाराहरू लगाएका थिए।नाराबाजीका कारण आयोगको नियमित कार्यमा अवरोध पुग्न सक्ने देखिएपछि सुरक्षामा खटिएका प्रहरीले तत्काल हस्तक्षेप गरेका थिए।

सुरक्षाकर्मीहरूले नाराबाजी गरिरहेका युवाहरूलाई नियन्त्रणमा लिई आयोगको मूल परिसरबाट बाहिर निकालेका थिए।प्रहरीले उनीहरूलाई बाहिर पठाएपछि मात्रै दलहरूको सूची दर्ता गर्ने प्रक्रिया पुनः सहज रूपमा अगाडि बढेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति