वाल्डो क्यासिनोका अध्यक्ष चिङ पक्राउ

काठमाडौं, १३ पुस । काठमाडौको ठमेलमा रहेको क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान मिन चिङ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले चिनियाँ नागरिक चिङलाई पक्राउ गरेको हो ।क्यासिनोमा म्याग्नेटिक कार्ड र आइलेन्सको प्रयोग गरि ठगी गरेको आरोप छ ।

यसअघि प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिहरूबाट आइलेन्स र म्याग्नेटिक कार्ड बरामद भएको र अनुसन्धानका क्रममा क्यासिनो व्यवस्थापनको पनि संलग्नता खुलेपछि अध्यक्ष च्यानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।आइलेन्स लगाएपछि वितरण गरिएको तासमा के परेको छ भन्ने हेर्न मिल्ने अवस्था सिर्जना गरि ठगी गरेको खुलेको प्रहरीको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति