कुलमानलाई अलग राखिएको हो कि अलग रहन खोजेका हुन् समयले बताउला : सुदन गुरुङ

काठमाडौं, १४ पुस । जेनजी अगुवा सुदन गुरुङले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ अलग देखिनु परिवर्तन चाहने आम जनताका लागि दुःखद भएको बताएका छन्। वर्तमान राजनीतिक संकटको निर्णायक घडीमा बालेन शाह र रवि लामिछानेबिच एकता भए पनि कुलमान नमिल्नुलाई उनले यस्तो भनेका हुन्।
सामाजिक सञ्जालमा गुरुङले लेखेका छन्, ‘यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौँ……..कसैलाई पनि कुनै पक्ष लिन बाध्य पारिने होइन। तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग भएको देखिनु परिवर्तन चाहने हामी आम जनताको लागि दुःखद छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति