काठमाडौं, १३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेन(जी समूहसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताएका छन् ।
सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा आयोजित अन्तरक्रिया कार्यक्रममा खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनीतिक पार्टीहरूको तदारुकताका कारण निर्वाचन सुनिश्चित भएको बताए ।प्रतिनिधिसभाको सदस्यका लागि निर्वाचनको माहोल बनेको उल्लेख गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धताका साथ अघि बढेको सरकारलाई सहयोग गर्न उनले सबैसँग अनुरोध गरे ।
सञ्चारमन्त्री खरेलले जनतालाई सुसूचित गर्ने जिम्मेवारीमा रहेको आमसञ्चार क्षेत्रमाथि प्रश्न उठिरहेको चर्चा गर्दै सकारात्मक सोचका साथ अझ निष्पक्ष, सीर्जनशील, विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ट समाचार सामग्री सम्प्रेषण गर्न सञ्चारकर्मीसँग अनुरोध गरे ।
प्रतिक्रिया